समाचार

पहिरोको चपेटामा रामतोला बस्ती

बलेवा । बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ । पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन् । घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् । डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा… पुरा पढौ

मधेसी दलितद्वारा संसदमा प्रतिनिधित्व माग

मधेसका अगुवा दलितहरुले अगामी प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा मधेसी दलितलाई सहभागी गराउने विषयमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन्। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई आइतवार भेटेर उनीहले सो ध्यानाकर्षण गराएका हुन्। प्रतिनिधिसभा दलितका लागि १३.८ प्रतिशत आरक्षित कोटा र प्रदेशमा जनसंख्याको अनुपातमा दलितको प्रतिनिधित्वका लागि निर्वाचन आयोगले विशेष पहल गरियोस् भनि आफूहरुले ध्यानाकर्षण पत्र नै बुझाएका हुन्। निर्वाचन आयोगले दलहरुलाई समानुपातिकको सूची बुझाउन निर्णय गरी पत्राचार गर्दा दलितभित्रका महिला र मधेशी दलितलाई जनसंख्याको आधारमा समान अवसर दिने कुराको ग्यारेन्टी हुनुपर्ने… पुरा पढौ

१ असोजमा भोज खाएर विदा हुँदै संघीय सांसदहरु

आगामी असोज १ गतेबाट संघीय सांसदहरु बिदा हुँदैछन्। असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र २०७४ मा निर्वाचित प्रतिनिधि सभा सांसदहरुलाई बिदाई गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ। ५ वर्षअघि अर्थात २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसदहरु पहिलो पटक सोही सालको फागुन २१ संसद प्रवेश गरेका थिए। प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निक्र्याेल भएसँगै सोही दिन अर्थात असोज १ गते अन्तिम बैठक बसेर… पुरा पढौ

३ असोजदेखि दमौलीमा तेस्रो संस्करणको ब्यास युवा कप सुरु

तेस्रो संस्करणको ब्यास युवा कप असोज ३ देखि ११ गतेसम्म तनहुँमा हुने भएको छ। ब्यास युवा क्लब (भिवाइसी) ले पहिलो पटक नाइन ‘ए’ साइड फरम्याटको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मिनबहादुर गुरुङले बताएका हुन्। यसअघि, यस प्रतियोगिता सेभेन ‘ए’ साइड फरम्याटमा सञ्चालन गरिँदै आएको अध्यक्ष गुरुङको भनाई छ। प्रतियोगितामा तनहुँ, कास्की, स्याङ्जा, लम्जुङ र चितवन जिल्लाका ४२ टोलीको सहभागिता रहनेछ। नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार १ सय ११ रुपियाँ र… पुरा पढौ

इराकमा हवाई आक्रमणमा ११ आईएस लडाकु मारिए

पश्चिम र पूर्वी इराकमा भएका हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स (आइएस)का ११ लडाकु मारिएका इराकी सेनाले जनाएको छ। इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएका हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात ‘आतंककारी’को मृत्यु भएको र आतंककारी लुकेको एक स्थान ध्वस्त भएको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। इराकको पूर्वी प्रान्त दियालामा आइएस लुकेको स्थानलाई लक्षित गरी भएका २ वटा हवाई आक्रमणमा परी आतंककारी मारिएका बताइएको छ। आइएस लुकेको ठाउँमा खोजी गर्ने क्रममा सशस्त्र बलहरूसँगको भिडन्तमा अर्को एक आइएस लडाकु… पुरा पढौ

अमेरिकामा आतंककारी हमलामा मारिएकाहरूको सम्झना

२१ वर्षअघि हिँजकै दिन अमेरिकास्थित विश्व व्यापार केन्द्रका जुम्ल्याहा भवन, रक्षा मन्त्रालय (पेन्टागन) र पेन्सिलभेनियाको एउटा मैदानमा भएको आतंककारी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्झना गरिएको छ। पुष्पहार चढाएर तथा मैनबत्ती बालेर दिवंगतहरूमा श्रद्धा प्रकट पनि गरियो भने मौन धारण गरेर उनीहरूको चिरशान्तिको कामना गरिएको छ। देशका विभिन्न भागमा पनि दिवंगतहरूको सम्झनामा स्मृतिसभा गरिँदैछ। उक्त आक्रमणमा ३ हजारभन्दा बढीको असामयिक अवसान भएको थियो। २१ वर्षदेखि अमेरिकाले आतंकवादविरुद्ध अभियान नै संचालन गरेको छ भने उसले राष्ट्रिय सुरक्षा नीतिमा व्यापक फेरबदल… पुरा पढौ

