समाचार

लेकसाईडमा भेटिएको शंकास्पद झोला चुनावका लागि खटिएका पशु प्राविधिक कार्कीको, वमको आशंकामा स्थानिय ३ घण्टा त्रसित

सन्देश श्रेष्ठपोखरा, फागुन १९ पोखराको लेकसाईडमा भेटिएको शंकास्पद झोलामा वम नभएको पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–६ लेकसाइडस्थित स्ट्रिट नम्बर ४१ को लालुपाते मार्गमा देखिएको शंकास्पद वस्तु वम नभएको पुष्टि भएको कास्की प्रहरीले जनाएको छ । सो वस्तु भेटेरीनरी सामानले भरिएको झोला भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । उनले भने,‘सो झोला वम नभएको पुष्टि भएको छ, त्यसमा लिक्वीड नाइट्रोजन रहेछ ।’ नाईट्रोजन पशुहरुमा कृतिम गर्भाधान गर्नका लागि प्रयोग गरिने आर्टिफिसियल ईन्फिनियसन… पुरा पढौ

धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ । धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवारी दिएका किशोरी साह ‘कमल’ को उम्मेदवारी आयोगले खारेज गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड ज बमोजिम साहको उम्मेदवारी अयोग्य रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा ९५० बमोजिम साहको उम्मेदवारी खारेज… पुरा पढौ

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ। विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यही फागुन २० गतेदेखि २३ गतेसम्म तथा २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन बन्दीप्रत्यक्षीकरणका रिट निवेदनको सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ। बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा… पुरा पढौ

मतदानको दिन नजिकिदैं,सुनसान बन्दै शहर

शिशिर उजाडपोखरा आगामी बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्नको लागि मतदाताहरू आ आफ्ना मतदानस्थल तर्फ फर्कन थालेका छन् । बिशेष गरी देशका बिभिन्न शहरमा अस्थायी रुपमा पेशा, व्यवसाय गरी बसेकाहरु निर्वाचनको छेकोमा मताधिकार प्रयोगसँगै, लामो विदाको उपयोग गर्न आफ्नो क्षेत्रमा फर्कन थालेका हुन् । काठमाण्डौं उपत्यकामा मात्र नभई देशका प्रमुख शहरका बस स्टपमा यतिबेला टिकट काट्नेको भीड देख्न सकिन्छ । उपत्यकाका नाकाहरूमा गाउँ फर्किने मानिसहरूको भीड नै लाग्ने गरेको छ । अधिकांश रिजर्भ गाडीले मतदाता ओसारिरहेका छन् । कोटेश्वर,… पुरा पढौ

अवरोधका बिच पनि पोखरामा फोहोर उठ्न थाल्यो, मेयर आचार्य भन्छन्–‘अब अति भयो’

पोखरा महानगरको फोहोर नियमित रुपमा उठ्न थालेको छ । सोमबार राति देखि महानगरले नियमित रुपमा फोहोर उठाउन थालेको हो । मंगलबार विहान फोहोर संकलन कार्यमा केही अवरोध भए पनि १ सय ५२ गाडी फोहोर उठेको पोखरा महानगरपालिकाले जनाएको छ । फोहोर संकलनमा अबरोध भएपनि अवरोधकर्तालाई नियन्त्रणमा लिएरै फोहोर व्यवस्थापनको काम आगाडी बढाइएको महानगरले जनाएको छ । अहिले स्थानीयसंगको समन्वयमा फोहोर व्यवस्थापनको कार्यलाई निरन्तरता दिइएको र यो अस्थायी समाधान भएको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए ।उनले भने, ‘बिहान फेरि केही… पुरा पढौ

तराईका जिल्लामा आज होली मनाइँदै

रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी बर्दघाट सुस्तापूर्व, नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ । मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी बर्दघाट सुस्तापूर्वमा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ ।… पुरा पढौ

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले सबै केन्द्रका लागि मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको जनाएको छ । सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर गएको प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले बताए । “कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर मतदान गर्न मात्र बाँकी छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझेर मतदान केन्द्रमा पुग्नुभएको… पुरा पढौ

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु दुई हजार ५०० र चाँदी प्रतितोला रु २०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख २८ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ८१५ निर्धारण भएको छ । सोमबार एक तोला सुन रु तीन लाख २६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु छ… पुरा पढौ

निर्वाचनका कारण पोखरामा होलीका औपचारिक कार्यक्रम भएनन्

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै प्रशासनबाट गरिएको आग्रहसँगै आज पोखरामा औपचारिक रुपमा नभई घरघरभित्रै होली मनाइएको छ । विगतका वर्षमा पोखराको पर्यटकीयस्थल लेकसाइडलगायत मुख्य सहरी क्षेत्रका साथै विभिन्न सङ्घसंस्थाको आयोजनामा सामूहिक रुपमा होली मनाउने गरिएको थियो ।यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले फागुन १५ गते औपचारिक सूचना जारी गर्दै निर्वाचनलाई लक्षित गरी यस वर्ष होली पर्वलाई सार्वजनिक खुला रुपमा औपचारिक कार्यक्रम नगरी आआफ्नै घर परिसर भित्रै मनाउन आग्रह गरेको थियो । प्रशासनको सूचनालाई पालना गरिएका कारण… पुरा पढौ

भरतपोखरीको मनिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय रुपमा विकास गर्छु–काँग्रेस उम्मेदवार बास्तोला

नेपाली काँग्रेस कास्की २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले भरतपोखरीको मनिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताएका छन् । चुनाव प्रचारको क्रममा सोमबार पोखरा–३३ को मनिनाथ मन्दिरमा लागेको फागुपूर्णिमा मेलाको अवलोकन गर्दै उनले उक्त मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका हुन् । मनिनाथ मन्दिर विकास समितिका अध्यक्ष शिव बहादुर थापाले मन्दिरमा जाने बाटो, मन्दिरको भौतिक विकास, खानेपानी लगायतका समस्याहरु उम्मेदबार बास्तोला समक्ष राखेका थिए । त्यसैगरी उम्मेदवार बास्तोलाले पोखरा–३३को सहरेतरामा आयोजित चुनावी कोण सभालाई… पुरा पढौ