समाचार

हिस्टुन पोखरा महानगरको अध्यक्षमा पोखरेल

माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन ) पोखरा महानगर कमिटीको अध्यक्षमा यदु पोखरेल चयन भएका छन्। जसको उपाध्यक्षमा सुशिल अधिकारी, सचिवमा सुरेन्द्र अधिकारी, कोषाध्यक्षमा पवित्रा मणी भण्डारी, सह–सचिवमा सकुन्तला बराल छन्। यसैगरी, सदस्यहरुमा भरत आचार्य, चुडामणि तिमिल्सिना, लालमणि पोखरेल र नारायण थापा छन्। प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अधिवेशनको उद्घाटन गरेका हुन्। पुरा पढौ

पोखराबाट ८ जुवाडे पक्राउ

पोखराबाट ८ जना जुवाडे पक्राउ परेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अनुसार पोखरा–१३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेको अवस्थामा १ लाख ७ हजार २ सय ५५ रुपैयाँ र २११ पत्ती ताससहित शनिबार बेलुकी साँढे ६ बजे उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा १३ मियापाटन बस्ने ४४ बर्षीय सूर्यकुमारी गुरुङ, पोखरा ११ रानीपौवा बस्ने ३८ बस्ने ललितकुमार बस्नेत, रानीपौवाकै ३५ वर्षीय रुपक बस्नेत, बागलुङ जैमिनी हाल पोखरा ११ फुलबारी बस्ने ४० वर्षीय दीपक खड्का, पोखरा ७ बस्ने ३१… पुरा पढौ

पोखरा उद्योग बाण्ज्य संघको अध्यक्षमा भारी मतले प्रजापती बिजयी, पदाधिकारीमा पनि बर्चस्व

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् । संघको शनिवार भएको निर्वाचनको मतगणना सकिदा पवनले १ हजार ६१३ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धा अर्जुन पोखरेलले ८९७ मत प्राप्त गरे ।संघको वरिष्ठ उपाध्यक्षमा प्रजापति प्यानलकै गोकर्ण कार्की विजयी भएका छन् ।उद्योग उपाध्यक्षमा भने अर्जुन पोखरेल प्यानलका देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा प्रजापति प्यानलका उत्तममान बुद्धाचार्य, महासचिवमा प्रजापति प्यानलका बलराम आचार्य, कोषाध्यक्षमा प्रजापति प्यानलकै दिनेश बास्तोला, र उपमहासचिवमा प्रजापति प्यानलकी शोभा गौतम विजयी भएका छन्… पुरा पढौ

पोखरामा पुस्तक समीक्षा प्रतियोगिता तथा पुस्तक प्रदर्शनी हुने

पोखरा । पोखरामा पुस्तक समीक्षा प्रतियोगिता हुने भएको छ । सिएफएन नेपाल र टुकी नेपालको आयोजना र बुकमार्ट पोखरा प्रालिको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । आइतबार एक कार्यक्रम आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिइएको छ । पुस्तक समीक्षा प्रतियोगितामा कक्षा ५ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थी वा शैक्षिक संस्थामा आवद्ध नभएका तर पुस्तक पढ्ने र पुस्तक समीक्षा गर्न इच्छुक व्यक्ति खुला रुपमा सहभागी हुन सक्ने छन् । आयोजक सिएफएन नेपालका अध्यक्ष अस्मित भुसालले भने, ‘पठन संस्कृति र किताबप्रतिको मोह पनि… पुरा पढौ

जिफन्टले एमालेलाई बुझायो सुझाब पत्र, घोषणा पत्रमा समेट्न माग

पोखरा । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनावी घोषणापत्रमा समावेश गर्नुपर्ने श्रमिकका विषयहरु गण्डकी प्रदेश कमिटीलाई बुझाएको छ । जिफन्ट गण्डकीका अध्यक्ष रुद्र खत्री र सचिव राजेन्द्र प्रसाद पौडेलले एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मालाई घोषणापत्रमा समावेश गर्ने मजदूरका २१ बुंदे सुझाब पत्र हस्तान्तरण गरेका हुन् । जिफन्ट गण्डकीका अध्यक्ष खत्रीले आफ्ना सुझावहरु श्रम तथा रोजगारी सम्बन्धित रहेकाले पार्टीको घोषणापत्रमा समावेश गरिदिन नेकपा एमाले गण्डकी प्रदेश घोषणापत्र मस्यौदा समितिलाई आग्रह गरे ।… पुरा पढौ

