समाचार

साइनिङस्टारमा विद्यार्थीको स्वागत एवं विदाई

पोखराको लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ स्कुलले विद्यार्थीहरुको स्वागत एवं विदाई गरेको छ । कार्यक्रममा कक्षा ११ मा भर्ना भई आएका नयाँ विद्यार्थीको स्वागत तथा १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई शुभ–कामना सहित विदाई गरिएको हो । विद्यालय प्राचार्य अर्जुन पाण्डेले विद्यालयले शैक्षिक गतिविधीसँगै खेलकुद, मनोरन्जनात्मक कार्यक्रम तथा अन्य अतिरिक्त कार्यक्रमलाई विद्यालयले महत्व दिएको बताए । कार्यक्रममा बोल्दै वक्ताहरुले पोखराको पर्यटन क्षेत्रलाई दक्ष जनशक्तिको खाँचो रहेको एक कार्यक्रमका वक्ताहरुले औल्याएका छन् । दक्ष युवाशक्ति विदेश पलायन हुने समस्याले अब यहाँको पर्यटन क्षेत्रमा… पुरा पढौ

फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ

काठमाण्डौं । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी प्रोफाइमा आबद्ध साथी, आफन्त र सहकर्मीसँग रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ । यसरी पक्राउपर्नेमा मोरङको शनिश्चरे नगरपालिका–१० का २० वर्षीय किरण पाठक रहेका र उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ । उनले विभिन्न डिजिटल पेमेन्ट गेटवेमार्फत १५ भन्दाबढी व्यक्तिसँग रकम जम्मा गर्न लगाई ठगी गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। रासस पुरा पढौ

संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन : देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताएका छन । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता रहेको बताए । महासचिव गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्नेमा जोड दिए । अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका समस्याको सामना गर्न आन्तरिकरूपमा स्थिरता र स्थायित्व जरुरी रहेको उनको भनाइ थियो । उनले आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र एक÷दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने स्पष्ट… पुरा पढौ

प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी पैरवी कार्यशाला

देउखुरी । यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा सबैको पहुँच पुग्नुपर्ने यहाँ आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल परिवार नियोजन सङ्घ जिल्ला शाखा दाङद्धारा आज घोराहीमा आयोजित प्रदेशस्तरीय परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी पैरवी कार्यशाला गोष्ठीका सहभागीले सो धारणा व्यक्त गरेका । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री ईन्द्रजीत थारुले प्रजनन स्वास्थ्यका बारेमा सबै चनाखो हुनुपर्ने बताए । हरेक नागरिकले जान्दाजान्दै पनि स्वास्थ्यको क्षेत्रमा खेलवाड गर्ने गरेको उनले बताए । लुम्बिनी प्रदेशका यौन तथा प्रजनन स्वास्थ्य र… पुरा पढौ

भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित

भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन । उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेखेका छन । उनले आफू अहिले पहिलो पटक सक्रङ्क्रमित भएको हैन भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गरेका छन । यसअघि उनी सन् २०२० को जुलाईमा पहिलो पटक सङ्क्रमित भएका थिए । त्यति बेला उनी झण्डै तीन हप्ता अस्पतालमै रहेका थिए । उनी मात्रै नभई उनका छोरा तथा अभिनेता अभिषेक बच्चन, बुहारी तथा अभिनेत्री ऐश्वर्या राय र नातीनी… पुरा पढौ

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँचभन्दा बढी

भारतमा पुनः एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म दश हजार छ सय ४९ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ६८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडी अर्थात मङ्गलबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा आठ हजार पाँच सय ८६ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ ।… पुरा पढौ

गृह तथा सञ्चार राज्यमन्त्रीद्वारा रासस जनकपुर कार्यालयको निरीक्षण

जनकपुरधाम । मधेस प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णले आज जनकपुरधामस्थित राष्ट्रिय समाचार समिति राससको मधेस प्रदेश कार्यालयको निरीक्षण गरेका छन । सो अवसरमा राज्यमन्त्री कर्णले राससको प्रादेशिक कार्यालय जनकपुरधामलाई तत्काल आवश्यक सञ्चार उपकरण तथा फर्निचर सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले कार्यालय व्यवस्थापनसँगै ग्रामीण र खोजमूलक समाचार सङ्कलन गर्न सुझाब दिदै राससकर्मीहरुको दक्षता अभिवृद्धिका लागि मन्त्रालयले पनि आवश्यक सहयोग गर्ने बताए । रासस प्रदेश कार्यालयका निमित्त प्रमुख राजु विश्वकर्माले भौतिक संरचनाको अवस्थासँगै पछिल्लो समय… पुरा पढौ

उपत्यकामा डेङ्गुको सङ्क्रमण बढ्दो

काठमाडौँ । काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् । यसपटक काठमाडौँमा डेङ्गुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकिय अधिकारी डा भूपेन्द्र बस्नेतले जानकारी दिए । अस्पतालमा चिकित्सकसहित धेरै डेङ्गुका बिरामी भर्ना भएको बताए ।नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुको बिरामी फेला परेको थियो । त्यसयता डेङ्गुको… पुरा पढौ

ठगी गर्ने १९ हजार कारबाहीमा

नेपाल नापतौल तथा गुणस्तर विभागले पछिल्लो समय नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीको निगरानी बढाएको छ । विभागले आर्थिक वर्ष २०७८÷७९ मा अनियमित रुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी देशभरका विभिन्न स्थानका उपभोक्तालाई ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागका अनुसार काठमाडौँबाट आठ हजार आठ सय ५१, पोखराबाट एक हजार छ सय ७९, बुटवलबाट एक हजार ६४, नेपालगञ्जबाट एक हजार ५०, सुर्खेतबाट चार सय नौ, धनगढीबाट एक हजार ६७, सिलगढीबाट एक सय ७४, वीरगञ्जबाट एक… पुरा पढौ

विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्षरत छु : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताएका छन । आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको शिलान्यास, उद्घाटन, अनुगमन र भेटभाटका क्रममा उनले राजनीतिक स्थायित्वका लागि आफ्नो सङ्घर्ष कायम रहेको बताए । कम्युनिष्ट पार्टी एकता र विघटनका कारण निर्वाचन क्षेत्रमा सोचे जति काम हुन नसकेको भन्दै उनले पछिल्लो समय विकासका काम तीव्र गतिमा अघि बढेको बताए । माडीको विकास र समृद्धि बिना आफूले लिएको लक्ष्य पूरा हुन नसक्ने जनाउँदै… पुरा पढौ