पोखरा । पोखरामा शुक्रबारदेखि मेयर सम्मेलन शुरु हुँदैछ । पोखराको पर्यटकीय गन्तव्य सराङ्कोटमा शुक्रबारदेखि देशभरका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको हो । पोखरा महानगरपालिकाको आयोजनामा हुने मेयर सम्मेलन शनिबारसम्म चल्नेछ । सम्मेलनमा आयोजक पोखरा महानगरपालिका, काठमाडौ महानगरपालिका, विराटनगर महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा सहभागि हुन महानगरपालिकाका मेयरहरुको आगमन शुरु भएको छ । निम्तो मान्न ललितपुर र वीरगञ्ज महानगरपालिकाका मेयरहरु पोखरा आईपुगेका छन् । ललितपुर महानगरपालिकाका…
पुरा पढौ