समाचार

कास्कीलाई अपाङ्गमैत्री जिल्लाको रूपमा स्थापित गर्न समन्वयात्मक भूमिका निर्वाह गर्छु : पौडेल

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाई अपाङ्गमैत्री जिल्लाको रूपमा स्थापित गर्न आफूले समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । नेत्रहीन संघ कास्कीको २५ औं वार्षिक साधारणसभा र समदृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारणसभा तथा छैटौं अधिवेशन उद्घाटन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा बोल्ने वक्ताहरुले कास्कीका सडकसहित भौतिक पूर्वाधारहरु अपाङ्गमैत्री नहँुदा आफूहरूले कठिनाई भोग्नुपरेको भन्दै समाधान गरिदिन पौडेलको ध्यानाकर्षण गराएका थिए । त्यसको जवाफमा जिसस प्रमुख पौडेलले अधिकांश संरचना र… पुरा पढौ

प्रेस काउन्सिलले पत्रकार श्यामनाथ कुँवरलाई पुरस्कृत गर्दै

पोखराका पत्रकार श्यामनाथ कुँवर प्रेस काउन्सिल नेपालको कृयाशलि पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुँदैछन् । काउन्सिलको ५३ औं वार्षिकोत्सवमा पत्रकारिताको क्षेत्रमा योगदान गरेको व्यक्ति र संस्थामध्येबाट सम्मान गर्न लागेको हो । पत्रकार कुँवर कास्की (पोखरा) बाट प्रकाशित समाधान दैनिकमा आबद्ध छन् । राष्ट्रपति विद्या भण्डारीले असोज ६ गते पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ । काउन्सिलको शुक्रबार बसेको बैठकले पत्रकारहरुलाई पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेसँगै कास्कीका पत्रकार कुँवर लगायतका पत्रकारलाई पुरस्कृत गर्ने जनाइएको छ । कुँवरसँगै, क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानीत हुनेमा… पुरा पढौ

नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको जिल्ला अधिवेशनको तयारी पूरा

नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको सोमार हुने सातौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । नेकपा एमालेको भातृ जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । जिल्ला सम्मेलन तथा अधिवेसनको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजबाट स्थानीय निर्वाचनमा निर्वाचित २५ जना जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम संयोजक किसान सेवा परियारले बताएका छन् । सम्मेलनमा कास्की जिल्लाभरका ४ सय ५६ जना प्रतिनिधिहरुको जमघट हुने संयोजक परियारले बताए… पुरा पढौ

शुक्लागण्डकीमा अतिक्रमित संरचना हटाइँदै

तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भएको छ । काठमाडाँै महानगरपालिकालगायत केही स्थानीय तहले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने अभियान तीव्र पारेका बेला उक्त नगरपालिका पनि त्यसतर्फ अग्रसर भएको हो । सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले जानकारी दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) मा सार्वजनिक ऐलानी तथा पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा र भौतिक पूर्वाधारको संरक्षण तथा… पुरा पढौ

नेवाः देय् दबू कास्कीको नयाँ कार्यसमिति गठन

पोखरा । नेवाः देय् दबू, जिल्ला समिति कास्कीको अधिबेशन सम्पन्न भएको छ । अधिवेशन पश्चात भएको निर्वाचनबाट कृष्णमान ठूसाजूको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । १८ सदस्यीय समितिमा वरिष्ठ उपाध्यक्षमा लिलबहादुर श्रेष्ठ, उपाध्यक्षमा दिनेश महर्जन, महिला उपाध्यक्षमा तिर्थ श्रेष्ठ गोशली, सचिवमा सुनिल उलक, महिला सचिवमा रीता नापित तथा कोषाध्यक्षमा बालगोपाल श्रेष्ठ नियुक्त भएका छन् । साथै विभिन्न क्षेत्र समेटेर ११ सदस्यहरुको पनि नियुक्ति गरेको छ । सम्पूर्ण पदाधिकारीहरुहरुलाई आजै शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ। कार्यक्रमको उद्धघाटन गर्दै… पुरा पढौ

