समाचार

म्याग्दीमा राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको छ । सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत पदमार्गलाई पुनःनिर्माण र ब्यवस्थित गरिएको हो । एकीकृत सेवा कार्यालय म्याग्दीको सहयोगमा राहुघाटदेखि बगैँचातर्फ ८० मिटर पक्की सिँढी र १३७ मिटर दूरीमा फलामको रेलिङसहितको पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र८३… पुरा पढौ

इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी

इलाम क्षेत्र नं १ बाट नेपली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । उनी ९११ मतान्तरले विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए । चुनावी प्रतिस्पर्धामा रहेका एमालेका काजिमान कागतेले ११ हजार ९६६, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले नौ हजार १६० तथा नेपाली कम्युनिष्ट… पुरा पढौ

गोरखा १ मा सुधन गुरुङ निर्वाचित

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी २९ हजार ८९६ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत पाए । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी ११ हजार १२४ मत ल्याएर तेस्रो भए । एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत पाए । पुरा पढौ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । यही माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका १८ मध्ये १७ जना सदस्यलाई सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराए । कुल ५९ सदस्य रहेको राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । कार्यक्रममा नवनिर्वाचित सदस्यहरु खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी,… पुरा पढौ

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख

झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल रु १४ लाख १४ हजार ७२९ खर्च भएको उल्लेख छ । पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । उनले निर्वाचन प्रचार प्रशासका क्रममा सवारीसाधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा रु दुई लाख ३३ हजार ५००, हवाई भाडामा पाँच पटकका लागि रु ३५ हजार तथा… पुरा पढौ

पोखरामा पुस्तक बेच्दैं स्वतन्त्र सांसद महाविर पुन

आइतबारसम्म म्याग्दीमा चुनावी अभियानमा खट्टिएका महावीर पुन आज पोखरामा देखिएका छन् । म्याग्दीबाट स्वतन्त्र सांसदमा निर्वाचित भएको प्रमाणपत्र लिए लगत्तै उनले म्याग्देली जनतालाई धन्यवाद दिएसँगै, पुनः आफ्नो पुस्तक बिक्री गर्न कस्सिएका छन् । उनले वीरगंजमा चलिरहेको कृषि औजार कारखानाका लागि रकम चाहिने भएकाले आत्मकथाको पुस्तक बेच्न लागेको बताएका हुन् । आज बिहानै पोखरा आएका पुनले पुस्तक विक्रि गर्न शुरु गरेका छन् ।उनले अहिलेअमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेचि रहेका छन् भने दिउँसो १ बजेपछि पृथ्वीचोकमा बसेर पुस्तक बेच्ने बताएका छन्… पुरा पढौ

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । “बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ”, उनले भने, “उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका… पुरा पढौ

‘म्यागासेसे’ को म्याग्दीबाट संसद यात्रा

सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिममेवारी सम्हालेका पुनले गत माघ ४ गते पदबाट राजिनामा दिएर जन्मथलोमा चुनाव लड्न पुगेका थिए । अमेरिकाको ‘नेब्रास्काको युनिभर्सिटि’बाट विसं २०४९ मा स्नाकोत्तर गरेका पुनको म्याग्दीको सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा योगदान रहेको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको टिकोट माविका प्रअ… पुरा पढौ

कास्कीमा चार हजार ६९८ मत बदर

यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार ६९८ मत बदर भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा कूल एक लाख ९१ हजार ४२५ मत खसेकामा एक लाख ८६ हजार ७२७ मत सदर भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार बदर मतको प्रतिशत दुई दशमलव ४५ प्रतिशत छ । कास्की–१ मा जम्मा ७१ हजार ८०६ मत खसेकामा ६९ हजार ९५४ मत सदर हुँदा एक हजार ८५२ मत बदर भयो… पुरा पढौ

लायन्स क्लव अफ पोखरा हेमजामा लायन सुरेश कुमार श्रेष्ठ

लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। लायन वर्ष २०२५र२६ का अध्यक्ष लायन दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न निर्वाचनबाट लायन सुरेश कुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरिएको हो।समितिको प्रथम उपाध्यक्षमा लायन कृष्णमान श्रेष्ठ , द्वितीय उपाध्यक्षमा लायन गोविन्द दाहाल र तृतीय उपाध्यक्षमा लायन मदन पौडेल चयन भएका छन्। त्यस्तै सचिवमा लायन सूर्यराज पौडेल कोषाध्यक्षमा लायन बलराम पौडेल सहसचिवमा लियो लायन विष्णुप्रसाद दाहाल र सह–कोषाध्यक्षमा लियो लायन विकास त्रिपाठी चयन भएका छन्।… पुरा पढौ