समाचार

क्रिकेट कप्तान लामिछानेमाथि नाबालिका करणीको आरोप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिका करणी गरेको आरोप लागेको छ । एक व्यक्तिले आफ्नी १७ वर्षीया नाबालिका बहिनीलाई यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित मङ्गलबार प्रहरीमा जाहेरी दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । महानगरीय प्रहरी वृत्त गौशालामा परेको उक्त जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक… पुरा पढौ

जग्गा विवादले राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माण प्रभावित

जनकपुरधाम । जग्गासम्बन्धी विवादका कारण राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषाको कमला–जनकपुर खण्डको काम प्रभावित भएको छ । जग्गा विवादलाई लिएर स्थानीयले अदालतमा दिएको मुद्दालगायतका कारणले धनुषाको औरही र तिनकौरिया बजारमा सडक निर्माणको काम प्रभावित भएको हो । पूर्व कमलाबाट पश्चिम जनकपुरधामसम्मको कुल २७ किलोमिटर सडकमध्ये करिब २५ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुग्न लाग्दा पनि बाँकी रहेको करिब दुई किलोमिटर सडकमा जग्गा विवादका कारण काम अघि बढाउन नसकिएको लामा रमण जेभीका इञ्जीनियर सुनिल मुखियाले जानकारी दिए… पुरा पढौ

दाङमा धान उत्पादनमा कमी हुने

देउखुरी । दाङमा समयमा पानी नपरेका कारण धानखेती प्रभावित भएको छ । आकाशे पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण भदौ अन्तिम साता हुँदा पनि रोपाइँ हुनसकेको छैन । लमही नगरपालिका–१ नर्तीका रुपलाल चौधरीको १० कट्ठा खेतमा धानखेती गरेका छन । घोराही–६ का किसान बुद्धिराज वलीले छ कट्ठा जमिनमा लगाएको धान सबै सुकेर पहेँलो भएको… पुरा पढौ

हात्तीले पाँच घर भत्कायो

जलेश्वर । जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए । उनका अनुसार रातका समयमा जङ्गलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर भत्काएको थियो । अँध्यारोको बेला अचानक आएका हात्तीले एकाएक घर भत्काउन थालेपछि गाउँभरि हो–हल्ला भएको र घरधनीहरूले घर छाडेर भागेका थिए । हात्तीको उपद्रवबाट घरभित्रका सबैथोक… पुरा पढौ

धानखेतमा दुई किशोरीको शव फेला

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीक्ुमारी महराको शव फेला परेको हो । स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल… पुरा पढौ

तरकारी खेतीले किसानको बदलियो जीवन

म्याङुलुङ । तेह्रथुमको लालीगुराँस नगरपालिका–५ की अम्बिका बस्नेतले छ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन । उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष रु पाँच लाख आम्दानी लिने लक्ष्य उनले लिएका छन । उनले मकैखेतीबाट घर व्यवहार चलाउन धौधौ परेपछि तरकारी खेती रोजेका हुन । त्यसमा पनि उनले राम्रो आम्दानी गर्न सकिने भएकाले आफ्नो बारीमा बन्दाकोबी लगाएका छन । उनले यस वर्ष रु छ लाख आम्दानी गर्ने लक्ष्य लिएका छन ।… पुरा पढौ

ढोरपाटन आरक्षमा बँदेलको सिकार गराइने

वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार एउटा याममा ११ बँदेलको सिकार गराइनेछ । “वर्षमा २२ बँदेलको सिकार कोटा निर्धारण गरिएको छ, बोलपत्रमार्फत छानिएका सिकार कम्पनीले सिकार खेलाउन पाउँछन्”, उनले भने, “विशेष गरी नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको सिकार खुलाउन… पुरा पढौ

हरिहर मन्दिरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग

पोखरा महानगरपालिका–१७ सीताघाटस्थित सदाशिव हरिहर मन्दिर परिसरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग निर्माण गरिएको छ । सो क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ उक्त धारासहित शिवशिङ्ग निर्माण गरिएको हो । सीताघाटस्थित सेती नदी जल लिफ्टिङ प्रविधिमार्पmत मन्दिर परिसरमा निर्मित ट्याङ्कीमा सङ्कलन गरी आवश्यकता अनुसार गौमुखे धारामा वितरण गरी श्रद्धालु भक्तजनलाई जलधारामा स्नान गर्ने सुविधा पुग्ने छ । धाराको उपल्लो भागमा एक सय आठ शिवलिङ्ग निर्माणका लागि समेत तयारी गरिएको छ । पोखराको बीच भागबाट भूतिगतरुपमा बगेको सेती… पुरा पढौ

इरानमा एलजीबीटी अभियन्तालाई मृत्युदण्ड

दुईजना महिला तथा पुरुष समलिङ्गी, तेस्रोलिङ्गी र उभयलिङ्गी (एलजीबीटी) अभियन्तालाई इरानमा मृत्युदण्ड दिइएको छ । उनीहरूलाई मृत्युदण्ड दिएको अधिकारवादी समूहहरूले बताएका छन् । उरिमास्थित एक अदालतले ३१ वर्षीया जाहरा सिद्धिकी र २४ वर्षीय एल्हाम चौब्दारलाई ‘पृथ्वीमा भ्रष्ट आचरण देखाएको’ अभियोगमा दोषी ठहर गरेको हो । उनीहरूलाई समलिङ्गी सम्बन्ध र इसाई धर्मलाई बढावा दिएको तथा इस्लामिक गणतन्त्रको विरोध गर्ने सञ्चार माध्यमसँग संवाद गरेको अभियोग लगाइएको मानव अधिकारका लागि हेन्ग संगठनले जानकारी दिएको छ । पछि इरानको न्यायालयले उनीहरूलाई मृत्युदण्ड दिइएको पुष्टि… पुरा पढौ

लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बनेकी छन् । ट्रसले मंगलबार महारानी एलिजाबेथ द्वितीयसँग स्कटल्यान्डको बालमोरल कासलमा भेट गरेकी छन् । महारानी एलिजाबेथले ४७ वर्षीया ट्रसलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी हुन् । यसअघि, बोरिस जोनसनले महारानीसँग भेटेर आफ्नो पदबाट राजीनामा दिएका थिए । ट्रसलाई सोमवार कन्जर्भेटिभ पार्टीले आफ्नो नयाँ नेता चयन गरेको थियो । ट्रसलाई ८१,३२६ भोट मिल्यो । अर्कातिर भारतीय मूलका भनिएका ऋषि सुनकलाई ६०,३९९ भोट मिल्यो । सोमवार उनले आफूसँग कर घटाउने खास योजना रहेको बताएकी थिइन् ।… पुरा पढौ