समाचार

नाडाल विम्बल्डनको सेमिफाइनलमा

स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बुधबार राति अमेरिकाका टेलर फ्रिट्जलाई हराउँदै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् । दोस्रो वरियताका नाडालले ११ औं वरीयताका टेलरमाथि संघर्षपूर्ण जित निकालेको हो। ५ सेटमा लम्बिएको खेलमा नाडालले टेलरमाथि ३–६,७–५,३–६,७–५ र ७–६ (१०–४) को सेटमा जित निकाले। ३६ वर्षीय नाडालको यो ३ सय १० औं ग्रान्डस्लाम जित हो। कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले २ पटक विम्बल्डनको उपाधि जितेका छन्। अब, नाडालले फाइनल प्रवेशका… पुरा पढौ

म्याग्दीको बगरफाँटमा बाढी पहिराको त्रास

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ बाढी र पहिरोको उच्च जोखिममा परेको छ। माथिबाट पहिरो खस्ने र नदीले तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा परेको हो । विसं २०५७ देखि म्याग्दी नदीले बगरफाँटमा कटान गर्दै आएको छ । बगरफाँटमा २१४ परिवारको बसोबास छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबियन जाली भर्ने गरिए पनि दिगो हुनसकेको छैन । बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले बगाइसकेको छ । रासस पुरा पढौ

चट्याङले विद्युतगृहमा क्षति : ३७६ घरधुरी अन्धकारमा

पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोटस्थित ३० किलोवाट क्षमताको विद्युतगृहमा चट्याङले ठूलो क्षति पु¥याएको छ। सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युतगृहमा क्षति पु¥याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए। चट्याङले ४ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ। ३० किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य छन्। रासस पुरा पढौ

श्रीलंका संकटः समस्याग्रस्त अर्थतन्त्रमा खतराको घण्टी !

चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंका बाह्य सहायताका निम्ति याचना गरिरहँदा समस्याग्रस्त अर्थतन्त्र भएका विश्वका अन्य देशहरूमा खतराको घण्टी बजेको छ। श्रीलंकको अर्थतन्त्र पहिलोपटक तहसनहस भएको भएपनि उसकै बाटोमा लाओस, पाकिस्तानमात्र होइन भेनेजुएलादेखि गिनिसम्मका देश अग्रसर हुन लागेका प्रतीत भएको छ। केही देशमा रूस–युक्रेन युद्धले समस्या थप चर्काएको छ। इन्धनसहित आकासिदो उपभोग्य सामग्रीको मूल्यले श्रीलंकाको नियति भोग्नुपर्ने परिस्थिति कमजोर अर्थतन्त्र भएका देशमा पनि उत्पन्न हुने चेतावनी ग्लोबल क्राइसिस ग्रुपले दिएको छ। गरिब देशहरूमा बढ्दो आर्थिक तनावले जनतालाई उत्तेजित पार्दै उनीहरूलाई… पुरा पढौ

क्यानडासँग नेपाल ८३ रनले पराजित

नेपाल दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको छ। योसँगै २ खेलको एक दिवसीय श्रृंखला क्यानडाले जितेको छ। पहिलो खेल वर्षाका कारण स्थगित भएको थियो। जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १ सय ५ रनमा अलआउट बन्यो। नेपालका देव खनालले सर्वाधिक २६ रन बनाए। ओपनर कुशल भुर्तेल १ र पवन सरार्फ १४ रनमा आउट बने। बसिर अहमद, विनोद भण्डारी र आदिल अन्सारीले समान १३/१३ रन जोडे। सन्दीप लामिछाने… पुरा पढौ

हवाई भाडा पनि बढ्यो

हवाई व्यवसायीहरुले भाडा बढाएका छन्। आयल निगमले इन्धनको मूल्य बढाएसँगै आज (बिहीबार)देखि लागु हुनेगरी हवाई नेपाल वायु सेवा निगमका संचालक संघले भाडा बढाएको हो। संघले आन्तरिक उडानमा ४५ रुपैयाँदेखि २२० रुपैयाँसम्म भाडा बढाएको हो। अब, पोखरा–काठमाण्डौंको अधिकतम भाडा करिब ७ हजार पुगेको छ। पोखराबाट काठमाण्डौं जाने यात्रुले अब ६ हजार ९८५ रुपैयाँ तिर्नुपर्नेछ। कठमाण्डौंदेखि धनगढी जाने यात्रुले १७ हजार २५ रुपैयाँ चर्को भाडा तिनुपर्नेछ। पुरा पढौ

अबदेखि, प्रत्येक वर्षको वैशाख १ गते घरजग्गा रजिस्ट्रेसन दिवस मनाइँदै

सरकारले अवदेखि प्रत्येक वर्षको वैशाख १ गते घरजग्गा रजिस्ट्रेसन दिवस मनाउने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष वैशाख १ गतेलाई घरजग्गा लिखत रजिस्ट्रेसन दिवसको रुपमा मनाउने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्री परिषद बैठकमा यस्तो निर्णय भएको जानकारी दिएका हुन्। पुरा पढौ

भिभो, फिफा विश्वकप फुटबलको आधिकारिक प्रायोजक

स्मार्टफोन उत्पादक कम्पनी भिभो कतारमा हुने फिफा विश्वकप २०२२ को आधिकारिक प्रायोजक रहने भएको छ । भिभो फिफा विश्वकपको २ संस्करणमा आधिकारिक प्रायोजक भइसकेको छ। यस वर्ष विश्वभरका फुटबलप्रेमीसँग अविस्मरणीय अनुभव आदान–प्रदान गर्न प्रायोजक बन्ने घोषणा गरिएको भिभोले बताएको छ। फिफा विश्वकप फुटबल प्रतियोगिता आगामी नोभेम्बर २१ देखि कतारका विभिन्न रंगशालामा हुनेछ। विश्वकप फुटबलमा साझेदारी गर्न पाउनु गर्वको विषय भएको कम्पनीले बताएको छ। भिभो नेपालका सीइओ माइकलले ‘फिफा विश्वकप २०२२ कतार’सँगको सहकार्य भिभोका लागि सुखद क्षण हुने बताए। सुन्दर खेल… पुरा पढौ

११ महीनामा १५ अर्ब ७९ करोडको चाँदी आयात

नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ। चालू आर्थिक वर्षको पहिलो ११ महीनामा १६६ मेट्रिकटन चाँदीको आयात भएको छ। सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्यांकन १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । पुरा पढौ

पर्यटन प्रवद्र्धनका लागि बन्दीपुर–बारपाकको मितेरी साहिनो

तनहुँको पर्यटकीय नगरी बन्दीपुर र गोरखाको ऐतिहासिक पर्यटकीय नगरी बारपाकका पर्यटन व्यवसायी पर्यटन प्रवद्र्धनका लागि एकजुट भएका छन्। बन्दीपुर र बारपाकको प्रचार प्रसार गर्दै पर्यटन प्रवद्र्धनका लागि दुवै ठाउँका पर्यटन व्यवसायी एकजुट भएका हुन्। बन्दीपुरमा सोमवार आयोजित पर्यटन व्यवसायी, होटल व्यवसायीहरूको छलफलले दुवै ठाउँमा पर्यटक भित्राउन सहकार्य गर्ने सहमति गरेको छ। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर र बारपाकलाई जोड्न मितेरी साहिनो गाँस्ने निर्णय गरिएको बताए। ‘बन्दीपुर तनहुँको पुरानो सदरमुकाम पनि रहेको र यसको ऐतिहासिक महत्व पनि छ,… पुरा पढौ