समाचार

नारीशक्ति जागरण आमा समुहमा प्यारी गुरुङ

पोखरा । नारीशक्ति जागरण आमा समुह पोखरा १७ आँखा अस्पतालचोकको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले प्यारी गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । दुई बर्षे कार्यकाल रहेको सो समुहको उपाध्यक्षमा राधादेवी पौडेल लम्साल,सचिवमा पूर्णकला पोखरेल, कोषाध्यक्षमा सरास्वती नेपाल सुवेदी, सहसचिव मञ्जु के.सी, सहकोषाध्यक्षमा हरिकमला के.सी. चयन भएका छन् । समुहको सदस्यहरुमा सिता पौडेल क्षेत्री, डीलमाया कार्की, दुर्गाकुमारी शर्मा, सुजिता पराजुली, कल्पना गोदार, पुष्पलक्ष्मी महर्जन, ज्योति शेरचन, आशा सेवा परिवार र अप्सरा गोदार छन् ।… पुरा पढौ

अब सुत्केरी हुन सदरमुकाम धाउनु पर्दैन

गलकोट । बागलुङ नगरपालिका–८ सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरिएको छ । बागलुङ नगरपालिकाको जनशक्ति व्यवस्थापन तथा ग्रामीण विकास परियोजनाको प्राविधिक सहयोगमा सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना भएपछि स्थानीय महिलालाई प्रसूति सेवा लागि बागलुङ बजार धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । सिगाना तित्याङका गर्भवती महिला प्रसूति सेवाका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । सिगाना स्वास्थ्यचौकीले सिगानामात्रै नभएर तित्याङको केही भागलाई समेत समेटिएकाले सिगानामै… पुरा पढौ

होटल संघ पोखराको साधारणसभा सम्पन्न

पोखरा । निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा संचालनका लागि आबश्यक तयारी तीव्र पार्न सरोकारवालाहरुले जोड दिएका छन् । होटल संघ पोखरा नेपालको ४१ औं वार्षिक साधारण सभाका अवसरमा वक्ताहरुले उक्त विमानस्थल संचालनमा ल्याउने क्रममा पहिलो उडान अन्तर्राष्ट्रिय प्रकृतिको नै हुनुपर्ने माग गरे । कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले लामो दवावपछि विमानस्थलको निर्माण कार्य अनसन नै बसेर सुरुवात गराउनुपरेको स्मरण गराए । उनले नयाँ विमानस्थललाई घरेलु विमानस्थलका रुपमा अगाडि बढाउने चलखेल हुन सक्ने भन्दै त्यसविरुद्ध सम्पूर्ण… पुरा पढौ

पोखराको लेकसाइडमा खुल्यो हारमोनी क्याफे

पोखरा । पोखरा पोखरा महानगर पालिका वडा नं ६ बैदाम लेक साइड नारेश्वरमा नयाँ हारमोनी क्याफे संचालनका आएको छ । पोखराका यूवा व्यवसायी प्रदिप छिन्दालले क्याफे संचालनमा ल्याएका हुन्। कफी पारखीहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याएको क्याफेमा नेपालका स्याङ्गजा र पाल्पा जिल्लामा नै उत्पादित अर्गानिक कफिलाई रोस्टेट विन्स मार्फत कफि मेशिनमा गलाइन्ड गरि आठ प्रकारका कफी तयार पारिने संचालक प्रदिपले जानकारी दिए । वास्तबिक कफीको स्वाद लिन चाहने पारखीहरुको चाहना अनुसार नै कफी तयार पारिने सञ्चालक छिन्दालले बताए । क्याफेमा ग्राहकहरुलाई… पुरा पढौ

गठबन्धनका कारण कांग्रेस अप्ठ्यारोमा नपरोस् : नेता डा कोइराला

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट पाउनुपर्ने धारणा राखेका छन । नेपाल प्रेस युनियनद्वारा १०९औँ विपी जयन्तीका अवसरमा जनकपुरधाममा आज आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीमा नेता डा कोइरालाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनभित्र प्रत्यक्षतर्फ एक सय सिट पाउनुपर्ने जिकिर गर्दै गठबन्धनका कारण नेपाली कांग्रेसलाई कुनै अप्ठ्यारो पर्न नहुने बताए । नेता कोइरालाले पाँचदलीय गठबन्धन बिचित्रको रहेको, विचार र… पुरा पढौ

पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम हुने

पोखरा । पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालमि हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डककीको आयोजनामा हुने यो तालिम आगामी असोज ४ र ५ गते हुने तय भएको मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई लक्षित गरेर यो तालिम हुन लागेको हो । तालिममा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी लगायतका विभिन्न संघसंस्थाको सहयोग रहने अध्यक्ष बरालको भनाई छ । तालिममा गण्डकी प्रदेशका कास्की सहित ११ जिल्लाकै खेलपत्रकारहरुको… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलब १३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३७ दशमलब ७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५४ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलब ८४ मा सीमित भएको छ । कूल दुई सय २७ कम्पनीको ३४ लाख एक हजार छ सय ९२ कित्ता शेयर रु एक… पुरा पढौ

असोज १ देखि छुटमा खाद्यान्न वितरण

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैँका लागि प्रतिकेजी रु सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो । हिजोआज विक्री भइरहेको मूल्यभन्दा प्रति केजी सात रुपैयाँ कमका दरले असोज एक गतेदेखि कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख नविनप्रसाद आचार्यले बताए । लिमिटेडले हिजो आज प्रतिकेजी जीरा स्टिम मसिनो रु ८५, अरुवा मध्यम रु ६२, अरुवा मोटो रु ५८, बास्मती रु ११०, सोनामन्सुली… पुरा पढौ

सुदूरपश्चिममा फैलँदै डेङ्गु सङ्क्रमण

महेन्द्रनगर । गत जेठ महिनायता सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत जेठयता सुदूरपश्चिममा प्रादेशिक र जिल्ला अस्पतालमा मात्रै एक सय ६१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार र स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियनत्रणमा खटिएका चिकित्सकसहित कर्मचारीलाई आवश्यक प्रशिक्षण दिनुका साथै जाँचका लागि किट उपलब्धलगायतका कार्य गरिरहेको छ । निर्देशनालयको तथ्याङ्कानुसार कैलालीमा ४१, कञ्चनपुरमा ३२, डोटीमा १४, अछाममा सात, डडेल्धुरा र बैतडीमा नौ–नौ, दार्चुलामा ३३, बझाङ र… पुरा पढौ

कृषि र पशुपालनको बजेट उत्पादन बढाउन केन्द्रित

त्रिवेणी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुर कृषि र पशुपालनको सम्भाव्यता भएको जिल्ला हो । जिल्लामा कृषि र पशुपालन व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य रहेको छ । नवलपुरमा सङ्घ, प्रदेश र स्थानीय सरकारका योजनामा समेत कृषि तथा पशुपालनले प्राथमिकता पाउने गरेका छन् । त्यसअनुसार चालु आर्थिक वर्षमा मात्रै कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने सङ्घ र प्रदेश मातहतका कार्यालयले रु १७ करोड बढी बजेट परिचालन गर्दैछन् । जिल्लास्थित कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने कार्यालयले मुख्यतः उत्पादन बढाउने गरी आफ्नो बजेट केन्द्रित… पुरा पढौ