एएफसी यु–२० एसियन कप छनोटः पहिलो खेलमै नेपाल भुटानसँग पराजित

एएफसी यु–२० एसियन कप छनोटको पहिलो खेलमै नेपाल भुटानसँग पराजित भएको छ। बहराइनस्थित शेख अलि बिन मोहम्मद स्टेडियममा भएको खेलमा नेपाल भुटानसँग २–० गोल अन्तरले पराजित भएको हो। भुटानको जितका लागि सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले १/१ गोल गरेका थिए। खेल अवधिभर नेपालले बलमा पकड जमाएको थियो। तर, काउन्टर अट्याकमा जोड दिएको भुटानले दुबै हाफमा १/१ गोलको नतिजा निकाल्यो। यो जितसँगै भुटानले ३ अंक जोडेको छ। नेपालले भने पहिलो खेलमै हार बेहोर्दै प्रतियोगिताको शुरुवात गरेको छ। अब, नेपालले दोस्रो… पुरा पढौ

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा राजिनामाको घोषणा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मुख्य प्रशिक्षक नियुक्तिका सम्बन्धमा एन्फासँग भएको सझौता रद्ध गर्दै एन्फालाई पत्रचार गरेका छन्। आफूसँग गरिएको सम्झौता रद्धका लागि अल्मुतारीले पत्र पठाएसँगै उनको राजिनामाको विषयले निम्याएको भ्रमको टुंगो लागेको छ। पटक–पटक सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै आएका अलमुताइरीले यसपटक भने सम्झौता रद्धका लागि एन्फालाई पत्र नै पठाएका हुन्। सम्झौता रद्ध गर्ने विषयमा उनको पत्र प्राप्त भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी गराएका छन्। नेपालको मुख्य प्रशिक्षकको विषयमा एन्फाको आउँदो कार्यसमितिको बैठकले निर्णय गर्ने… पुरा पढौ

जाइका प्रमुख र पोखरा महानगर प्रमुख आचार्यबीच भेटघाट

जापानी सहयोग नियोग (जाइका) का प्रमुख ओकुबो अकिमित्सुसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित महानगरको प्रतिनिधि मण्डललाई भेट गरेको छ। प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटघाटमा जाइकाद्वारा सञ्चालित खानेपानी आयोजनाको हालसम्मको प्रगति र समस्याबारे छलफल गरेको थियो। पोखराको खानेपानी व्यवस्थापनका लागि लाइन विस्तारको काम गरिरहेको जाइकाले करिब ८८ प्रतिशत काम सम्पन्न गरेको बताएको छ। सडक विभाग अन्तरगतका सहरी सडकमा लाइन विस्तार र पस्र्याङ–सिद्धार्थचोक खण्डमा केही प्राविधिक समस्या देखिएकाले सो समस्या समाधानका लागि सम्बन्धित सरोकारवाालहरुसँग आवश्यक समन्वय गरिदिन ओकोबु नेतृत्वको टोलीले महानगरका… पुरा पढौ

हिस्टुन शिक्षकहरुको मागप्रति महानगर सहमत: प्रमुख आचार्य

पोखरा महानगर प्रमुख धनराज आचार्यले माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल(हिस्टुन ) का शिक्षकहरुको मागप्रति महानगर सहमत रहेको जनाएका छन्। पोखरा महानगर हिस्टुनको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले शिक्षकहरुको प्रतिनिधि मण्डलले पोखरा महानगरमा पेश गरिएको मागसँग आफू सहमत भएको बताएका हुन्। शिक्षकहरुले आफ्ना पेशागत हक हित सुनिश्चितता गराउन आन्दोलन गर्दा शिक्षकहरुले आफ्नो कर्तव्यलाई विर्सन नहुने पनि बताए। शिक्षकहरुको जायज मागहरु भएको बताउँदै सरकारको तहमा छलफल गरेको बताए। पोखरा महानगरको मात्रै डेढ अरब बजेट शिक्षामा गएको बताउँदै सोंचेअनुसार शिक्षालाई… पुरा पढौ