समाचार

शनिबार पर्वत पुगे दुई हजारबढी पर्यटक

कुश्मा । तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् । त्यसैगरी चितवनबाट आउनु भएकी शर्मिला गुरुङ पनि झोलुङ्गे पुलमा श्रीमान र छोरीसहित तस्बिर कैद गर्दै थिए । दसैँमा आउने योजना बनाए पनि झरीले योजना तिहारमा सफल भएको उनले बताए । पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मुस्ताङ जाने पर्यटक मात्रै नभइ पोखरासम्म पुग्ने पर्यटकहरु पनि बञ्जी,… पुरा पढौ

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन । प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन । उनले दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन। प्रधानमन्त्री देउवाले सो दुर्घटनाबाट घाइते भएकाहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन । पाल्पाबाट गोरखाको मनकामना जाँदै गरेको एक बस आज बिहान पाल्पाको रम्भा गाउँपालिकामा, हुँगीमा… पुरा पढौ

तनहुँका विश्वकर्माले बनाए विद्युत्बाट चल्ने स्वचालित घन

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाएका छन । फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय अहिले फेरिएको छ । फलामलाई आकार दिन घन हान्न बलियो मानिसको चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन बनाएको उनले बताए । मेसिन बनाउन रामलालले मोटर, नट बोल्ट, चेन, पुल्ली, घिर्नी, फलामका पाता र काठको प्रयोग गरेका छन । मेसिन बनाउन करिब रु ३०… पुरा पढौ

एमाले गण्डकीको प्रतिबद्धता : २५ वर्षमा समृद्ध गण्डकी प्रदेश, सुखी नागरिक

पोखरा, कात्तिक १३ नेकपा एमाले गण्डकी प्रदेशले २५ वर्षमा ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाएको छ । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमाले गण्डकीले यस्तो प्रतिबद्धता जनाएको हो । पोखरामा आईतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य पूरा गर्ने ५ वर्षअघिको पुरानै प्रतिबद्धता पुनः दोहो¥याएको हो । साथै त्यसका लागि अगाडि सारिएका नीति तथा कार्यक्रमहरुपनि पुरानै दोहोरिएका छन् । एमाले गण्डकीले ‘समृद्ध प्रदेश,… पुरा पढौ

प्रत्यक्ष निर्वाचनका लागि २ करोड ३६ लाख मतपत्र छापियो

निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ। कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ। यसैगरी, यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुनेछ। साथै, यी… पुरा पढौ

दक्षिण कोरियामा ‘हलोइन पार्टी’मा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु, ७६ घाइते

दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड हुँदा कम्तिमा १४९ जनाको मृत्यु भएको छ। राजधानी सिओलको इतेओन इलाकामा भएको उक्त घटनामा ७६ जना घाइते भएका छन्। सिओलको लोकप्रिय रात्रिकालीन क्षेत्र इतेओलमा हलोइन मनाउनका लागि जम्मा भएको भीडमा भागदौड मच्चिएको संचार माध्यमहरुले उल्लेख गरेको छ। उक्त कार्यक्रममा विदेशी पर्यटकहरुको पनि उल्लेख्य उपस्थिति रहेको बताइएको छ। दक्षिण कोरियाको अग्नि सेवाका अनुसार उक्त घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश व्यक्तिहरु किशोर किशोरीहरु छन्। २० वर्ष आसपासका व्यक्ति धेरैले उक्त घटनामा ज्यान गुमाएका र घाइते भएका समाचारहरुमा… पुरा पढौ

फिलिपिन्समा आँधीहुरी : ४७ को मृत्यु, ६० जना बेपत्ता

भीषण वर्षापछिको बाढीपहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ। ६० जनाभन्दा बढी बेपत्ता भएका छन्। बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका ३ वटा सहर अधिक प्रभावित भएका छन्। मुस्लिम मिन्डानाओ (बीएआरएमएम)को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवं स्थानीय सरकारमन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा ४२ जनाको मृत्यु भएको छ। पूर्वी प्रान्त क्यामेरिन्स सुरमा शनिबार बिहान आएको आँधी नाल्गामा परेर पाँचजनाले ज्यान गुमाएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न… पुरा पढौ

भारतको बिहारमा भीषण आगलागी, ३० जना घाइते

भारतको पूर्वी राज्य बिहारको एक आवासीय भवनमा शनिबार आगलागी हुँदा कम्तीमा ३० जना घाइते भएका छन्। बिहारको राजधानी पटनाबाट करिब ९४ किलोमिटर दक्षिणमा पर्ने औरंगाबाद जिल्लाको शाहगन्ज इलाकामा आगलागी भएको हो। अधिकारीहरूका अनुसार विद्युत् चुहावट भई सुरु भएको आगालागीपछि त्यहाँ रहेको ग्यास सिलिन्डर विस्फोट भएको थियो। ‘स्थानीय समयानुसार बिहान २:३० बजे छठ पूजाका लागि मेरी श्रीमतीले खाना पकाउँदै थिइन्। एक्कासी, भवनमा आगो लाग्यो र सबैतिर फैलियो। त्यसपछि हामी भाग्न थाल्यौँ। तर, दौडिरहेका हामीहरू सुरक्षित स्थानमा पुग्नुपहिले नै खाना पकाउने ग्यास… पुरा पढौ

काँग्रेस केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन

नेपाली काँग्रेसको केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन गरिएको छ । आउँदो मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर शनिबार थप आठ सदस्य मनोनीत गरिएको हो । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)बमोजिम केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समिति’मा थप आठ सदस्य मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस पुरा पढौ

अधुरा कामलाई पूरा गर्छौ : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले अधुरा विकासका कामलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताएका छन्। तनहुँको देवघाट गाउँपालिकास्थित वैदी, कोटाका मतदातासँग शनिबार आयोजित भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विगतमा काँग्रेसले सुरु गरेका विकासका योजना अलपत्र परेकाले त्यसको निरन्तरताका लागि आफू उम्मेदवार बनेको बताए। ‘गत निर्वाचनमा नेकपा (एमाले) ले चुनाव जितेपछि जिल्लाको विकास निर्माण अवरुद्ध भयो, काँग्रेसको नेतृत्वमा सुरु भएका योजनाले गति लिन सकेन’, पौडेलले भने, ‘विकास योजनालाई निरन्तरता दिनु मेरो मुख्य उद्देश्य हो।’ गत… पुरा पढौ