समाचार

सभामुख सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग आज शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियल साल्मोनका नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले आज बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेटवार्ता गरेको हो । सो भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको जनाउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरे । सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको… पुरा पढौ

पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर

कास्की । पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो । महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम… पुरा पढौ

समूहगत उम्मेदवारीले संघलाई कमजोर बनाउँछ: ढुंगाना

पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा महासचिव पदका आकांक्षी तारानाथ ढुंगानाले नेतृत्वका लागि समूहगत उम्मेदवारीले संस्थालाई कमजोर बनाउने बताएका छन् । मतदातासँगको भेटघाटका क्रममा उनले समूहगत रुपमा निर्वाचनमा जाँदा अनावश्यक राजनिति भित्रने पनि बताएका हुन् । संस्थाभित्र ब्यबसायीको पक्षमा नभई आस्थाका आधारमा हुने राजनितिले प्रसय पाएको भन्दै उनले पोखरा उद्योग वाणिज्य संघ राजनितिको शिकार बन्न पुगेको दावी गरे । आफू महासचिवको उम्मेदवारका रुपमा स्वतन्त्र रुपले कुनै प्यानलमा नरहेपनि साझा उम्मेदवारका रुपमा मतदातासँगको भेटघाट बढाएको उनको भनाई छ । ‘प्यानल, गुट,… पुरा पढौ

नेपाली श्रम बजारमा दक्ष जनशक्तिको अभाव

नेपाली श्रम बजारमा दक्ष जनशक्तिको अभाव हुँदा विदेशी जनशक्तिमा भर पर्नु परेको पोखरामा आयोजित एक कार्यशाला गोष्ठीमा चर्चा गरिएको छ । इस्टाब्लिसिङ एन इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट (इएलएमएस) प्रोजेक्टको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले नेपाली श्रम बजारमा सीप वेमेल देखिएको, दक्ष कामदार वैदेशिक रोजगारीमा जान लालयित हुने गरेको र श्रमको सम्मान गर्ने संस्कृतिको विकास नहुँदा समस्या विद्यमान रहेको विषयमा चर्चा गरिएको थियो । होटल संघ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ… पुरा पढौ

संघलाई मजबुत बनाउछौं : पोखरेल समूह

पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेशन हुँदैछ । नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल प्यानल चुनाव प्रचार गर्न घरदैलोमा छ । शुक्रबार र शनिबार अधिवेसन हुँदैछ । उद्योग वाणिज्य संघले बुधबार उम्मेद्वार परिचय कार्यक्रम राखेको थियो । उम्मेद्वार परिचय कार्यक्रममा पोखरेल प्यानलका सबै उम्मेद्वारले आफ्नो प्रतिबद्धता सुनाए । अध्यक्षका उम्मेदवार अर्जुन पोखरेलले आफू निर्वाचित भए उद्योगी व्यावसायीको समस्या समाधानका लागि पैरवी गर्ने प्रतिबद्धता ब्यक्त… पुरा पढौ

१७ बुँदे घोषणापत्र अक्षरस कार्यान्वयन हुन्छः प्रजापति समूह

पवनकुमार प्रजापति समूहले उद्योगी व्यवसायीहरुको लागि समर्पित भएर लाग्ने प्रतिबद्धता जनाएको छ । बुधबार पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरुले आफ्नो प्रतिबद्धता सुनाएका हुन् । परिचय कार्यक्रममा उनीहरुले संघको गरिमा र उद्योगी व्यवसायीहरुको समस्या समाधानमा सदैव लाग्ने भन्दै आफ्नो समूहको पक्षमा मत मागेका थिए । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले १७ बुंदे घोषणापत्रमा उल्लेख सबै प्रतिबद्धताहरु अक्षरस… पुरा पढौ

राप्रपा कास्की–२ बाट २२ जनाको नाम सिफारिस  

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसीर ४ गते हुन लागेको आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ । त्यस्तै, राप्रपाले सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिस गरेको छ । कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनीधिसभाका लागि सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग गुरुङ, कास्की जिल्ला प्रवक्ता अरुण गिरी र जिल्ला सह–सचिव सुवर्णराज पन्त छन् । केन्द्रीय उपाध्यक्ष गुरुङको नाम यसअघि क्षेत्र नम्बर १ बाट समेत… पुरा पढौ

एमालेका युवा नेता विवेक त्रिपाठी प्रतिनिधिसभामा सिफारिस

नेकपा एमालेका युवा नेता विवेक त्रिपाठी प्रतिनिधि सभा निवार्चनका लागी सिफारिस भएका छन् । आउदो मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट युवा नेता विवेक त्रिपाठीलाई प्रतिनिधि सभाको निवार्चनका लागि एमाले कास्कीले सिफारिस गरेको हो । प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिएका त्रिपाठी सहित ९ जनाको नाम नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । विद्यार्थी राजनीतिमा समाहित त्रिपाठी भारतीय नाकावन्दीको वेला ‘लिफ्ट दिउँ, लिफट् लिउँ’ अभियान संचालन गरेर चर्चामा आएका… पुरा पढौ

कास्कीको जिल्ला प्रशासन कार्यालयमा डिजिटल नागरिक सेवा बडापत्र

कास्कीको जिल्ला प्रशासन कार्यालयमा डिजिटल नागरिक सेवा बडापत्र सार्वजनिक गरिएको छ । निजामती कर्मचारी दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय कास्कीले डिजिटल नागरिक सेवा बडापत्र सार्वजनिक गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक कार्यक्रमबीच उक्त सेवा सार्वजनिक गरेका हुन् । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सबै सेवाका बारेमा अडियो, भिजुअल सामग्री बनाएर प्रतिक्षालयमा डिजिटल नागरिक सेवा बडापत्र राखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिव रिजालले हालका लागि १ ठाउँमा दृश्य र ३ ठाउँमा अडियोमार्फत् सन्देश सार्वजनिक गरिने जानकारी… पुरा पढौ

कर्मचारी मिलन केन्द्र कास्कीद्वारा मानवसेवा आश्रमलाई सहयोग

कर्मचारी मिलन केन्द्रले पोखरा–१७ छोरेपाटनस्थित मानवसेवा आश्रमलाई सहयोग गरेकोा छ । निजामति कर्मचारी दिवसका अवसरमा केन्द्रले आश्रमलाई १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आश्रमलाई सो रकम हस्तारन्तरण गरेका हुन् । प्रजिअ आचार्यको नेतृत्वमा कर्मचारी मिलन केन्द्रले सो रकम संकलनका लागि संयोजन गरेको थियो । सहयोग रकम उपलब्ध गराउने सहयोगी सबैलाई मिलन केन्द्रले धन्यवाद प्रकट गरेको छ । सहयोग रकम पुरा पढौ