समाचार

बर्खा लागेपछि हुल्दीवासीलाई पहिराको चिन्ता

गलकोट । बर्खा लाग्र्यो की हुल्दीवासीको मनमा चिसो पस्छ । गाउँको चारैतिर ठूलाठूला चिरा परेको पहिरोको बीचमा रहेको छ हुल्दी गाउँ । बागलुङको निसीखोला गाउँपालिका–१ मा पर्ने हुल्दी गाउँ वर्षौदेखि पहिरोको चपेटामा पर्दै आएकाले उनीहरुलाई बर्खा लागेपछि पहिराले पिरोल्ने गरेको हो । सानोतिनो पहिरो वषँै पहिलेदेखि झदै आएको हुल्दी गाउँमा २०७३ असारमा परेको पानीले धेरै स्थानमा पहिरा जनाका साथै घरहरु पनि चर्किएका थिए । जब वर्षायाम सुरु हुन्छ तब उनीहरुमा मरिन्छ की भन्ने चिन्ताले पिरोली रहन्छ । हिउँदको समय बस्तीमा… पुरा पढौ

अझै भएनन् बाढीपीडितका ६३२ घर पुनः निर्माण

बलेवा । तीन वर्ष पहिले वर्षाको समयमा बाढीपहिरोको चपेटमा परेको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका तीलक थापाको घर खण्डहरमा परिणत भयो । भीषण वर्षापछि घरपछाडिको जमिन भत्किएर उहाँको घरनै भत्काइदिएको थियो । थापाको परिवार अहिले पनि छिमेकीको घरमा बस्दै आएका छन् । सरकारले बाढीपहिरोबाट भत्केका घरको पुनःनिर्माणका लागि अनुदान दिने भन्ने खबर पाएपछि थापाले आवश्यक कागजात तयार गरेर नगरपालिकामा बुझाए । काजगात बुझाएको दुई वर्ष बित्न लाग्दासमेत अनुदान पाउने प्रक्रिया सुरु नभएको उनको गुनासो छ । थापा मात्रै होइन् बागलुङ जिल्लाका… पुरा पढौ

औलो रोग निवारण कार्यक्रम जारी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पु¥याउनका लागि कार्य अगाडि बढाएको हो । औलो रोग निवारणको लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीलाई कोचिङग, किटजन्य रोगको परिमार्जित निर्देशिका बमोजिम सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिने कार्य अगाडि बढाइएको निर्देशनालयका कार्यक्रम अधिकृत हेमराज जोशीले बताए। उनका अनुसार स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थासँगै औलो रोग निवारणका लागि प्रतिबद्धता कायम… पुरा पढौ

अफगानिस्तानमा भूकम्पमा परी मर्नेको संख्या १ हजार पुग्यो

अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर मर्नेको संख्या १ हजार पुगेको छ। अन्य सयौँ घाइते भएको तालिबान सरकारले जनाएको छ । भूकम्पका कारण पूर्वी प्रान्तमा पहिरो आइरहेको छ। भूकम्पले माटोका घरहरू ध्वस्त भएका छन्। उद्धारकर्ताहरूले घाइतेहरूलाई आपतकालीन उपचार गरिरहेका तस्बीरहरू बाहिरिएका छन्। मृतकको संख्या अझै बढ्ने बताइएको छ। ६ दशमलव १ रिक्टर स्केलको यस भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो। २ दशकपछि अफगानिस्तानमा आएको यो सबैभन्दा भयावह भूकम्प हो। दक्षिणपूर्वी खोस्ट सहरदेखि करिब ४४ किलोमिटर टाढा यसको केन्द्रविन्दु… पुरा पढौ

पोखरामा भूकम्पको धक्का महसुस, कास्कीको लुम्ले केन्द्र

पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ। राति ३ः५७ मा भूकम्पको धक्का महसुसपछि मानिसहरू डराएर घर बाहिर निस्केका थिए। भूकम्प मापन केन्द्रकाअनुसार कास्कीको लुम्ले केन्द्र बनाएर ४.६ रेक्टर स्केलको धक्का महसुस गरिएको हो। पुरा पढौ

नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। बुधबार बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर छन्। । दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहेका छन्। यस्तै, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाललाई डिआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ। यस्तै, बढुवाका लागि सिफारिस हुनेमा रामदत्त जोशी,… पुरा पढौ

एसीसी महिला टी–२० च्याम्पियनसीप: नेपालको सेमिफाइनल प्रतिद्वन्दी युएई

एसीसी महिला टी–२० च्याम्पियनसीपको सेमिफाइनलमा नेपालले बलियो टोली युएईको सामना गर्ने भएको छ। युएईले समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। मलेसियाको किनरारा ओभलमा बुधबार अन्तिम लिग खेलमा कतारलाई हराउँदै युएई समूह विजेता बन्दै अन्तिम ४ मा पुगेको हो। युएईले ४ खेलमा ७ अंक जोड्यो। मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो। नेपाल समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो। नेपालले ४ खेलमा ६ अंक जोडेको थियो। नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित… पुरा पढौ

५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजबाट

आज (बिहीबार) देखि ५ देखि ११ वर्षसम्मका बालबालिकाले बिहीबारदेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन्। ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको हो। असार ९ देखि १५ गतेसम्म बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप अभियान नै संचालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई दिन लागिएको फाइजर खोप सुरक्षित रहेको… पुरा पढौ

सन्दर्भ ओलम्पिक दिवसः एनओसी अवार्ड वितरण गरिदैँ

आज २३ जुन अर्थात ओलम्पिक दिवस। विविध कार्यक्रम गरी खेलकुद सम्बन्ध संघसंस्था तथा खेलाडी प्रशिक्षकहरुले यो दिवस मनाउदै आएका छन्। नेपाल ओलम्पिक कमिटीले बिहीबार ‘ओलम्पिक डे’को अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ। २३ जुन ‘ओलम्पिक डे’को अवसरका कार्यक्रम हुन लागेको हो। यसक्रममा नेपाली खेलकुदसँग जोडिएको ९ विधामा अवार्ड प्रदान गरिनेछ। कमिटीले यसप्रकारको अवार्ड कार्यक्रम गर्न लागेको यो पहिलो पटक हो र यसलाई निरन्तरता पनि दिने जनाएको छ। अवार्ड उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कष्ट पुरुष र महिला प्रशिक्षक… पुरा पढौ

कास्कीकी एक महिला संक्रमित हुँदा ३ जना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा बुधबार ३ जना कोरोना संक्रमित निको भएका छन् । सोही अवधीमा कास्कीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको कोभिड – १९ सम्बन्धि पछिल्लो विवरण अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १७ जनामा गरिएको परीक्षणमा कास्कीका एक महिलामा संक्रमण पुष्टि भएको हो । यो सहित अब प्रदेशमा ६ जना संक्रमित होमआइसोलेसनमा छन् । ती मध्य कास्कीका ५ र स्याङ्जाका एक जना हुन् । हालसम्म प्रदेशभर एक लाख २ हजार ३४… पुरा पढौ