समाचार

लमजुङमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पराजित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पराजित भएका छन् । लमजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचन उमेद्वार रहेका गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीसँग पराजित भएका हुन् । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार रास्वपाका केसीले ३३ हजार ८९८ मत प्राप्त गरी विजयी भए । एमालेका गुरुङले १६ हजार ८७६, नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ र नेपाली कम्युनिष्ट पार्टीका हरिजङ्ग तामाङले तीन हजार ३७१ मत प्राप्त गरे । कुल एक लाख ३७ हजार १२४… पुरा पढौ

रौतहट १ मा रास्वपाका चौधरी विजयी,माधवकुमार नेपाल चौथों

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी विजयी भएका छन् । आज सम्पन्न मतगणनामा चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए । उक्त क्षेत्रमा नेकपा एमालेका अजयकुमार गुप्ताले १० हजार ६९३ प्राप्त गर्दा नेपाली कांग्रेसका अनिल झाले आठ हजार ५७४ मत प्राप्त गरे । साथै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सात हजार ६६९ मत प्राप्त गरे । यस क्षेत्रमा एक लाख आठ हजार ७२६ मतदाता रहेकामा ७१ हजार… पुरा पढौ

चितवन क्षेत्र नं. ३ मा रेनु दाहाल पराजित,कांग्रेस र एमालेको जमानत जफत

चितवन क्षेत्र नं. ३ म राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम निर्वाचित भएकी छन् । अहिलेसम्मकै सर्वाधिक मतका साथ उनीविजेता भएकी छन् । एक लाख ३ मत खसेकोमा गौतमले ५९ हजार २ सय ७७ मत प्राप्त गरिन् । नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउँदा गौतम ३८ हजार ६ सय ६२ मतान्तर सहित निर्वाचित भइन् । चितवन ३ मा नेपाली कांग्रेस र नेकपा एमालेले जमानत जोगाउन सकेनन् । नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ८ हजार ३ सय… पुरा पढौ

तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित

रास्वपा उपसभापति डा स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ ह्जार ८०९ मत अन्तरले पछि पार्दै वाग्ले प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत पाए । यसैगरी नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८३० र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विद्यानाथ ढकालले २ हजार ३९३ मत पाए । पुरा पढौ

कास्की-१ मा रास्वपाका गनेस पौडेल फराकिलो मतान्तरसहित विजयी

सन्देश श्रेष्ठ पोखरा फागुन २३। कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गनेस पौडेल विजयी भएका छन्। कास्की क्षेत्र नम्बर-१ मा रास्वपाका पौडेल फराकिलो मतान्तर सहित विजयी भएका हुन्। कुल ७० हजार २३६ मत खसेको यस क्षेत्रमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटलाई २८ हजार ६ सय ६९ मतान्तरले पछि पार्दै पौडेल विजयी भएका हुन्। रास्वपाका पौडेलले ३९ हजार ८ सय ३ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका रानाभाटले ११ हजार २ सय १४ मत प्राप्त गरे। भने… पुरा पढौ

सामुदायिक सेवा केन्द्र लेखनाथद्वारा प्रहरीलाई सीसी क्यामेरा हस्तान्तरण

लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रले शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यका साथ डाँडाको नाक प्रहरी कार्यालयलाई सीसी क्यामेरा हस्तान्तरण गरेको छ। शनिबार आयोजित एक कार्यक्रम बीच सेवा केन्द्रकी अध्यक्ष गंगाकुमारी खनालले डाँडाको नाक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक गुणराज बुढाथोकीलाई तीन थान सीसी क्यामेरा हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष खनालले विकृति र विसङ्गतिरहित समाज निर्माण गर्ने अभियानअन्तर्गत सेवा केन्द्र स्थापना गरिएको बताइन्। उनले सीसी क्यामेरा जडानले यस क्षेत्रमा हुने सवारी दुर्घटना तथा ट्राफिक समस्याको व्यवस्थापनमा सहयोग पुग्ने, साथै… पुरा पढौ

गुल्मी २ मा एमालेका उपमहासचिव गोकर्ण विष्ट ४ सय ९६ मतान्तरले पराजित

गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ४९६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्टले १६ हजार ३८२ मत प्राप्त गरे। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४०५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले… पुरा पढौ

बागलुङका दुवै क्षेत्रमा रास्वपा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सुशील खड्का विजयी भएका छन् । सुरुआती चरणबाटै मतान्तर बढाउँदै लगेका खड्काले प्रतिस्पर्धी कांग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतले पछाडि पार्दै विजयी भएका छन् ।बागलुङ क्षेत्र नम्बर १ मा खसेको जम्मा ४८ हजार ९३२ मतमा रास्वपाका खड्काले २० हजार ९२७ मत प्राप्त गरेका थिए । यस्तै नेपाली कांग्रेसका श्रीसले ११ हजार ९४४ मत प्राप्त गरेका छन् । यस्तै एमालेका हीराबहादुर केसीले ८ हजार ६४० मत प्राप्त गरेका छन् । यस्तै… पुरा पढौ

कास्की-१ मा रास्वपाका गनेस पौडेल प्रतिस्पर्धी भन्दा झन्डै चारगुणा अगाडि

सन्देश श्रेष्ठ पोखरा फागुन २३। कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गनेस पौडेलको जित सुनिश्चित भएको छ। कास्की क्षेत्र नम्बर-१ मा रास्वपाका पौडेल फराकिलो मतान्तर सहित जित उन्मुख भएका हुन् । कुल ७० हजार २३६ मत खसेको यस क्षेत्रमा हालसम्म ६० हजार ५ सय ८४ मतगणना सम्पन्न हुँदा पौडेल प्रतिस्पर्धी भन्दा झन्डै चार गुना अगाडि छन्। रास्वपाका पौडेल ३३ हजार ९ सय ६८ मतसहित जित सुनिश्चित गर्दा उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ९ हजार ८ सय २८… पुरा पढौ

कास्की-१ मा रास्वपाका गनेस पौडेलको जित सुनिश्चित

फागुन २३। कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गनेस पौडेलको जित सुनिश्चित भएको छ। कास्की क्षेत्र नम्बर-१ मा रास्वपाका पौडेल फराकिलो मतान्तर सहित जित उन्मुख भएका हुन् । कुल ७० हजार २३६ मत खसेको यस क्षेत्रमा हालसम्म ५१ हजार८४ मतगणना सम्पन्न हुँदा रास्वपाका पौडेल २७,६०२ मतसहित जित नजिक पुगेका छन्। उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ८ हजार ७ सय ३६ मतसहित पछाइरहेका छन्। भने नेकपा एमालेका वैनबहादुर अधिकारी क्षेत्रीले ८ हजार ३ सय ४५ मत प्राप्त गरेका… पुरा पढौ