समाचार

एभरेस्टकर्मी श्रेष्ठ घरभाडा सरोकार समितिबाट सम्मानित

पोखरा। एभरेस्टकर्मी सन्देश श्रेष्ठ नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीबाट सम्मानित भएका छन् । समितिको आज पोखरामा सम्पन्न १५ औँ साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै उनलाई नगद रु १० हजार एक सय, दोसल्ला र प्रसंसापत्रबाट सम्मान गरिएको हो । नेपाल घरबहाल सरोकार महासंघका केन्द्रीय अध्यक्ष बलभद्र खनाल,घरभाडा सरोकार समिति कास्कीका अध्यक्ष कमल न्यौपाने लगायतले एभरेस्ट आवाज डटकमका कार्यकारी सम्पादक तथा एभरेस्ट एफएमका समाचार प्रमुख समेत रहेका पत्रकार श्रेष्ठलाई सम्मान गरेका हुन् । पत्रकार… पुरा पढौ

गण्डकी प्रदेश स्तरिय भलिबल प्रतियोगितामा नवलपुर र म्याग्दी च्याम्पियन

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी टिम च्याम्पियन भएका छन् । पुरुषतर्फको फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङजालाई २–१ सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । लिग खेलमा तनहुँ संग पराजय भोगेको नवलपुरले सेमीफाइनलमा कास्कीलाई २५–१७, ३१–२९ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्याङजा संग भेट पक्का गरेको थियो । फाइनलमा नवलपुरले पहिलो सेट ३०–२८ ले स्याङजालाई सुम्पिए पनि पछिल्ला २ सेटमा लगातार स्याङजालाई २५–२३ र… पुरा पढौ

वालिङका महिला सामूहिक बाख्रापालनमा

यहाँका महिलाले सामूहिक बाख्रापालनमा अग्रसरता देखाएका छन् । स्याङ्जाको वालिङ नगरपालिका ६ भरुवाका महिलाले बाख्रापालन गर्ने उद्देश्यसहित समूह गठन गरी सोहीमार्फत बाख्रापालन थालेका हुन् स्थानीय दश महिला आवद्ध भई ‘भरुवा महिला बाख्रापालन समूह’ दर्ता गरी गत असारबाट व्यावसायिक बाख्रापालन थालिएको हो । आर्थिक उपार्जनसित जोडिदै आत्मनिर्भर हुन सकिन्छ भनेर गाउँका महिला भेला भई समूह बनाएर व्यवसाय थालेको समूहकी अध्यक्ष तुलसीकुमारी थापाले बताए। “आँफूलाई वा परिवारलाई आवश्यक पर्ने सामान्य खर्च जुटाउन श्रीमान्मा मात्रै आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने लाग्यो”, उनले… पुरा पढौ

बेगनासतालका डुङ्गा व्यवसायीमा पलाउँदै आशा

सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुङ्गा व्यवसायीमा आशा जगाएको छ । कास्कीको लेखनाथस्थित बेगनास तालका डुङ्गा व्यवसायीमा बर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने भन्दै यस्तो आशा जाग्न थालेको हो । कोरोनाकै कारण साढे दुई वर्षदेखि थला परेको डुङ्गा व्यवसाय असोजबाट केही मात्रामा सुधार हुने आशामा व्यवसायी छन् । बेगनास ताल डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले यतिबेला बर्सातको समय भएकै कारण पर्याप्त मात्रामा पर्यटक नआएपछि अव दशैँ–तिहारमा बाहिरी जिल्लाका पर्यटक बढे भने व्यवसायीलाई राहत मिल्ले बताए… पुरा पढौ

