समाचार

हिमालय आँखा अस्पतालमा पोखरा १७ का बासिन्दालाई दर्ता शुल्क नलाग्ने

हिमालय आँखा अस्पतालले पोखरा १७ का बासिन्दालाई दर्ता शुल्क, निःशुल्क गर्ने घोषणा गरेको छ । अस्पतालको ३३औँ वार्षिकोत्सवका अवसरमा नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले अस्पताल यही वडामा रहेको र यस वडाका बासिन्दालाई थप सहयोग पुर्याउने उद्धेश्यले उपचारका लागि गरिने दर्ता, निःशुल्क गर्ने घोषणा गरेका हुन् ।२०४९ सालमा स्थापित अस्पतालले हालसम्म झन्डै ४३ लाख नागरिकलाई सेवा प्रदान गरिसकेको छ । वार्षिकोत्सव समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यसलाई स्वास्थ्य पर्यटनसँग… पुरा पढौ

इरानको आक्रमणमा परी यूएईमा मारिने नेपाली गोर्खाका दिवस श्रेष्ठ

इरानले गरेको आक्रमणमा परी युनाइटेड अरब इमिरेट्समा मारिने नेपालीको परिचय खुलेको छ । यूएईको अबुधाबीस्थित नेपाली दूतावासका अनुसार, आइतबार भएको घटनामा परी ज्यान गुमाउने एक जना नेपाली गोर्खाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन् । “अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत नेपाली नागरिक दिवस श्रेष्ठ, वर्ष २९, घर गोर्खा जिल्लाको दुःखद निधन भएको सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,” नेपाली दूतावासले सोमबार जारी गरेको समवेदना सन्देशमा… पुरा पढौ

एमाले उम्मेदवार रश्मि आचार्य भन्छन्:भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अवसर दिनुहोस्

नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रश्मि आचार्यले फागु पूर्णिमाको अवसर पारेर मतदातासँग होली मनाएका छन् । सो अवसरमा उनले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न आफूलाई अवसर दिन मतदातासँग आग्रह गरेका छन् । उनले विकासका मुख्य बाधकका रूपमा भ्रष्टाचारलाई औंल्याउँदै कडा नीति–कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमार्फत देशलाई सही दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे ।पोखरा महानगरपालिका वडा नम्बर २० भलाममा आयोजित मतदाता भेटघाट कार्यक्रममा उम्मेदवार आचार्यले राजनीतिको मूल सफा नभएसम्म समृद्धिको अभियान सफल नहुने उल्लेख गरे । ‘मुल… पुरा पढौ

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म आयोगबाट प्रचारप्रसार निषेध अवधि तोकिएकाले आज राति १२ बजेपछि निर्वाचनका प्रचारप्रसार गरी मत माग्न नपाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।प्रचारप्रसार निषेध अवधिमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने विशेष आचरण निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख छ ।यही… पुरा पढौ

एमाले नेता गुरुङको अपिल : चित्त बुझे सूर्यमा भोट हाल्नु, नबुझे तारामा हाल्नू तर बुर्जुवालाई नहाल्नू

सन्देश श्रेष्ठपोखरा, फागुन १८ नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ (श्याम)ले कम्युनिष्ट मत सदाका लागि बुर्जुवामा जाने खतरा रहेको औंल्याएका छन् । आज विहान सामाजिक सञ्जाल फेसवुकमा एक स्टाटस लेख्दै उनले देश घण्टीमय भएको र त्यसको असर कास्कीमा पनि देखिएकोतर्फ ईंगित गर्दै त्यसको प्रभाव कालाकान्तरसम्म गएर कम्युनिष्ट मत बुर्जुवा बन्ने खतरा रहेको औंल्याएका हुन् । कम्युनिष्ट मत एउटा पार्टीबाट अर्को पार्टीमा सर्नुसम्मलाई सकारात्मक मानिए पनि बुर्जुवा वर्गमा परिणत हुँदा कम्युनिष्ट आन्दोलन नै रक्षात्मक हुने अवस्थामा पुग्ने… पुरा पढौ

हिउँ पन्छाइएपछि मुस्ताङको साङ्ता मतदान केन्द्र जाने सडक सञ्चालनमा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ—डोल्पा सडक हिउँ लगातार ६ दिनसम्म पन्छाइएपछि सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र सडक डिभिजन कार्यालय बाग्लुङको डोजर प्रयोग गरी सडक सञ्चालनमा ल्याइएको हो ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साङ्ता गाउँबाहिर रहेका मतदातालाई गाउँ फर्काउन र मतदानस्थलको सुरक्षामा खटिने कर्मचारी तथा सुरक्षा निकायलाई उक्त मतदान केन्द्रसम्म आउजाउ गर्न असहज भएकाले सडकको हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याइएको वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिननामगेल गुरुङले जानकारी… पुरा पढौ

निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्रीको अपिल(पूर्णपाठ)

प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आव्हान गरेकी छन् ।सक्रिय सहभागिताका लागि सबै मतदातासँग उनले अपिल गरेकी छन्। देशवासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन मतदानको महत्त्वमाथि जोड दिइन् ।निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित बनाउन सबैको सहकार्य आवश्यक रहेको उनले बताइन्।प्रधानमन्त्रीले देश फेरि इतिहासको महत्वपूर्ण मोडमा उभिएको उल्लेख गर्दै निर्वाचनमार्फत नागरिकले आफ्नै भविष्य निर्धारण गर्ने बताइन्।उनले भोट हाल्नु केवल उम्मेदवार छान्ने प्रक्रिया मात्र नभई आफ्नो… पुरा पढौ

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन र समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानममन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । तर सम्बोधनको समयबारे टुङ्गो भइसकेको छैन ।प्रतिनिधि सभा निर्वाचन आउन ३ दिन बाँकी रहँदा प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् । गत भदौमा भएको जेनजी आन्दोलनपछि भदौ २७ मा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए ।कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने प्रमुख जिम्मेवारी… पुरा पढौ

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा तोरन ल्ह फागुपूर्णीमा पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णीमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागुपूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष सुन्दरमान शेरचनले बताए । ‘‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पित्रीलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’’ उनले भने ‘‘आफन्तहरुलाई बोलाएर मिठामिठा परिकार खुवाउने… पुरा पढौ

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली फागुपूर्णिमा पर्वले हाम्रो समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् । फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले गर्दै यस पर्वले हामी सबैमा प्रेम, सद्भाव, आपसी एकता र लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मानको सन्देश प्रवाह गर्ने कामना गरे । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको खुसियालीमा हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा रङ्गहरूको उत्सवका रूपमा फागुपूर्णिमा होली हर्षोल्लासपूर्वक मनाइने सन्देशमा… पुरा पढौ