समाचार

डन चक्रे मिलन गोरखा–२ को एमालेबाट उमेदवार सिफारिस

चक्रे मिलनको नामले परिचित मिलन गुरुङलाई नेकपा एमालेले प्रतिनिधिसभाको सदस्यका लागि सिफारिस गरेको छ । उनलाई एमालेले गोरखा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो । एमाले क्षेत्रीय कमिटीले गुरुङसँगै दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको छ । चक्रे विवादास्पद गतिविधिमा संलग्न रहँदै आएका थिए । उनी पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए । चक्रे केही समयदेखि गोरखामा सक्रिय छन् । पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा पदयात्राका लागि अग्रिम बुकिङ, व्यवसायी उत्साहित

कोरोना कहरका कारण २ वर्षसम्म प्रभावित अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा भने बढ्ने आशा जागेको छ । पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत, अष्ट्रेलिया लगायतका स्थानबाट अग्रिम बुकिङ हुन थालेपछि व्यवसायी पनि उत्साहित बनेका छन् । आगामी यामका लागि अग्रिम बुकिङहरू आउन थालेको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिए । पछिल्ला समयमा अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि बस्न खान उपयुक्त सुविधा सम्पन्न पूर्वाधारहरू बनिरहेको बताउँदै उनले यहाँ आउने पर्यटक सहज रुपमा यस क्षेत्रको पदयात्रा गर्न सक्ने… पुरा पढौ

एमाले म्याग्दीले टुंग्यायो उम्मेदवारहरुको सिफारिस

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) म्याग्दीले प्रतिनिधि सभाका लागि सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटीको बैठकले हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ। उनी, एमाले गण्डकी प्रदेश कमिटीका सचिबालय सदस्य समेत हुन् । बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ नरदेवी पुन र केपी (केदारप्रसाद) अधिकारीको नाम सिफारिस गरेको म्याग्दी एमाले श्रोतले बताएको छ । प्रदेशसभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी,… पुरा पढौ

सन्दीप लामिछानेविरुद्ध पनि बलात्कारको उजुरी

नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पनि प्रहरीमा जाहेरी परेको छ। काठमाण्डौ प्रहरी परिसरमा मंगलबार पीडितकातर्फबाट जाहेरी परेको हो। घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनैपनि अधिकारीले औपचारिक रूपमा केही बताएका छैनन्। प्रहरीका अनुसार पीडितले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर गएको ५ गते नगरकोट घुमाउन लगेको जाहेरीमा उल्लेख गरेकी छन्। नगरकोटबाट त्यही रात फर्किएर काठमाण्डौको एक होटलमा बसेको र त्यहीँ आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको… पुरा पढौ

सुन्दर पोखराको अर्को आकर्षण: ल्वाङ गाउँको चियाबारी

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैँ पनि प्रसिद्ध छ । सांस्कृतिक पहिचान झल्कने गुरुङ समुदायको मिलेको बस्ती तथा सुन्दर अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखला यस गाउँका आकर्षण हुन् । तर, पछिल्लो समय भने पर्यटकलाई आर्कषण गर्ने यस गाउँको अर्को विशेषता पनि थपिएको छ । त्यो हो सुन्दर हरियाली चियाबारी । पूर्वी पहाडको चिया बगानको झझल्को मेटाउने यही चियाबारीका कारण पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । पोखरादेखि २० किलोमिटरको दूरीमा र समुद्र सतहदेखि १… पुरा पढौ

नमुना मतपत्र छाप्न सुरु, ८ करोड मतपत्र छापिदैं

निर्वाचन आयोगले मंगलबारबाट मतपत्र छाप्न सुरु गरेको छ । आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो । आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेदेखि नै मतपत्र छाप्न सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि मतपत्र छाप्न सुरु गरेको हो । दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर समानुपातिकको मतपत्र छाप्न सुरु हुने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा आयोगले निर्वाचन शिक्षा कार्यक्रमका लागि ६ लाख मतपत्र छाप्नेछ । आमनिर्वाचनका लागि आवश्यक सबै मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री… पुरा पढौ

मासिँदै ढिकी, जाँतो र पानीघट्ट

एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर, अहिले हरेक बस्ती–बस्तीमा विद्युतको पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको जनाइएको छ । गाउँलेले पिसानी (अन्न पिस्ने काम)का लागि घट्ट भरपर्दो माध्यमका… पुरा पढौ

जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना

पूर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना गरिएको छ । नेपालमा पाइने ९ प्रजातिको गिद्धमध्ये कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा ८ प्रजातिको गिद्ध अवलोकन गर्न सकिन्छ । तर, मौसमका कारण अहिले चार प्रजातिको गिद्ध अवलोकन गर्नु सफल भएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डीवी चौधरीले बताएका छन् । कावासोतीमा अवस्थित जटायु रेष्टुरेन्टबाट पहिलो पटक सन् २००९ को सेप्टेम्बर ४ मा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउन सुरु गरिएको थियो । टेलिस्कोप, क्यामरा र दूरबिनको सहायताले गिद्ध अवलोकन गर्न सकिने… पुरा पढौ

कास्कीको नयाँ सीडीओमा टेकबहादुर केसी, जयनारायण ललितपुर पुगे

अब, कास्कीको नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई आउँदैछन् । त्यस्तै, कास्कीका सीडीओ जयनारायण आचार्य ललितपुरको प्रमुख जिल्ला अधिकारी बनेर जाँदैछन् । गृह मन्त्रालयले राजधानी काठाण्डौं उपत्यकालगायत महत्वपूर्ण जिल्लाका प्रजिअको सरुवा गरेको हो । गृह मन्त्रालयले काठमाडौँ उपत्यकासहित दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । त्यस्तै, गृहमन्त्रालय स्रोतका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय जाँदैछन् । काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा भएको छ… पुरा पढौ

आज, निजामती सेवा दिवस

आज भदौ २२ गते अर्थात निजमाती सेवा दिवस । आजको दिन देशभर विविध कार्यक्रम गरी निजामती सेवा दिवस मनाइन्छ । आजको दिन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अतिथ्यतामा काठमाण्डौंको सिंहदरवारमा विशेष कार्यक्रम राखेको छ । नेपाल सरकारका मुख्य सचिव दामोदर बैरागीको अध्यक्षतामा भदौको गत ५ गते बसेको बैठकले निजामति सेवा दिवस मूल समारोह उपसमितिको गठन गरेको थियो । उपसमितिको बैठकले दिवसका अवसरमा रक्तदान, वृक्षारोपण र खेलकुद, दीपावली लगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको थियो । यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती… पुरा पढौ