समाचार

कालिका बहुमुखी क्यापसमा कल्याणकारी विद्यार्थी समिति गठन

पोखरा । कालिका बहुमुखी क्यापसले कल्याणकारी विद्यार्थी समिति गठन गरेको छ। ब्यबस्थापन संकाय चौथो बर्षकी छात्रा मुस्कान थापाको अध्यक्षतामा कल्याणकारी विद्यार्थी समिति गठन गरिएको हो । क्यापसले पन्ध्र सदस्य संचालक कार्यसमिति चयन गरेकोे हो । समितिको उपाध्यक्षमा उर्मिला थापा, सचिवमा अस्मिता घिमिरे, सहसचिवमा रोसन रानाभाट र कोषाध्यक्षमा जोना गुरुङ चयन भएका छन् । यसैगरि समितिको सदस्यहरुमा बिन्दु शिल्वाल ,रुकेश थारु ,सुजन खतिवडा ,शितल ढङ्गाना , सलिना गुरुङ ,सिर्जना भुजेल , अन्जली श्रेष्ठ , सुमित्रा थापा , सुजीना फगामी , प्रकाश… पुरा पढौ

पोखराका अग्रज चिकित्सक डा कुमार समसेर राणाको निधन

पोखरा । पोखराका अग्रज चिकित्सक डा।कुमार समसेर राणाको निधन भएको छ । ८५ बर्षिय राणाको शुक्रवार बिहान ७.१० बजे निधन भएको उपचारमा संलग्न चिकित्सक कन्सल्ट्यान्ट फिजिसियन डा. बुद्दिबहादुर थापाले जानकारी दिएका छन् । ५ दिन अघि अस्वस्थ भई फेवासिटी अस्पताल भर्ना भएका थिए । उच्च रक्तचाप, मधुमेह र दमका बिरामी डा।कुमार समसेरलाई पछिल्लो पटक निमोनियाले सताए पछि स्थानीय फेवासिटी हस्पिटलमा उपचारकोलागि भर्ना गरिएको थियो ।डा।राणा पोखराका पुराना चिकित्सक हुन् । पोखराको स्वास्थ्य क्षेत्रको उन्नयनमा उनको महत्वपूर्ण योगदान छ । अघिल्लो… पुरा पढौ

महारानी एलिजाबेथ द्वितीयाको निधनपछि राजा चाल्र्स तृतीय बने

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ । बेलायतमा ७० वर्ष लामो समयसम्म गद्दीमा रहेकी महारानी द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको हो । ’आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ’ विज्ञप्ति जारी गर्दै बकिंघम दरबारले भनेको छ ’राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज (शुक्रबार) बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन् ।’ चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा राखेपछि उनका सबै सन्तानहरू एबरडीन नजिकैको बाल्मोरलमा गएका थिए । महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहाँ… पुरा पढौ

सीपीएल छाडेर स्वदेश फर्कँदै सन्दीप, भन्छन्–‘निर्दोष छु’

बालिका करणी गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले केही दिनमै स्वदेश फर्किने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्दीपले आफूमाथि लागेको आरोपले स्तब्ध भएको र सीपीएल छोडेर केही दिनमा स्वदेश फर्कने जानकारी दिएका हुन् । आरोप निराधार भएको भन्दै उनले कानुनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन् । ‘म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सीपीएल छाडेर केही दिनमै नेपाल फर्कँदैछु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु । आशा… पुरा पढौ

बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दु:ख व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई माया गर्ने व्यक्तित्व गुमाएको उल्लेख गरेका छन् । सन् १९६१ र सन् १९८६ मा भएका उनका दुई राजकीय भ्रमणलाई स्मरण गर्दै देउवाले एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको उल्लेख गरेका हुन् । एलिजाबेथ द्वितीयाले आफूलाई काम, सम्मान र सेवाले परिचित गराएको देउवाको भनाई छ । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुई पोस्ट गर्दै श्रद्धान्जली र समवेदना व्यक्त गरेका हुन्… पुरा पढौ

१०९ औँ बीपी जयन्ती मनाइँदै

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज (शुक्रबार) देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुन:स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा… पुरा पढौ

तनहुँ जलविद्युत आयोजना: प्रसारण लाइन निर्माणका लागि २५ टावर तयार

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि हालसम्म २५ टावर तयार भएका हुन् । हालसम्म ४८ वटा फाउण्डेशन कार्य सम्पन्न भएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भूभाग प्राप्ति गर्न मुआब्जा वितरण भइरहेको छ भने चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । जग्गा अधिग्रहणका… पुरा पढौ

साफ महिला च्यम्पियनसीप : श्रीलंका–भुटान खेल्दै

नेपालमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा आज (शुक्रबार) एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । खेल बेलुका ५:३० बजे सुरु हुनेछ । समूह ’बी’ मा रहेको श्रीलंकाको यो पहिलो खेल हो । भुटानलाई हराएर श्रीलंका सुखद सुरुआतको योजनामा हुनेछ । भुटानको यो दोस्रो खेल हो । भुटान पहिलो जितको खोजीमा रहनेछ । पहिलो खेलमा भुटानलाई नेपालले ४–० ले हराएको थियो । सेमिफाइनलको स्थान बनउन पनि भुटानलाई जित्नैपर्ने दबाब छ ।… पुरा पढौ

साफ यु–१७: आज नेपाल–भारत भिड्दै

श्रीलंकामा जारी साफ यु–१७ च्याम्पियनसीप फुटबलमा नेपालले आज (शुक्रबार) भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । आज नेपाल भारतलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने योजनामा रहने छ । तर, भारतलाई हराउन नेपाललाई सहज भने छैन । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ । समूह ’बी’ मा रहेको नेपाल र भारत यसअघि नै सेमिफाइनल पुगिसकेको छ । ३ अंक… पुरा पढौ

साफ यु–१७: नेपाल सेमिफाइनलमा

साफ १७ वर्षमुनिको च्याम्पियनसीप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । श्रीलंकामा गएराति भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको हो । कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका उनेश बुढाथोकी र सिमान्त थापाले १/१ गोल गरे । भुटानका जेत्सुन दोर्जीले १ गोल फर्काए । खेलको १३औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। सिमान्तले खेलको ५७ औँ मिनेटमा गोल थपे । खेलको ६८ औँ मिनेटमा भुटानका दोर्जीले १ गोल फर्काए पनि त्यसपछि गोल थप्न… पुरा पढौ