समाचार

विपन्न बिरामीलाई सहज बन्दै नारायणी अस्पताल

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ । सङ्घीय सरकारको स्वामित्वमा रहेको अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएपछि उपचारका लागि यहाँ बिरामी बढ्दै गएका छन् । अस्पतालले सिटीस्क्यान, डायलासिस र वृद्धवृद्धालाई उपचार खर्चमा सहुलियतलगायतका सेवा प्रारम्भ गरेपछि बिरामीको अस्पतालमा चाप बढ्दै गएको सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर जिल्ला र भारतको विहार क्षेत्रका बिरामी उपचारका लागि आउँछन् । अस्पतालमा दैनिक औसतमा एक… पुरा पढौ

जलाशयमा डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला

दाङ । तीन दिन अघि घोराही उपमहानगरपालिकाले कर्जाहीमा निर्माण गरिएको कृत्रिम ताल जलाशयमा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । घोराही–१७ का ४० वर्षीय अम्मर चौधरीको शव आज दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । सोमबार दिउँसो करिब १२ बजे सो तालमा घोङ्घी खोज्न कुलो हुँदै गएका चौधरी तालमा खसेर बेपत्ता भएका थिए । चौधरी तालमा खसेर डुबेर बेपत्ता भएको भन्ने खबर पाएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र… पुरा पढौ

कास्कीमा भदौ १३ गतेदेखि भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने

पोखरा । कास्कीमा भदौ दोश्रो हप्ताबाट भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने भएको छ । भूमि आयोग कास्कीले भदौ १३ गतेबाट भूमिहीन र सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको हो । आयोगले पहिलो दिन ५० भन्दा बढीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले जानकारी दिए । उनका अनुसार करीब दुई सयको लालपूर्जा दिन तयारी अवस्थामा पुगेको छ । लालपूर्जा वितरणको तयारी स्वरुप आयोगले निस्सा वितरण शुरु गरेको छ । आयोगले जग्गाधनी पूर्जा प्राप्तिको पहिलो चरणमा दिइने… पुरा पढौ

महाकाली नदीमा बालिका बेपत्ता

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएका बेला दिदीसित नुहाउने क्रममा डुबेर बालिकाको नदीमा बेपत्ता भएकी हुन् । प्रहरी निरीक्षक भरत गिरीले बालिकाको खोजीमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा खटिएको जानकारी दिए ।रासस पुरा पढौ

प्रभावकारी बन्दै छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम

भेरीगङ्गा । कनका सुन्दरी गाउँपालिका–४ की लक्ष्मी बुढाले भौतिक निर्माणतर्फको तीन वर्षीय डिप्लोमा सिभिल इन्जिनीयरिङ पढाइ पूरा गरिन । उनको घरको कमाइले मात्रै पढाइ पूरा गर्न सक्ने अवस्था थिएन । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ को आफ्नो नीति कार्यक्रममार्फत घोषणा गरेको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमले नै उनलाई उच्च शिक्षा हासिल गर्ने अवसर जुरेको थियो । छात्रवृत्तिको लागि आवदेन माग गरेको थाहा पाएपछि उनले आवेदन दिईन । छात्रवृत्तिको लागि छनोटमा परेर कर्णाली प्राविधिक शिक्षालय केटिएस जुम्लाबाट भौतिक निमार्णतर्फ तीन वर्षीय डिप्लोमा सिभिल… पुरा पढौ

मिटरब्याजी आरोपितविरुद्ध सर्लाहीमा चार सय २७ उजुरी

सर्लाही । मिटरब्याजी आरोपितविरुद्ध चार सय बढी पीडितले उजुरी दिएका छन् । सरकारले आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्लामा चार सय २७ पीडितले मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् । सरकारले गरेको आह्वानपछि जिल्लामा विभिन्न समयमा मिटरब्याजीबाट पीडित बनेका चार सय २७ जनाले उजुरी दिएका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले दिए । उनका अनुसार सरकारले यही भदौ ५ गतेसम्म उजुरी दिन समय दिएको भए पनि कतिपयको अहिले पनि उजुरी दिइरहेको छ । भदौ ५ गतेपछि आएका उजुरीको छुट्टै लगत… पुरा पढौ

दार्चुलामा गिद्ध लोप हुँदै

दार्चुला । पछिल्लो समय दार्चुलामा पनि गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् । प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो । विशेष गरी गिद्धको बासस्थान सिमलको रुख भएकाले पछिल्लो समय बढ्दो वन विनासका कारण सिमलका रुख हराउँदै गएपछि गिद्धको बासस्थान पनि हराउँदै गएको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख प्रमानन्द कँुवरले बताए । ठूलठूला भीरमा समेत गिद्ध… पुरा पढौ

टेलिकमद्वारा वालिङमा ‘फाइबर टु द होम’ सेवा थालनी

वालिङ । नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई ‘एफटिटिएच’ फाइबर टु द होम सेवा सुरु गरेको छ । नेपाल टेलिकम वालिङ शाखाले गत साउन २० गतेदेखि ‘एफटिटिएच’ सेवा सुरु गरेको हो । नगरपालिकाभित्र ग्राहकलाई वितरण भएका पहिलाका तामाका तारहरुलाई विस्थापित गरी एउटै फाइबरबाट फोन, नेट र टिभी चलाउन सकिने सुविधासहितको सेवा सुरु गरिएको शाखाका प्रमुख नारायण कपालीले बताए । भदौको दोस्रो साताभित्रमा पुराना लाइनलाई नयाँ सेवामा परिवर्तन गरेर सकिने र दसैँअगावै नयाँ लाइन पनि जडान गर्ने गरी तीव्ररुपमा काम… पुरा पढौ

प्रविधिको प्रयोग गरी तरकारी खेती

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैवाहका रामलाल चौधरी व्यावसायीक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित छन । गतवर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल तरकारी फलाएर रु १२ लाख पचास हजार आम्दानी हात पारेका छन । काउली, बन्दा, गोलभेँडा, घ्यू सिमी, बोडीलगायत बारीमा रोपेर आम्दानी भएको उनले बताए । गत वर्षभन्दा बढी आम्दानी लिनका लागि उनले नौलो प्रविधिलाई आत्मसात गर्ने योजना बनाएका छन । उनले युट्युबमा हेरेर मिनी टिलरमा लाग्ने हलोसँगै आवश्यक अन्य औजार निर्माण गरेका… पुरा पढौ

धौलागिरि लघुवित्तको आइपिओको बाँडफाँट

काठमाडौँ । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन आइपिओको बाँडफाँट भएको हो । बिक्री प्रबन्धक कार्यालयका अनुसार शेयर खरिदका लागि आवेदन दिएकामध्ये ३० हजार नौ सय २९ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यस्तै उल्लेखित निष्कासित शेयरमा बाँडफाँटबाट बाँकी पाँच कित्ता शेयर गोलाप्रथाबाट थप पाँच जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ… पुरा पढौ