समाचार

नवौै राष्ट्रिय खेल : सुदूरपश्चिम विजयी

काठमाडौँ । राजधानीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रदेश नं १ लाई १३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । सुदूरपश्चिमले प्रदेश १ लाई जीतका लागि एक सय ४५ रनको लक्ष्य दिएको थियो । जवाफमा प्रदेश १ निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३१ रनमा समेटियो । प्रदेश १ का… पुरा पढौ

‘कानुन नबन्दा संविधानले दिएको अधिकारबाट वञ्चित’

बुटवल । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले नागरिकलाई संविधानले प्रदत्त गरेका अधिकारका विषयमा पनि कानुन नबनाइँदा अधिकारबाट वञ्चित हुनुपरेको बताए । मानव अधिकारका बारेमा संविधानमा धेरै कुरा उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए । उनले नेपालको संविधानको धारा २६ र ३७ लगायत अन्य धारामा मानवअधिकारसम्बन्धी धेरै विषय समावेश भए पनि कानुन नबन्दा संवैधानिक व्यवस्था कार्यान्वयन हुन नसकेको बताएका हुन । उनले संविधानमा व्यवस्था गरिएका विषयवस्तुलाई कार्यान्वयनमा ल्याउनका लागि कानुन निर्माणलाई प्राथमिकता दिनुपर्ने भनाइ राखे । एम्नेष्टी… पुरा पढौ

अन्तर मोबाईल ब्यवसायी कप फुटसल प्रतियोगिता सम्पन्न,योर्स च्वाइस प्रथम

पोखरा । नेपाल मोबाईल बितरक संघ, गण्डकी प्रदेशको आयोजनामा शनिबार प्रथम अन्तर मोबाईल ब्यवसायी कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।सामसुङ, एम आई र रियलमी मोबाईल मुख्य प्रायोजक रहेको प्रतियोगीतामा आठ टिमको सहभागीता थियो । फाईनलमा योर्स च्वाईस मोबाईल एण्ड टेक्निसियनको टिमले मोबाईल स्टेसन टिम लाई ३-० गोलले हराउँदै उपाधि जित्न सफल भएको थियो । प्रथम हुने टिमले बिजेता कप सहित नगद रू २५,५५५।०० र दोश्रो हुनेले उपविजेता कप सहित रू १५,५५५।०० प्राप्त गरेका छन् । उत्कृष्ट खेलाडी र सर्बाधिक… पुरा पढौ

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

झापा । जिल्लाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी गर्दै आएका हुन् । यहाँका कृषकले खुर्सानी, गोलभेँडा, घिरौँला, बन्दा, करेला, धनियाँ, काँक्रो, सिमी, बोडी, कोपी, सागजस्ता तरकारीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । टनेल विधिबाट खेती गर्दा मौसमी र बेमौसमी तरकारी दोब्बर उत्पादन हुने भएपछि किसान यसतर्फ आकर्षित भएका छन् । पहिले खुला स्थानमा तरकारी फलाउन नसकेका कृषकले टनेल प्रविधिमा खेती… पुरा पढौ

प्रधानसेनापतिको एकवर्षे कार्यकालको समीक्षा

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ । पदबहालीको एक वर्ष पूरा भएका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उनले सकल दर्जालाई राष्ट्रियहितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिए । भर्चुअल माध्यमद्वारा भएको उक्त सम्बोधन सेनाका सम्पूर्ण कमाण्ड, बाहिनी, गण, गुल्मसहित युनिटमा सुन्ने र हेर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै… पुरा पढौ

