समाचार

शिवरात्रीको अवसरमा लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा

पोखराको लामाचौरमा शिव दर्शन यात्रा गरिएको छ । महाशिवरात्री पर्वको अवसरमा नवआदर्श सामुदायिक विकास समाजले सातौं संस्करणको सो यात्रा गरेको हो । पोखराका वडा नं. १६ र १९ मा रहेका शिव मन्दिरलाई केन्द्रीत गरी भएको यात्रा पवित्र सेती नदी किनारमा अवस्थित गोस्तेघाटको सर्वेश्वर शिव मन्दिरबाट शुरु भई सुरथेश्वर,जलेश्वर,महेन्द्रेश्वर शिवालय हुँदै, कर्णेश्वर शिवालयमा पुगेर सम्पन्न भएको समाजका सहसचिव राजकुमार पौडेलले जानकारी दिए ।समापन कार्यक्रममा समाजका अध्यक्ष दिनेश भण्डारीले शिवयात्रामा सहभागि बिभिन्न धार्मिक संघ संस्थालाई धन्यबाद दिदैं, धार्मिक जागरण र चेतनाले नै… पुरा पढौ

दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

आईसीसी पुरुष टी(२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत नेपालले वेस्ट इन्डिज सामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको हो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्बाधिक ५८ रनको योगदान दिए । त्यस्तै सोमपाल कामीले २६ रन बनाए । लोकेश बमले १३ रन बनाए भने आसिफ शेख र गुल्शन झाले समान ११÷११ रन जोडे । वेस्ट इन्डिजका… पुरा पढौ

मुक्तक सञ्चयन ‘दामली अक्षर’ सार्वजनिक

पोखरेली सर्जकहरुको मुक्तक सञ्चयन ‘दामली अक्षर’ पोखरामा सार्वजनिक भएको छ । पोखराका चार जना सर्जकहरुको संयुक्त लेखनमा रहेको कृतिको शब्दालय पोखराले सार्वजनिक गरेको हो । कार्यक्रममा मुक्तककार ईश्वरमणि अधिकारी, जीवनसागर भण्डारी, दीपक समीप र लक्ष्मण थापाको संयुक्त कृति ,सर्जक लक्ष्मणकी जीवनसाथी मैयाँ, ईश्वरमणिकी जीवनसाथी रीता,समीपकी जीवनसाथी सर्मिला र जीवनसागरकी जीवनसाथी मञ्जुले सार्वजनिक गरे । कार्यक्रममा साहित्यकार सरूभक्तले नेपाली तथा विश्व साहित्यमा संयुक्त कृति प्रकाशनको परम्परा र इतिहासबारे चर्चा गर्दै, उनले पोखराका ४ सर्जकका मुक्तकले नेपाली प्रतिनिधि मुक्तकको स्वरुप देखाउने जनाए… पुरा पढौ

राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा… पुरा पढौ

आज महाशिवरात्रि पर्व मनाइँदै,देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो ४ बजेर ५२ मिनेटसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो ५ बजेर ३५ मिनेटसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन… पुरा पढौ

नेपाल शिक्षक सङ्घ कास्कीको २७ औं प्रतिनिधि सभा सम्पन्न

पोखरा । नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति कास्कीको २७ औं प्रतिनिधि सभा सम्पन्न भएको छ। कार्यक्रममा कास्की जिल्लाका उत्कृष्ट ११ विद्यालयलाई सम्मान, शिक्षक पेशाबाट निवृत्त भएका २५ जना शिक्षकहरूलाई अभिनन्दन साथै, नेपाल शिक्षक सङ्घबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण पालिकाका शिक्षक महासंघका पदाधिकारीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा आर्थिक प्रतिवेदन अर्थ सचिव निर्मल आचार्यले प्रस्तुत गर्नुभयो भने सांगठनिक प्रतिवेदन सचिव तारानाथ भण्डारीले पेश गर्नुभयो। प्रमुख अतिथि सोही संगठनका प्रदेश अध्यक्ष शिरोमणि लामिछानेले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभयो।विशेष अतिथिका रूपमा नेपाल शिक्षक… पुरा पढौ

उम्मेदवार रानाभाटसँग जनताको आशा सिँचाइ र बजार

नेपाली कांग्रेस कास्की क्षेत्र नं १ का उम्मेदवार तिलक रानाभाटसँग मतदाताले सिँचाइ र सहज बजारको व्यवस्थापनका लागि माग गरेका छन्। घरदैलो अभियानमा मतदाता भेटघाट कार्यक्रममा मादी गाउँपालिका मकै खोला क्षेत्रका बासिन्दाले आफूले उत्पादन गर्न र उत्पादन गरेका स्तुलाई बजारसम्म पुर्‍याउन अत्यन्त टाढा र खर्चालु भएकोले बजार भाउ पाउन नसकेको पनि गुनासो व्यक्त गरेका छन्। सांसद पदमा विजयको शुभकामना दिँदै स्थानीयले छिटै मन्त्री बन्नुहोस् र हाम्रो उत्पादनलाई बजारसम्म पुर्याउनको लागि सहज बाटो बनाउनको लागि सहयोगको समेत अपेक्षा गरेका छन्। मतदाताको मागपछि… पुरा पढौ

ज्ञानमार्ग टोल विकास संस्थाको अध्यक्षमा मीनु कोईराला

पोखरा, फागुन २ पोखरा–गैह्रापाटनस्थित ज्ञानमार्ग टोल विकास संस्थाको अध्यक्षमा मीनु कोईराला चयन भएकी छन् । संस्थाको १३ औं साधारण सभा तथा सातौं अधिवेशनले कोईरालालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । समितिको निवर्तमान अध्यक्षमा रामचन्द्र शर्मा घिमिरे, उपाध्यक्षमा सूर्यप्रसाद तिमिल्सिना, सचिवमा ईन्दिरा कोईराला र कोषाध्यक्षमा पुजनकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा दुर्गा खेड्का, कृष्ण प्रजापती थापा, कोपिला पण्डित, सन्देश श्रेष्ठ र जय गोपाली सर्वसम्मत चयन भएको निर्वाचन समितिका शंकरनाथ कोईराला र नारायणकुमार श्रेष्ठले घोषणा गरे । यसअघि प्रमुख अतिथि… पुरा पढौ

पुलिसलाई सडन डेथको शिकार बनाउँदै आयोजक सहारा आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा

सन्देश श्रेष्ठपोखरा, फागुन २ आयोजक सहारा क्लव पोखरा आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लवलाई सडन डेथको शिकार बनाउँदै सहारा सेमीफाइनलमा प्रवेश गरेको हो । सडन डेथको शिकार भएको पुलिस भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रतिष्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटको समय १÷१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा पनि ४÷४ को स्थिति भएपछि खेल सडन… पुरा पढौ

केन्याली धावकले जिते पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि, हाफ म्याराथनमा पुरुषतर्फ सञ्जय र महिलातर्फ सन्तोषी प्रथम

सन्देश श्रेष्ठपोखरा, फागुन २ सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरियूकी वाहोमेले जितेका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चले शनिबार पोखरामा आयोजना गरेको ४२.१९५ किलोमिटरको म्याराथन प्रतियोगितामा उनले निर्धारित दुरी २ घण्टा २३ मिनेट ३९ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । बिजेता धावक वाहोमेले नगद ४ लाख र मेडल प्राप्त गरे । प्रतियोगितामा गजेन्द्र राईले २ घण्टा २४ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए । उनले नगद २ लाख र मेडल प्राप्त गरे । २… पुरा पढौ