लोकमार्गबाट झरेको बाढीले बगर भयो खेत

बलेवा । लगातारको वर्षात्का कारण आएको बाढीले बागलुङको गलकोट क्षेत्रमा किसानको खेतबारी बगाएर बगर बनाएको छ । खेतबारी बगाउँदा किसानको करोडौँको बालीनाली नष्ट भएको छ । गत असारमा आएको बाढीबाट पशुचौपाया बगाए क्षति पु¥याएको थियो । त्यसको एक सातामा आएको बाढी पहिराले दुई सय रोपनी बढी जमिन बगर बनाएको स्थानीय पीडितले गुनासो गरे । बाढीपछिको पहिरोले किसानको घरगोठ बगाउँदा पशु चौपायाकोसमेत क्षति भएको छ । मध्यपहाडी लोकमार्गमा व्यवस्थित नाली नभएकाले सडकमै बगेको पानीले बाढीको रुप लिएको गलकोट नगरपालिका–२ का अध्यक्ष… पुरा पढौ

अफताब र प्रिन्सलाई स्वर्ण

बागमती । बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउलाले राष्ट्रव्यापी पुरुषरमहिला तौलसमूह ‘फुल कन्ट्याक्ट’ कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज भएको पुरुष ३५ केजीमुनि फाइनल खेलमा अफताबले बागमतीका रामशरण विकलाई पराजित गरे । त्यस्तै पुरुष ४० केजीमुनिको फाइनल खेलमा प्रिन्सले बागमतीका निरोज दूधराजलाई पराजित गर्दै स्वर्ण जितको हुन । पुरुष ४५ केजीमुनि लुम्बिनीका अनमोल माझीले बागमतीका प्रभात स्याङ्तान तथा ५५ केजीमुनि बागमतीका विवेक घिमिरेले बागमतीका रविन तामाङलाई फाइनलमा हराउँदै स्वर्ण जिते… पुरा पढौ

मुक्तिनाथमा बढ्यो चहलपहल

गण्डकी । हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धारको कामना गर्दै दर्शनार्थी पुग्न थालेपछि यहाँको चहलपहल बढेको छ । विशेषतः प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानका साथै भारतबाट समेत पितृ उद्धार हुने विश्वासका साथ यहाँ दर्शनार्थी आउने गर्दछन् । मुस्ताङ पुगेका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहिआएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ… पुरा पढौ

रुद्राक्षको मूल्य घट्दा व्यावसायिक किसान मर्कामा

भोजपुर । रुद्राक्षको राजधानी भोजपुर जिल्लामा उत्पादित रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । जिल्लाका किसानको आम्दानीको राम्रो स्रोतका रूपमा रहेको रुद्राक्षको केही वर्षयता मूल्यमा ५० देखि ६० प्रतिशतसम्म गिरावट आएपछि व्यावसायिक किसानमा मर्कामा परेका हुन् । जिल्लाको दिङ्लाका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोतका रुपमा रुद्राक्षलाई लिइन्छ । रुद्राक्षको मूल्यमा गिरावट आउनुमा यसको उत्पादन राम्रो बनाउन पछिल्लो समयमा औषधिको प्रयोग गर्नाले पनि मूल्यमा कमी आएको व्यवसायी सुजन राईको भनाइ छ । किसानले जेठ, असारमा रुद्राक्षको बोटमा औषधिको प्रयोग… पुरा पढौ

जुम्ली स्याउ बजारीकरणका लागि महोत्सव हुँदै

जुम्ला । यहाँको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने आयोजक कान्जिरोवा टाईम्सका प्रकाशक महेन्द्र कार्कीले बताए । सम्मेलनमार्फत जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । स्याउ महोत्सवमा… पुरा पढौ