साँस्कृतिक पर्व अनन्ते मेला सुरु

बाजुरा । जिल्लाका विभिन्न ठाउँमा शनिबारदेखि स्थानीय साँस्कृतिक पर्व अनन्ते मेला सुरु भएको छ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मानिने यो मेलामा तीन दिनसम्म स्थानीयवासीले रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गर्छन् । नेपालमा नेपाली र अंग्रेजबीच युद्ध चलेकोे बेलादेखि नै योे मेला सुरु भएको मानिन्छ । अंग्रेजले नेपालीलाई अन्याय गरेकाले त्यसको विरुद्ध अनन्ते मेला मनाउने चलन रहेको बुढीगङ्गा नगरपालिका–३ का नरबहादुर रौलेले बताए । यो पर्व मनाएमा आफूले सोचेअनुसारको मनोकांक्षा पूरा हुने स्थानीयवासीमा… पुरा पढौ

बाल विवाह र हिंसाको विरुद्धमा किशोरीहरु

रुकुमपूर्व । हाम्रो समाजमा बालबालिकाको कुरालाई सजिलै सबैले पत्याउँदैनन् । बालबालिकाले राम्रै कुरा गरेपनि उनीहरुका कुरालाई सामान्य रुपमा हेर्ने चलन यो समाजमा रहेकामा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका बालबालिकाले नमूनायोग्य काम गर्दै आएका छन् । बालविवाह व्याप्त रहेको उक्त गाउँपालिकामा पालिकास्तरीय बाल क्लब सञ्जाल, किशोरी र आमा समूह सञ्जाल तथा वडास्तरीय बाल क्लब, किशोरी समूह, आमा समूहले बाल विवाह न्यूनीकरणका लागि विभिन्न अभियान चलाउदै आएका छन् । बाल विवाह न्यूनीकरणका लागि थालिएको अभियानले समाजमा प्रभाव पनि पार्न थालेको छ । उक्त… पुरा पढौ

माल्दिभ्सलाई ९–० गोलले हराउँदै भारत महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा

महिला साफ च्याम्पियनसीप फुटबलमा भारतले माल्दिभ्सलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ । दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा भारतका लागि अञ्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै, डाङमेई ग्रेसले २ तथा प्रियंकादेवी, काश्मिना र सौम्या गुगुलोथले १/१ गोल गरे । भारतको यो लगातार दोस्रो जित हो । समूह ‘ए’ बाट भारत र बंलादेश समान २/२ जितका साथ सेमिफाइनलमा पुगेका छन् । भारतले पहिलो खेलमा पाकिस्तानलाई ३–० गोलले हराएको थियो । बंलादेशले आज भएको दोस्रो खेलमा पाकिस्तानलाई… पुरा पढौ

पाकिस्तानमाथि हाफ दर्जन गोल वर्षाउँदै बंगलादेश महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा

महिला साफ च्याम्पियनसीप फुटबलमा बंगलादेश सेमिफाइनलमा पुगेको छ । काठमाण्डौको दशरथ रंगशालामा शनिबार भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० गोलले हराएको हो । बंगलादेशको फराकिलो जितमा कप्तान सविना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै, मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले १/१ गोल गरे । सविना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छन् । बंगलादेशको लगातार यो दोस्रो जित हो । पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई हराएको थियो । पाकिस्तानको लगातार यो दोस्रो हार हो। पहिलो खेलमा पाकिस्तान भारतसँग ३–०… पुरा पढौ

सेनाका तीर्थबहादुरले जिते लिगलिगकोट–गोरखा दरबार म्याराथन

नेपाली सेनाको भवानी दल गणका तीर्थबहादुर तामाङले प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथनमा प्रथम भएका छन् । शनिबार भएको लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुल्ला म्याराथन दौड प्रतियोगितामा निर्धारित ४० किलोमिटरको दूरी ३ घन्टा ११ मिनेट १ सेकेण्डमा पूरा गर्दै तामाङ पहिलो भएका हुन् । उनले नगद १ लाख ५० हजार रुपैयाँ साथमा मेडल र पुरस्कार समेत जिते । यस्तै, भारतीय सेना अनिश थापामगर द्वितीय बने । उनले निर्धारित दूरी ३ घन्टा १२ मिनेट १७ सेकेण्डमा पार गर्दै उनले नगद १ लाखका… पुरा पढौ