समाचार

नवौं राष्ट्रिय खेलकुद: क्रिकेटमा एनआरएनएको विजयी सुरुवात

एनआरएनए एकेडेमीले नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गतको पुरुष क्रिकेटमा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराएको हो । एनआरएनएले दिएको ७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर मात्र ६२ रन बनायो । वर्षाका कारण ढिला सुरु भएको खेल ६ ओभरमा झारिएको थियो । सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक १२ रन बनाए भने राजु रिजालले ११ रन जोडे । यता एनआरएनएका लागि आशिष पोखरेल र दिपक क्षेत्रीले… पुरा पढौ

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोपमा कप्तान लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा जारी सूचनामा ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसूरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति दिएसँगै पक्राउ पुर्जी जारी भएको छ ।’ पुरा पढौ

सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् । १७ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टोलीबाट निलम्बन गरेको जनाएको छ । गएको मंगलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण संकलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज संकलन गरिएको प्रहरीले जनाएको छ । यसैबीच लामिछानेलाई पक्राउ गर्न आज बिहीवार जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ । अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि… पुरा पढौ

बेलायती महारानी एलिजाबेथ द्वितीयको स्वर्गारोहण

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको छ । बकिंघम प्यालेसले रानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्वक मृत्यु भएको जनाएको छ । यसअघि, महारानी एलिजाबेथ स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा थिइन् । चिकित्सकहरूले एलिजाबेथको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उनलाई अस्पतालमा राखिएको बकिंघम प्यालेसले बिहीबार नै जनाएको थियो । महारानीको स्वर्गवास भएको खबर पाउन साथ बेलायतमा शोक छाएको छ ।… पुरा पढौ

प्रजापति समूहको प्रचारप्रसार अन्तिम चरणमा, मत आफ्नै पक्षमा आउने दाबी

पोखरा । पवनकुमार प्रजापति र उनको समूहले घरदैलोलाई अन्तिम चरणमा पुर्याएको छ । सम्पूर्ण उद्योगी र व्यवसायीहरुको फर्म रहेकै ठाऊँमा पुगेर आफ्नो पक्षमा मत मागिसकेको यो समूहले प्रचारप्रसारको अन्तिम रणनीति अनुरुप संघमा आबद्ध बस्तुगत संघसंस्थाहरुलाई संस्थागत रुपमा भेट समेत गरिरहेको छ । त्यो बाहेक संघलाई नेतृत्व दिईसकेका पुर्व अध्यक्षहरुसँग भेट्ने कार्यक्रमलाई पनि समूहले तिव्रता दिएको छ । हामीले करिब शतप्रतिशत उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष भेटेर चुनावमा हाम्रो पक्षमा मत मागिसकेका छौँ । र, पुनः दोहोर्याएर पनि मागिरहेकै छौँ । संघमा रहेर… पुरा पढौ

अर्जुन पोखरेल प्यानल घर दैलोमै व्यस्त

पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल घर दैलो मै व्यस्त रहेको छ । शुक्रबार र शनिबारसंघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेशन हुँदै छ । अधिवेशनको पूर्वसन्ध्यामा पनि पोखरेल प्यानल मतदाताको समस्या सुन्दै र मत माग्दै हिंडिरहेको छ । टोली बिहीबार राष्ट्रबैंक चोक, बिरौटा, रत्नचोक, सिर्जनाचोक र सामसुङ गल्लिका उद्योगी व्यावसायीहरु सँगै थिए । त्यहाँ उनीहरुले आफ्ना समस्या सुनाउँदै नयाँ योजना बोकेर हिंडेको प्यानललाई मत दिने बताएका थिए । मत माग्दै… पुरा पढौ

नेपाल भ्रमण सकेर फर्किए भारतीय सेनाध्यक्ष पाण्डे, पोखरामा आई सि यू एम्बुलेन्स हस्तान्तरण

पोखरा । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् ।सेनाध्यक्ष पाण्डे र उनकी पत्नी अर्चनालाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की र उनकी श्रीमती मनिषा कार्कीले बिदाइ गरे । नेपाल र भारतका सेनाध्यक्षहरुलाई एक अर्का देशको मानार्थ महारथीको दर्जा दिने परम्परा अनुसार पाण्डेलाई २० भदौमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् ।भ्रमणका क्रममा पाण्डेले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट र जङ्गी अड्‍डामा… पुरा पढौ

नदीपुरमा क्लबस्तरीय पुरुष भलिबल जारी, शुक्रबारदेखि महिलाको खेल हुने

पोखरा । पोखरा महानगरपालिका ३ स्थित नदीपुरमा जारी क्लबस्तरीय पुुरुष भलिबल प्रतियोगिता बिहिबार ६ खेल सम्पन्न भएका छन् । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (बिहिबार) भएको पहिलो खेलमा ठाटीको अनुपस्थितिमा ससत्र प्रहरी बल मालेपाटनले वाकओभरमार्फत विजयी बनेको क्लबका अध्यक्ष कुशल प्रसाद छन्त्यालले जानकारी दिए । उनका अनुसार दोस्रो खेलमा गलकोट बाग्लुङले गुरुकुल नयाँबजारलाई २५–१५ र २५–१६ को अंकसहित सोझा सेटमा पराजित गर्याे । तेस्रो खेलमा अन्नपूर्ण गाउँपालिकाले कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्रलाई २५–१७ र… पुरा पढौ

उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालक समितिले पूर्णता पायो

पोखरा । पोखरा महानगरपालिकाको उपप्रमुखसंग महिला कार्यक्रम सचालक समितिले पूर्णता भएको छ । पोखरा महानगरपालिकाको चौथो नगरसभाले समितिलाई पूर्णता दिएको हो । उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा नौ सदस्यीय संचालक समिति रहने व्यवस्था कार्यविधिमा रहेको छ । समितिमा कार्यपालिकाका पाँचजना सदस्य, उद्यमशिलता र सीप विकासका क्षेत्रमा काम गरेका दुई जना महिला र पोखरा महानगर महिला विकास अधिकृत सदस्यसचिव रहने ब्यवस्था कार्यविधिमा छ ।सोही व्यवस्था अनुसार हालै बसेको कार्यपालिका बैठकबाट समितिले पूर्णता पाएको हो । समितिको सदस्यहरुमा महानगरकार्यपालिका सदस्यहरु हरिमाया विश्वकर्मा, निर्मला… पुरा पढौ

पोखराका अग्रज चिकित्सक डा कुमार समसेर अस्वस्थ, फेवासिटीमा उपचाररत

पोखरा । पोखराका अग्रज चिकित्सक डा.कुमार समसेर राणा अस्वस्थ भई अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र दमका बिरामी डा.कुमार समसेरलाई पछिल्लो पटक निमोनियाले सताए पछि स्थानीय फेवासिटी हस्पिटलमा उपचारकोलागि भर्ना गरिएको आफन्तले जानकारी दिएका छन् ।राणाको उपचारमा संलग्न कन्सल्ट्यान्ट फिजिसियन तथा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्व उप कुलपति प्रा.डा.बुद्दिबहादुर थापाले डा.राणाको स्वास्थ्य अवश्था ‘क्रिटिकल’ रहेको बताए । डा.थापाका अनुसार राणालाई ५ दिन अघि सिकिस्त अवश्थामा अस्पताल ल्याइएको थियो । उनलाई अहिले चिकित्सक तथा स्वास्थ्यकर्मिको प्रत्यक्ष निगरानी आई.सि.यू.मा… पुरा पढौ