समाचार

मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन: कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन भएको बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घले १५ औँ विश्व रेडियो दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि लय र अनुशासनबाट बाहिरिएको मुलुकलाई लयमा फर्काउन आयोगले निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न काम गरिरहेको बताए । कार्यवाहक प्रमुख निर्वाचन आयुुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउन रेडियोकर्मीलगायत आमसञ्चारकर्मीको महत्त्वूर्ण भूमिका रहेकाले सोहीअनुसार सहयोग गर्न आह्वान गरे । उनले सामाजिक सञ्जालबाट गलत, भ्रामक र… पुरा पढौ

फेवातालमा भेटियो अत्याधुनिक एसएलआर राईफल र त्यसमा लाग्ने १८ राउण्ड गोली

पोखरा, फागुन १ पोखरामा अत्याधुनिक हतियार एसएलआर राईफल फेला परेको छ । पोखराको फेवातालमा जाल हान्दा मु.वा.१११(बट)नम्बर बडी नम्बर १३८१० लेखिएको एसएलआर राईफल फेला परेको कास्की प्रहरीले जनाएको छ । हतियारसँगै सो राईफलमा प्रयोग हुने १८ राउण्ड गोलीसहितको एक थान म्यागजिन बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार पोखरा–१८ खपौंदीस्थित फेवातालमा जाल हान्दा अत्याधुनिक एलएलआर राईफल फेला परेको हो । ‘स्थानिय ४२ वर्षिय कुमार जलारीले हाल हानेर माछा मार्ने क्रममा… पुरा पढौ

संस्थान र उपभोक्ताको हितमा काम गर्न कार्कीको निर्देशन

नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीले संस्थानबाट दिने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित सम्मान तथा विदाई कार्यक्रममा प्रमुख कार्कीले सेवा प्रवाह गर्दा कर्मचारीले मन र ध्यान दिएर उपभोक्ताको हितमा कार्य गर्न कर्मचारीलाई अनुरोध गरेका हुन् । कर्मचारी संघ इकाई समितिका अध्यक्ष अनील शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघका तत्कालिन उपाध्यक्ष भोजराज चापागाँईलाई विदाई गर्दै कार्यालय प्रमुख कार्कीले कर्मचारीमा इमान्दारिता, लगानशीलता र गर्छु भन्ने मान्यता अंगिकार गर्न… पुरा पढौ

पोखराका अटोमेकानिकलहरुलाई भ्याट र करसम्बन्धी तालिम

पोखराका अटो क्षेत्रमा कार्यरत व्यवसायीहरुले आयकर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी तालिममा सहभागी भएका छन् । उद्योगी÷व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोगी संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना आरएसआरएसडीको सहयोगमा २ दिने तालिमको आयोजना गरेको हो । तालिमका निम्ति गण्डकी अटो मेकानिकल वक्स एसोसियसनसँग सहकार्य गरिएको थियो । तालिममा सिए विवेक श्रेष्ठले सहभागी करिब ५५ जनालाई तालिम प्रदान गरेका थिए ।तालिम उद्घाटन कार्यक्रममा बोल्दै आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले दैनिक जीवनको… पुरा पढौ

महाविर पुन मत माग्न पोखरामा, भने : महाविर पुन मत माग्न पोखरामा : रिसाएर होईन, ठेस लागेर चुनाव लड्न आएको हुँ

सन्देश श्रेष्ठपोखरा, फागुन १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार महाविर पुन मत माग्दै पोखरा आएका छन् । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका पुन मत माग्न पोखरा आईपुगेका हुन् । म्याग्दीबाट अध्ययन, पेशा, व्यवसायका लागि आउनेको संख्या धेरै भएकाले उनी मत माग्न पोखरा आएका हुन् । विहीबार आएका उनी शुक्रबार पुन समाजले आयोजना गरेको चुनावी भेटघाट कार्यक्रममा सहभागी भएर म्याग्दी फर्किएका छन् । मत माग्न भनेर हिजो आएको थिएँ,उनले भने,‘आज एक दुई ठाउँमा भेटघाट भयो, अब फर्किन्छु ।’ म्याग्देली मतदातासँग… पुरा पढौ

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँस्: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी छन् । पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै आज उनले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिईन् । प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका जिल्ला प्रमुखसँग पनि निर्वाचन तयारी र सुरक्षाबारे छलफल भएको उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरको दर्शनसहित पुजा आजा पनि गरेकी थिईन्… पुरा पढौ

बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो:मन्त्री विन्दुकुमार थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री गण्डकी प्रदेश निर्माणलाई साझा लक्ष्यका रूपमा अघि बढाउन सबै सरोकारवालालाई आह्वान गरेका छन्। शुक्रबार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखाको आयोजनामा सम्पन्न भएको “बालबालिका सम्बन्धी नियमावली, २०८२” को मस्यौदामाथि विस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रदेश बाल अधिकार समितिको बैठकसमेत बसेर बाल अधिकार संरक्षण, प्रवद्र्धन र कार्यान्वयनका विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको उनले उल्लेख गरे ।“बालबालिका भविष्यका मात्र होइन, वर्तमानका संवाहकसमेत… पुरा पढौ

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह

नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गरी बदलिएको समय, रुपान्तरित राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट दृष्टिसहित कांग्रेस देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ सङ्कल्पमा अघि बढिरहेको बताएका छन् । उनले राष्ट्र निर्माणको अभियानमा सहभागी भई लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन सबैलाई आग्रह गरे । कांग्रेसले हालको संक्रमणको घडीमा, वैकल्पिक… पुरा पढौ

३० लाख मतपत्र छाप्न बाँकी,आइतबारसम्ममा सकिने

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिए । उनले भने, “आज बिहानसम्ममा छ प्रदेशको मतपत्र छपाइ सम्पन्न गरेर बागमती प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सुरु गरेका छौँ । कुल दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा एक करोड ७३… पुरा पढौ

कण्डम दिवसमा पत्रकारसँग अन्तरक्रिया

पोखरा, २९ माघ ।अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालले पोखराका पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा आयोजना गरिएको अन्तरक्रियामा कण्डम र यस दिवसको महत्वका बारेमा चर्चा गरिएको थियो । अन्तरक्रियामा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदशका क्षयरोग÷एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एएचएफ नेपालले प्रणय दिवसको अवसर पारेर सन् २०११ देखि युवाहरुलाई लक्षित गरि नेपालमा पनि विविध कार्यक्रम गरि अन्तरराष्ट्रिय कण्डम दिवस प्रत्येक वर्ष मनाउदै आएको बताए । ‘अन्तरराष्ट्रिय रुपमा फेब्रुअरी १३… पुरा पढौ