समाचार

आयोजक हेम्जा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा

पोखरा । पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेम्जा युनाइटेड फाइनलमा प्रवेश गरेको छ । हेम्जाको गौरी शंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २–० गोलको अग्रता बनाउँदै आयोजकले फाइनलको यात्रा तय गरेको हो । हेम्जाको जितमा दुवै गोल कमल थापा मगरले गरे । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा भने हेम्जाले २ गोल गर्न सफल भएको हो । खेलको दशौं मिनेटमा हेम्जाका सुनिल विकले अग्रता गर्ने सुवर्ण अवसर… पुरा पढौ

पोखरा एयरपोर्टदेखि फेवातालसम्मको द्रुतमार्गका लागि सहजीकरण गर्ने

पोखरा । पोखरा महानगरपालिकाले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलदेखि फेवातालसम्मको द्रुतमार्गका लागि सहजीकरण गर्ने जनाएको छ । महानगरको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा विमानस्थलदेखि फेवातालसम्मको द्रुतमार्ग निर्माणका लागि प्रदेश र संघ सरकारसँग आवश्यक सहजीकरण गर्ने जनाइएको हो । महानगरपालिकाले पोखराको लामेआहालमा निर्माणाधीन अत्याधुनिक बस टर्मिनलको लागि जग्गा प्राप्ति लगायतका कार्यमा प्रदेश सरकारसँगको सहकार्यमा काम अगाडी बढाइने जनाइएको छ । महानगरपालिकाले मध्य पहाडी लोकमार्ग तथा सिद्धार्थ राजमार्ग जोड्न वाइपास रोड तथा पृथ्वी राजमार्गको बैकल्पिक मार्गको रुपमा विरौटा–कोत्रे सडकलाई प्राथमिकता दिई तयारी कार्य… पुरा पढौ

पोखरामा आर्थिक क्रियाकलाप बढाउन जरुरी : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै ३ तहका सरकारको समन्वयमा यस्ता गतिविधि बढाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकको ११ औं सभा उद्घाटनपछि बुधबार मुख्यमन्त्री पोखरेलले भने, ‘यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् त्यो सम्भावना पनि छ ।’ पोखराले बर्सेनि… पुरा पढौ

पोखरालाई स्पोर्टस टुरिजमका रुपमा विकास गरिने, क्रिकेट मैदान र गल्फ कोर्ष निर्माणमा जोड

पोखरा । पोखरा महानगरपालिकाले पोखरालाई स्पोर्टस टुरिजमका रुपमा विकास गर्ने जनाएको छ । महानगरपालिकाको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा पोखरालाई स्पोर्टस टुरिजमका रुपमा विकास गर्ने उल्लेख छ । पोखरा प्राकृतिक र वातावरणीय दुबै हिसावले सन्तुलनमा रहेको शहर हुनाले यसलाई स्पोर्टस टुरिजमका रुपमा विकास गर्न सोहि अनुसारको नीति, कार्यक्रम र बजेट निर्माण गरी योजना कार्यान्वयनमा लाग्ने जनाइएको छ । क्रिकेट र गल्फ जस्ता ठूला खेलहरुको माध्यमवाट समग्र पोखराको विकासको सहयोग पुर्याउन सकिने भन्दै व्यवस्थित क्रिकेट खेलमैदान र गल्फ कोर्ष निर्माणको संभाव्यता… पुरा पढौ

पोखरा महानगरले हिमागृह र रत्न मन्दिर व्यवसायीक रुपमा खुल्ला गर्न पहल गर्ने

पोखरा । पोखरा महानगरपालिकाले पोखराको ऐतिहासिक हिमागृह र रत्न मन्दिरलाई व्यवसायीक रुपमा खुल्ला गर्ने नीति लिएको छ । महानगरको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा तत्कालीन राजदरबारका रुपमा रहेको हिमागृह र रत्न मन्दिरलाई व्यवसायीक रुपमा खुल्ला गर्न र सो ठाउँको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन पहल गर्ने उल्लेख छ । महानगरले पोखराको स्मरण हुने गरी एक साँस्कृतिक ग्राम निर्माण गर्न अध्ययन शुरु गर्ने जनाइएको छ । पुरा पढौ