पोखरा विश्वविद्यालयमा सम्बन्धनको चलखेल: प्राध्यापक र विद्यार्थी विरोधमा

पोखरा । पोखरा विश्वविद्यालयले हालसम्म ५८ वटा कलेजहरुलाई सम्बन्धन दिएको छ । त्यसमध्ये अधिकांश कलेजका विभिन्न कार्यक्रममा विद्यार्थी अपुग छ । पोखरा विश्वविद्यालयले सम्बन्धन दिएका कलेजहरुमा ईञ्जिनियरिङ, मेडिकल साईन्स, हेल्थ कार्यक्रमहरुमा विद्यार्थी नपुग्दा कतै कार्यक्रम नै स्थगित गरिएको छ भने कतै न्यून विद्यार्थी राखेर अध्यापन गराउनुपर्ने बाध्यतामा कलेजहरु पुगेका छन् । सम्बन्धन दिएका कलेजहरुलाई कडाई गरेर कार्यक्रम सञ्चालनका लागि वातावरण बनाउन विश्वविद्यालयले कहिल्यै चासो दिएको छैन । नत कार्यक्रम सञ्चालनमा देखिएका समस्या समाधान गर्नेतर्फ नै विश्वविद्यालयले चासो दिएको छ ।… पुरा पढौ

भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सिग्देल

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले संचालक समितिको अध्यक्षमा माधवप्रसाद सिग्देललाइ चयन गरेको छ । शनिवार भएको अधिवेशनमा समितिको सदस्यहरुमा क्रमश जयप्रसाद सापकोटा, शोभाकान्त सिग्देल, विष्णु कार्की, वलराम वराल, भीमप्रसाद न्यौपाने र प्रदिप कुमार लम्साल रहेका छन् । भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष विश्वप्रकाश सिग्देलले अधिवेशनको उद्घाटन गर्दै क्याम्पसका प्राध्यापकहरुको सिनेटरमा रुची बढेकोले सवैको अपनत्व बढ्दै गएको प्रशंसा गरे । क्याम्पसमा गुणात्मक शिक्षाको लागि आँफु… पुरा पढौ

लौरो अभियानको उद्घोष :पूरानाको विकल्प हामी

पोखरा । लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले अबको नेतृत्व पूरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताएका छन् । गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङ बाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । यस्तै,… पुरा पढौ

वडा नं. १८ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा । स्वच्छ पोखरा , स्वस्थ पोख्रेली अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नं.२८ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड माझठाना सौरे र रत्न शोभा माध्यमिक विद्यालयको संयुक्त आयोजनामा बार्बरा हेल्पिङ ह्याण्डको प्राविधिक सहयोगमा जोर्नी तथा नशा रोगको निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो । कर्यक्रममा पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले वडावासीहरु स्वास्थ्य रहनु पर्ने स्थानीय सरकारको चाहना रहेको बताउँदै आगामी दिनमा वडामा विभिन्न सामाजिक संघ संस्थाले आयोजना… पुरा पढौ

चौर गाउँको विकास गछौंः वडा

पोखरा । पोखरा १८ स्थित चौर पाखा गाउँको विकासका लागि वडा कार्यालय सकरात्मक रहेको त्यहाँका जनप्रतिनिधिले बताउनुभएको छ । शनिवार आज गाउँमा भएको भेलाका बीच वडा सदस्य नमराज सुवेदीले हिजो चौरपाखाको विकासलाई उपेक्षा गरिएकोमा दुःख व्यक्त गर्दै अव त्यस्तो नहुने प्रतिबद्धता जनाउनुभयो । विकट गाउँको विकासका लागि संघीयता आएको उल्लेख गर्दै वडा सदस्य सुवेदीले चौरपाखालाई उज्यालो गाउँ बनाउन वडाले सडक बत्ती सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । वडा सदस्य रमेशबहादुर थापाले पोखराको मुख्य क्षेत्रबाट चौरपाखा नजिक रहेपनि विकट रहेको… पुरा पढौ