समाचार

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप : एक खेल अगावै सेमिफाइनल प्रवेश

काठमाण्डौं । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा यस जीतसँगै नेपालले लगातार तेस्रो जीत दर्ता गराएको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो । बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पूरा ग¥र्यो… पुरा पढौ

‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ । आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर रु १९९ बराबर पुगेको छ । बैठक सुरु भएलगत्तै नेकपा९एमाले०का सांसद पद्मा अर्यालले नागरिकको ढाड सेक्नेगरी मूल्यवृद्धि गरिएको आरोप लगाए । उनले पेट्रोलपम्पमा स्टक राखेर मूल्यवृद्धि गरिँदा ठूलो आर्थिक लाभ हासिल भएको आरोप लगाए । हेर्दा सामान्यरुपमा इन्धनको मूल्यवृद्धि भएको देखिए पनि यसले बजारमा चरम महँगी बढाउने भन्दै… पुरा पढौ

दोलखामा ९२५ मेट्रिकटन मल भित्रियो

दोलखा। खेतीपाती लगाउने मुख्य समयमा किसानले मल नपाएर चौतर्फी विरोध भई रहेका बेला दोलखा जिल्लामा जेठ मसान्तसम्म ९२५ मेट्रिकटनभन्दा बढी मल भित्रिएको छ । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुली शाखाले मल आपूर्ति गर्ने जिम्मेवारी पाई मल आपूर्ति गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को जेठ मसान्तसम्म जिल्लामा नौ लाख २५ हजार १०० किलोग्राम मल भित्रिएको तथ्याङ्क रहेको शाखाका प्रमुख नवराज महतले बताए। उनका अनुसार जिल्लामा उक्त परिमाणअनुसारको युरिया, डिएपी र पोटास मल तथा कृषि चुन आपूर्ति भइसकेको… पुरा पढौ

कृषि र पूर्वाधार विकासमा घोराही उपमहानगरको प्राथमिकता

देउखुरी । घोराही उपमहानगरपालिकाले कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । दोस्रो नगरसभाको पहिलो अधिवेशनले आर्थिक वर्ष २०७९÷८० का लागि नगरप्रमुख नरुलाल चौधरीले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा उक्त क्षेत्रलाई प्राथमिकता दिइएको हो । मल, उन्नत बीउ धान, मकै, गहुँ, तोरी, मसुरो, प्याज र आलुमा किसानलाई ८० प्रतिशतसम्म अनुदान दिइने भएको छ । समूहगत सहकारीलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा, बेमौसमी तरकारी खेतीका लागि फलाम स्ट्रक्चर, प्लाष्ट्रिक टनेल तथा साधारण टनेल कृषि साना सिँचाइ कार्यक्रममा ८५ प्रतिशत अनुदान दिइने कुरा… पुरा पढौ

देशलाई सफल बनाउने अभियानमा लागेको छु ; वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गरे। देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले भने, “देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु ।”रासस––– पुरा पढौ

बाढीले दमकका १३ परिवार विस्थापित

दमक। लगातार वर्षाका कारण रतुवा खोलामा आएको बाढीले दमक–७ का १३ घरपरिवार विस्थापित भएका छन् । केही दिनयता रतुवा खोलामा आएको बाढीसँगै कटान तीव्र बनाएपछि दमक–७ रेडक्रस भवन नजिकैको बस्तीका १३ घरपरिवार विस्थापित भएका हुन् । विस्थापित हुनेमा खड्ग लिम्बू, विष्णु लिम्बू, सुवास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य, विमल किस्कु, राजेश किस्कु, मनोज मास्के, भारती तामाङ, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र दीपक गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कटान परेका परिवाराई गएराति नै नेपाल प्रहरी… पुरा पढौ

बुटवलको तिनाउ नदीमा शव फेला

बुटवल। बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए। शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख केसीले बताए ।रासस पुरा पढौ

पहिराले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिराले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिराले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको वडा प्रहरी… पुरा पढौ

पेट्रोलिय पदार्थको मूल्यवृद्धिविरुद्ध सार्वजनिक यातायातको चक्काजाम

नेपाल आयल निगमले पेट्रोल, डिजललगायत इन्धनमा गरेको चर्को मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायातले नै चक्काजाम गरेका गरेका छन्। कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवंशी चोकमा सडकमा सवारी साधन तेस्र्याएर यातायात अवरुद्ध पारेका छन्। चक्काजामका कारण सडकमा एम्बुलेन्स समेत रोकिएका छन्। सवारी चालकहरुले बढेको मूल्य फिर्ता हुनुपर्ने माग राखेका छन्। सर्वसाधारणलाई बढेको मूल्यमा यात्रा गराउन नसक्ने उनीहरूले माग राखेका छन्। पुरा पढौ

अदालत परिसरबाट फरार व्यक्ति ३ घण्टापछि पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतवार साँझ जिल्ला अदालत काठमाडौँबाट फरार अनिल ठाकुरलाई ३ घण्टापछि कोटेश्वरमा पक्राउ गरेको छ। सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका ठाकुरलाई म्याद थपका लागि अदालत लगिएको थियो। लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई ३ घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको हो । अदालतबाट फरार भएसँगै काठमाडौँ प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो। यस्तै, काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा… पुरा पढौ