केभ टु केभ, लेक टु लेक, कोटदेखि कोटसम्म पुग्ने सडकको सम्भाव्यता अध्ययन गरिने

पोखरा । पोखरा महानगरपालिकाले पोखराका प्रमुख पर्यटकीय गन्तव्यहरुको कनेक्टिङ सडक निर्माणलाई प्राथमिकता दिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप महानगरपालिकाले पर्यटनका थप गन्तव्यहरु थप्नका लागि ‘केभ टु केभ’, ‘लेक टु लेक’, ‘कोटदेखि कोटसम्म’ नयाँ सर्किट सडकको सम्भाव्यता अध्ययन गर्ने बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरपालिकाले पोखरालाई धार्मिक पर्यटनको क्षेत्रमा समेत विश्वमा परिचित गराउन लुम्बिनी पोखरा बुद्ध सर्किट निर्माण गर्न आवश्यक पहल गर्ने जनाएको छ । पुरा पढौ

पोखरा महानगरले हरेक ६ महिनामा ३ हजार रोजगारी सिर्जना गर्ने

पोखरा । पोखरा महानगरपालिकाले हरेक ६ महिनामा थप ३ हजार रोजगारी सिर्जना गर्ने नीति लिएको छ । महानगरपालिकाको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा आर्थिक वर्षको पहिलो ६ महिनामा ३ हजार थप रोजगारी सिर्जना गर्ने उल्लेख छ । त्यसका लागि प्लस टू तहको अध्ययन सकेका पोखरेली युवालाई भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत, कृषि स्रोत व्यक्ति, जडिवुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, ईलेक्ट्रिसियन, भेटेरीनरी, ईम्व्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजाइन, वेभपेज डिजाइन, भिडियो ईडिटिङ, वेटर आदि जस्ता सीपसंगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना… पुरा पढौ

प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता शुक्रबारदेखि

पोखरा । कास्की जिल्ला ब्याडमिन्टन संघले गण्डकी प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको छ । प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रुपमा विकास गर्ने तथ लक्ष्य रहेको प्रतियोगिता संयोजक अमृत पोख्रेलले जानकारी दिए । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबल गरी ४ विधामा स्पर्धा हुनेछ । प्रतियोगिताको… पुरा पढौ

पोखरा महानगरलेपनि भूमि बैंक स्थापना गर्ने

पोखरा । पोखरा महानगरपालिकालेपनि भूमि बैंक स्थापना गर्ने भएको छ । पोखरा महानगरपालिकाको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा भूमि बैंक स्थापना गर्ने उल्लेख छ । यसअघि गण्डकी प्रदेश सरकारलेपनि भूमि बैंक स्थापना गर्ने जनाएको थियो । प्रदेश सरकारको नीतिलाई अवलम्वन गर्दै महानगरलेपनि भूमि बैंक स्थापना गर्ने जनाएको हो । महानगरका खाली जग्गा भूमि बैंकमा ल्याएर खेती गर्ने व्यक्ति वा संस्थालाई जग्गा सुनिश्चित गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरपालिकाले ‘एक वडा : एक पशुपन्छी तथा बाली उत्पादन पकेट… पुरा पढौ

पोखरा महानगरले ‘बारीदेखि बजारसम्म : गोठदेखि ओठसम्म’ अभियान सञ्चालन गर्ने

पोखरा । पोखरा महानगरपालिकाले ‘बारीदेखि बजारसम्म : गोठ देखि ओठसम्म’ अभियान सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले कृषि उत्पादनको बजारीकरण, मूल्य श्रृंखला र भण्डारण सहयोगका लागि यो अभियान सञ्चालन गर्ने जनाएको हो । महानगरपालिकाको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा कृषि उपज संकलन केन्द्र र कृषि बजार मार्फत स्थानीय कृषि उपज बिक्री बितरण सुनिश्चित गरिने उल्लेख छ । त्यस्तै कृषि उपजको उचित मूल्य र बजार पहुँचको लागि कृषि उत्पादन व्यवस्थापन प्रणाली सञ्चालन गर्ने जनाइएको छ । पुरा पढौ