उद्योगी व्यवसायीको भरोषाः पवनकुमार प्रजापति समूह

पोखरा । घरदैलोको क्रममा रहेको पवन कुमार प्रजापति र उनको समूहले शुक्रबार वीपीचोकदेखि पृथ्वीचोकसम्मका उद्योगी व्यवसायीहरुलाई भेटेको छ । विहानैदेखि प्रचारमा निस्केको यो टोलीले वीपीचोकदेखि न्यूरोड, जाल्पारोड, सृजनाचोक, जिरोकिलोमिटर, सभागृहचोक, पृथ्वीचोक हुँदै नागढुंगासम्मका उद्योगी व्यवसायीहरुलाई भेटेर आफ्नो पक्षमा भोट मागेको हो । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशन भदौको २४ र २५ गते हुँदैछ । संघको नयाँ नेतृत्वको लागि पवन प्रजापतिको समूहले संस्थागत जीवन्तताका लागि व्यवसायिक हितमा अभियन्ता बन्ने नारा सहित चुनावी प्रचारमा गएको छ । ‘हामीले संघमा… पुरा पढौ

प्रदेश स्तरिय खो खो प्रतियोगितामा पुरुष तर्फ नवलपुर प्रथम

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय खो खो छनौट प्रतियोगितामा पुरुष तर्फ नवलपुर प्रथम भएको छ । पोखरा रंगशालामा आज भएको फाइनल खेलमा नवलपुरले घरेलु टोली कास्कीलाई झिनो ३ अंकको अन्तरले पछि पार्दै प्रथम भएको हो । प्रतियोगितामा नवलपुरले १८ अंक ल्याउदा कास्कीले भने १५ अंक प्राप्त गर्यो । प्रतियोगितामा ४ जिल्लाको सहभागिता रहेको प्रशिक्षक बिशाल गुरुङले बताए । नवलपुर प्रतियोगितामा प्रथम भए पनि विभिन्न जिल्लाका गरी १४ जना खेलाडीहरु छनौट गरिएको छ । छनौट हुने… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद :प्रदेश स्तरिय खो खो प्रतियोगितामा पुरुष तर्फ नवलपुर प्रथम

पोखरा ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय खो खो छनौट प्रतियोगितामा पुरुष तर्फ नवलपुर प्रथम भएको छ । पोखरा रंगशालामा आज भएको फाइनल खेलमा नवलपुरले घरेलु टोली कास्कीलाई झिनो ३ अंकको अन्तरले पछि पार्दै प्रथम भएको हो । प्रतियोगितामा नवलपुरले १८ अंक ल्याउदा कास्कीले भने १५ अंक प्राप्त गर्यो । प्रतियोगितामा ४ जिल्लाको सहभागिता रहेको प्रशिक्षक बिशाल गुरुङले बताए । नवलपुर प्रतियोगितामा प्रथम भए पनि विभिन्न जिल्लाका गरी १४ जना खेलाडीहरु छनौट गरिएको छ । छनौट हुने खेलाडीहरुमा… पुरा पढौ

पाकिस्तानी लगानीकर्ता पोखरामा लगानी गर्न तयार छन् : पाकिस्तानी राजदुत

पोखरा, भदौ १७ नेपालका लागि ईश्लामिक गणतन्त्र पाकिस्तानका राजदुत सैयद हैजर शाहले पाकिस्तानी लगानीकर्ता पोखरासहित नेपालमा लगानी गर्न तयार रहेको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगको भेटपछि एभरेस्टकर्मी सन्देश श्रेष्ठसँग कुरा गर्दै उनले पाकिस्तानी लगानीकर्ता पोखरासहित गण्डकी प्रदेशमा लगानी गर्न तयार रहेको बताएका हुन् । गण्डकी प्रदेश सरकारले चाँडै गर्न लागेको लगानी सम्मेलनमा पाकिस्तानी लगानीकर्ताको सहभागिता र सम्भावित लगानीको सम्भावनाबारे गरिएको प्रश्नको जवाफमा उनले भने,‘सरकारले लगानीको वातावरण बनाउनु पर्छ । जुनसुकै लगानीकर्ताले लगानीको सुरक्षा र नाफाको ज्ञारेन्टी खोज्छ… पुरा पढौ

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालले शुक्रबार गत जेठ १२ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमासञ्चालन परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । पुरा पढौ

नेकपा एमाले देश निर्माणको अभियानमा लागेको छ : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा उनले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान एमालेले लिएको प्रष्ट पारे । अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहारमा लागू गर्न, मुलुकमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राखे । उनले मुलुकको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील… पुरा पढौ