समाचार

खपौंदीका अवैध संरचना हटाउन पोखरा महानगरको पत्राचार

पोखरा महानगरपालिकाले फेवातालको ताल घरभित्र पर्ने अवैधानिक संरचना हटाउने कार्यलाई निरन्तरता दिएको छ । पोखरा १८ खपौंदीस्थित फेवा तालको तालघरभित्र पर्ने गरी निर्माण भएका र संचालनमा रहेका संरचनालाई १५ दिनभित्र हटाउन महानगरले पत्राचार गरेको छ । महानगरले बुधबार संरचना निर्माण भईरहेको लिजी वि रेष्टुरेन्ट,क्यार्लिफोर्निया गार्डेन र रातो डाँडामा रहेको कफि सपलाई हटाउन पत्राचार गरेको महानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत हेम प्रसाद आचार्यले जानकारी दिए । सो संरचना १५ दिनभित्र नहटाए स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार जुनसुकै समयमा पनि हटाईने… पुरा पढौ

एमाले उम्मेदवार आचार्य,पोखरा १५ का मतदातासँग

कास्की क्षेत्र नं २ का एमाले उम्मेदवार रश्मि आचार्यले जनताको सुझाव समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गरेको बताएका छन् । चुनावी प्रचारको अभियानमा पोखरा १५ का मतदातासँग भेटघाट गर्दै उनले अब ११ वटा वडाको सन्तुलित विकासको अवधारणाबाट अघि बढाउदै, बृहत् पोखरालाई स्थानीय तहको सहकार्यमा व्यवस्थित पर्यटनको शहर बनाउने उद्घोष गरे ।निर्वाचन जितेर गएपछि नफर्कने अधिकांश मतदाताको गुनासोप्रति संकेत गर्दै उमेद्वार आचार्यले जनताले नेता खोज्ने होइन,नेताले जनता खोज्ने परिपाटी विकास गर्ने प्रतिबद्धता जनाए । उनले आफू जनताको सेवक बन्न बाल्यकाल देखि नै… पुरा पढौ

छोराको जन्मदिनमा बाबाआमा परोपकार ः मानव सेवा आश्रम र सहारा एकेडेमीलाई सहयोग

यूकेमा रहेका सचित गुरुङको १९ औं जन्मोत्सवमा उनका बाबा चन्द्रबहादुर र आमा शान्ता गुरुङले पोखराका दुई सामाजिक संस्थालाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । छोराको जन्मदिनमा गुरुङ दम्पतीले पोखरा छोरेपाटनमा रहेको मानव सेवा आश्रममा २५ हजार ५ सय रुपैयाँ नगद र बेलुकाको खानासहित खाद्यान्न सहयोग गरे । उनीहरुले सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा रहेका बालकहरुलाई पनि बेलुकाको खाना र खाद्यान्न सहयोग उपलब्ध गराए ।मानव सेवा आश्रममा आयोजित सहयोग कार्यक्रममा चन्द्रबहादुर गुरुङ भावुक बने । ‘आश्रममा रहेका आमा र… पुरा पढौ

कांग्रेसले जनकपुर सभाबाट प्रतिज्ञापत्र सार्वजनिक गर्दै,केन्द्रीय कार्यसमितिबाट पारित

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । सो पार्टीले कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुने सभामा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो । प्रतिज्ञासभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, पदाधिकारी एवं केन्द्रीय तहका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले एतिहासिक नगरी जनकपुरधाममा हुने कार्यक्रमलाई राजनीतिक रुपमा मात्र नलिएर मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने विशेष अवसरका रुपमा लिएको स्पष्ट… पुरा पढौ

चुनावको माहोल बढ्दै, पोखरा जेसीजले ‘ककस प्रोग्राम–२०२६’ गर्ने

निर्वाचनको सरगर्मी बढिरहेकै बेला जेसीआई पोखराले कास्की २ का उम्मेद्वारहरु बिच प्रत्यक्ष संवाद गर्ने भएको छ । जेसीजको आयोजना यही फागुन ७ गते पोखरा सभागृहमा हुने ‘ककस प्रोग्राम–२०२६’मा कास्की २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका रश्मि आचार्य, नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला, नेपाली कम्युनिष्ट पार्टीका हेमराज थापा पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजंग गुरुङ, उज्यालो पार्टी नेपालका कुशल गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका ओलबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालका ज्ञानराज गुरुङ वक्ताका रुपमा हुनेछन् । यस्तै कास्की २ बाट… पुरा पढौ

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही नेपाल ऐन संशोधन गरेर म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरे पनि व्यवहारिक रूपमा कार्यान्वयनमा आउन नसकेकाले यहाँका उम्मेदवारले उक्त विषयलाई चुनावी मुद्दा बनाएका हुन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन ऐन, नियम र कार्यविधि संशोधन गर्ने विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका हुन् । सरकारले विसं २०७५ फागुन १९ गते राजपत्रमा प्रकाशित गरी म्याग्दीलाई २१औँ हिमाली जिल्लाका रूपमा सूचीकृत… पुरा पढौ

धन बहादुर गुरुङ सांगीतिक साँझको तयारी अन्तिम चरणमा

पोखरामा यही फागुन ८ गते हुने ‘धन बहादुर गुरुङ साँझ २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ । तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा हुने कार्यक्रमको ९५ प्रतिशत तयारी पुरा भएको आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गायक धन बहादुर गुरुङको सम्मान र ‘तमु (गुरुङ) कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने कार्यक्रमको तयारी भइरहेको तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । कार्यक्रममा स्रष्टा गुरुङका वि.सं. २०४५ देखि हालसम्मका चर्चित… पुरा पढौ

म्याग्दीको अन्नपूर्णबाट करिब चार करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो । कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट रु तीन करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिईन् । वडा नं १ दोवामा रु ७० लाख, वडा नं २ भुरुङ–तातोपानीमा रु ३९ लाख, वडा नं ३ दानामा रु २१ लाख, वडा नं ४ नारच्याङमा रु १० लाख, वडा… पुरा पढौ

तनहुँकी भुजेललाई बहत्तर वर्षमा बल्ल नागरिकता

तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवासुविधाबाट वञ्चित उनलाई मङ्गलबार नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले आफू संरक्षक बसी उनलाई सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए । रासस पुरा पढौ

जिल्ला प्रहरी कार्यालय कास्कीको कारबाहीमा थप ५ स्कुल बस चालक नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मादक पदार्थ सेवन गरी स्कुल बस सञ्चालन गरेको आरोपमा मंगलबार थप पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न स्थानमा चल्ने विद्यालय बस चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको भन्ने जनगुनासोका आधारमा आज बिहान करिब ४:०० बजे ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ टोली परिचालन गरिएको थियो। चेकजाँचका क्रममा पाँच जना चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा पर्नेमा रत्न ज्योती… पुरा पढौ