समाचार

असर्फीको मूल्य बढ्यो

काठमाडौँ। नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । आज नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो ।बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनको खरिद, टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी तथा बिक्रीसम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्दै असर्फीको मूल्य बढाएको हो । संशोधन कार्यविधिअनुसार यसअघि प्रतिग्राम रु दुई सयका दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण हुँदै आएकामा रु एक सयले… पुरा पढौ

ठूलो महानगरको ठूलै आकारको बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु २५ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । कामपाले चालु आर्थिक वर्षमा रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो । आगामी वर्षका लािग चालुको भन्दा रु सात अर्ब बढीको बजेट ल्याउन लागेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए । आगामी वर्षको बजेटले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्ने पनि उनले बताए। चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण,… पुरा पढौ

‘गाँजा खेतीसम्बन्धीको विधेयक छलफलमा ल्याइयोस्’

काठमाडाँै। प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गरेका छन् ।उनले नै विसं २०७६ फागुन १० गते नै उक्त विधेयक सदनमा दर्ता गरेका थिए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दर्ता विधेयकको कपी चार दिनभित्र सांसदहरूलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वनय हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराए । विधेयक दर्ता भएको दुई वर्ष पाँच महिना १६ दिन बितिसकेको उल्लेख गर्दै उनले छलफलमा नल्याएर जनप्रतिनिधिको अधिकार हनन गरिएको… पुरा पढौ

‘मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप’

विश्व स्वास्थ्य सञ्जाल डब्ल्युएचएनले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।कोभिड–१९ को जोखिमविरुद्ध गठन भएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धनले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो । विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका प्रमुखले ३२ देशमा मङ्कीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठक भएको केहीदिनपछि डब्ल्युएचएनले स्वास्थ्य आपत्काल घोषणा गरेको अधिकारीहरूले बताएका छन् । आज डब्ल्युएचएनका पदाधिकारीको बैठक हुने र त्यसमा प्रकोपबाट जोगिन… पुरा पढौ

नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क

काठमाडाँै । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब रु एक हजार ६०० मात्र कायम गरिएको छ । यसअघि रु दुई हजार शुल्क रहेकामा टेलिकमले रु ४०० घटाएको हो ।यस्तै २१ देखि ५० एमबिपीएसको महसुल दर रु दुई हजार ३०० रहेकामा रु एक हजार ६०० बनाइएको छ… पुरा पढौ

स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना

काठमाडौँ । आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्नेछ । काठमाडौँ महानगरपालिकाले फोहरको सहज व्यवस्थापनको लागि आगामी साउन १ गतेदेखि कुहिने र नकुहिनेलाई वर्गीकरण गर्न लागेको हो । कामपाले सूचना जारी गर्दै कुहिने र नकुहिने फोहरको वर्गीकरण नगर्नेलाई रु ५०० जरिवाना गर्ने चेतावनी दिएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने छ । कामपा, सिसडोल र बञ्चेरडाँडा ल्याण्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी… पुरा पढौ

गाउँगाउँमा लागुऔषधविरुद्ध सचेतना

जाजरकोट । प्रहरीले जाजरकोटका सबै पालिकामा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । जिल्लाका विद्यालय तथा गाउँमा सचेतना कार्यक्रम सुरु गरिएको प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले बताए । छुवाछुतविरुद्ध अभियानसमेत सञ्चालन गरेको प्रहरीले सँगै लागुऔषधविरुद्ध पनि कार्यक्रम सुरु गरेको हो ।कुशे गाउँपालिका–७ समाकोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा लागुऔषध ओसारपसारविरुद्ध सचेतनामुलक कार्यक्रम सुरु गरिएको प्रहरीले बताएको छ । जाजरकोटमा सात पालिका रहेका छन् । लागुऔषधको बिक्रीवितरण लगायका विषयले समस्याकै रुप लिएपछि प्रहरीले अभियान सञ्चालन गरेको हो । विद्यालय उमेरका बालबालिकालाई सचेतना… पुरा पढौ

मूल्य वृद्धिको मारमा किसान

भजनी । यतिबेला खेतमा व्यस्त हुने कैलालीका किसान रासायनिक मलको अभाव, पर्याप्त वर्षा तथा सिँचाइ व्यवस्था नहुँदा र खेत जोत्नका लागि इन्धनको सहज आपूर्ति हुन नसक्दा फुर्सदिला देखिएका हुन् । पछिल्लो समयमा परम्परागत रुपमा गरिँदै आएको कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यले अधिकांश किसानसँग खेत जोत्नको लागि पावरटिलर छ । उक्त उपकरणबाट काम गर्न सहज हुनाका साथै छिटोछरितो पनि हुने भएकाले किसानले अनुदानमा होस् वा आफै खर्च गरेर भए पनि पावरटिलर राखेका छन् तर पछिल्लो समयमा डिजेलमा भएको अस्वभाविक मूल्य वृद्धिका… पुरा पढौ

बालविवाह रोक्न अभियान चलाउँदै स्थानीय तह

बालविवाह नियन्त्रण गर्न तुलसीपुर उपमहानगरपालिकाले सुरु गरेको ‘स्मार्ट छोरी कार्यक्रम’ निकै प्रभावकारी देखिएको छ । उपमहानगरपालिकाले कार्यविधि नै पारित गरी विसं २०७७ मा स्मार्ट छोरी कार्यक्रम ल्याएको थियो ।उपमहानगरपालिकाको ‘स्मार्ट छोरी विहेवारी २० वर्ष पारी’ कार्यक्रम सञ्चालन कार्यविधि २०७७’ कार्यपालिकाको ९५औँ बैठकले पारित गरेपछि कार्यक्रम सुरु भएको हो । कार्यविधिमा २०७७ साउन १ गते सो मितिभन्दा पछि जन्मेका छोरीको खातामा रकम पठाउने उल्लेख छ । कार्यक्रमको उद्देश्य पैसा बचत मात्रै नभई बालविवाह न्यूनीकरण, बचत संस्कृतिको विकास र छोरीलाई भविष्यमा आउने… पुरा पढौ

तरकारीबाटै किसानलाई सम्पत्ति र सम्मान

गलेश्वर। भनिन्छ, कुनै पनि काम सानो र ठूलो भन्ने हुँदैन । पूर्ण आत्मविश्वास र इमानदारीका साथ मेहेनत गर्ने हो भने जुनसुकै काम गरे पनि सम्मान र सम्पत्ति कमाउन सकिन्छ भन्ने उदाहरण म्याग्दीका व्यावसायिक कृषक बनेका छन् ।यहाँका व्यावसायिक किसानले आफ्नै खेतबारीको माटोसँग खेल्दै, रमाउँदै गरेको मेहेनतले उनीहरूको जीवन कायापलट भएको छ । बेनी नगरपालिका–२ का चन्द्रबहादुर कार्की, शोभित सापकोटा, हरिलाल घिमिरेलगायत जिल्लाका धेरै किसानका लागि तरकारी खेती बरदान सावित भएको छ ।व्यावसायिकरूपमा तरकारी खेती गरेका यहाँका किसानले तरकारी बिक्री गरेर… पुरा पढौ