समाचार

‘विपद्मा प्रमुख र आमा समूहसँग उपप्रमुख’कार्यक्रम गरिने

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले ‘विपद्मा प्रमुख र आमा समूहसँग उपप्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यपालिकाको पहिलो बैठकले विपद् व्यवस्थापन, राहत र पुनःनिर्माणमा राज्यका अतिरिक्त समुदाय, निजी क्षेत्र र प्रवासीहरुको सहभागितामा विपद्मा मेयर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । निर्णय सार्वजनिक गर्दै मङ्गलबार नगरप्रमुख सुरत केसीले विपद्जन्य घटनाहरुबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापन, उद्धार तथा प्रतिकार्यका लागि विपद्मा मेयर कार्यक्रम सञ्चालन गरिने बताए । बर्खामा विपद्को प्रतिकार्यका लागि तयारीसँगै विपद् व्यवस्थापनमा परिचालन हुने डोजर,… पुरा पढौ

खर्च विवरण बुझाउन जिल्ला निर्वाचन आयोगको ताकेता

पर्वत । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेकाहरुलाई खर्च विवरण बुझाउन ताकेता गरिएको छ । पर्वत जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै निर्वाचन भएको मितिले ३० दिनभित्र सबै उम्मेदवारहरुले खर्च विवरण बुझाउन आग्रह गरेको हो । गत वैशाख ३० गते निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन कार्यालयले अनिवार्य रुपमा खर्चविवरण उपलब्ध गराउन माग गरेको हो । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा अघि नै महानगर, उपमहानगर, नगर र गाउँपालिका प्रमुख तथा वडाध्यक्ष र सदस्यहरुका लागि खर्चको सीमा तोकेको थियो । सोेही… पुरा पढौ

बेलढुङ्गा–पञ्चकोट पदमार्ग गुरुयोजना

पोखरा । गण्डकी प्रदेश सरकारले बागलुङमा केही योजनाहरुलाई प्राथमिकताका साथ अघि सारेको छ । गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा बेलढुङ्गा हुँदै पञ्चकोट पुग्ने पदमार्ग, ढोरपाटनको गुरुयोजना बनाएर विकास गर्ने र ताराखोला र ढोरपाटनको आलु पकेट क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरेर आलु उत्पादन बढाउने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्वारा मङ्गलबार जारी सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रममा बागलुङको बेलढुङ्गादेखि पञ्चकोटसम्मको पर्यटकीय पदमार्ग निर्माणलाई अघि बढाउने, नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र रहेको… पुरा पढौ

स्थानीय निर्वाचनको खर्च विवरण बुझाउन पर्वतका उम्मेद्वारलाई ताकेता

पर्वत । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेकाहरुलाई खर्च विवरण बुझाउन ताकेता गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै निर्वाचन भएको मितिले ३० दिनभित्र सबै उम्मेदवारहरुले खर्च विवरण बुझाउन आग्रह गरेको हो । गत वैशाख ३० गते निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन कार्यालयले अनिवार्य रुपमा खर्चविवरण उपलब्ध गराउन माग गरेको हो । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा अघि नै महानगर, उपमहानगर, नगर र गाउँपालिका प्रमुख तथा वडाध्यक्ष र सदस्यहरुका लागि खर्चको सीमा तोकेको थियो । सोेही मापदण्डभित्र… पुरा पढौ

मल अभावमा धानको बीउ राख्न नपाउँदा किसान चिन्तित

बेनी । म्याग्दीमा धान रोप्ने समय सुरु हुन लागिसक्दा पनि रासायनिक मलको अभावमा बीउ राख्न नपाउँदा कृषक चिन्तित बनेका छन् । दोस्रो पटक मकै गोड्ने (दोहो¥याउने) बेलामा मकैमा रासायनिक मल हाल्न नपाएका किसान अहिले धानको बीउ राख्ने बेलासम्म मल नपाउँदा समस्यामा परेको बेनी नगरपालिका २ का पदमपाणि शर्माले बताए । उनले भने, “मकै गोड्दा मल नपाएर हालिएन, अब धान रोप्ने बेला आउन लाग्यो, मलको अभावमा बीउ राख्न पाइएको छैन, यसरी त खेती गर्न नसकिने भइयो ।” अर्का किसान तिलबहादुर घर्तीले… पुरा पढौ

विनियोजन शीर्षकमा छलफल जारी

काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमा छलफल सुरु भएको छ । बैठक ती शीर्षकमा खर्च कटौती प्रस्ताव र छलफल जारी रहेकोे हो । रासस पुरा पढौ

यमनका हुथी विद्रोहीमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकार तयार

साना । यमनको सरकारले यहाँका हुथी विद्रोहीका बिरुद्धमा यहाँको ताइज सरहमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न सहमत भएको जनाएको छ । जोर्डनको राजधानी अम्मानमा यमनी सरकार र हुथी विद्रोहीहरुका प्रतिनिधिकाबीचमा वार्ता जारी रहेको छ । केही दिनदेखि जारी रहेको सो वार्ताका क्रममा यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गले मंगलबार सो प्रस्ताव गरेका थिए । प्रस्तावमा ताइजमा हुथीहरुका विरुद्ध लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने जनाइएको छ । यता यमन सरकारका प्रतिनिधिहरु सो प्रस्ताव मान्न तयार भएको तर पनि त्यसका लागि हुथीहरुले… पुरा पढौ

सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ । सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव भएको र यहाँका नागरिकमा कुपोषणजस्ता समस्या देखिएकोले सहयोगका लागि तत्कालै पहल गर्न विश्व समुदायलाई आग्रह गरिएको हो । सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयतासम्बन्धी निकायका प्रमुख आदम अब्देलमौलाले सो आग्रह गरेका हुन् । उनले सोमालियमा लामो समयदेखिको खडेरीका कारण पनि खाद्यान्न उत्पादन हुन छोडेको धेरै समय भएको भन्दै अहिले नै यहाँका सयौँ… पुरा पढौ

स्याङ्जामा चट्याङ लागेर दुई भैँसी मरे

स्याङ्जा । स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । गएराती परेको चट्याङका कारण वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए । ब्याउने भैँसी गए राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन् । गोठमा दुई भैँसीमात्रै थिए । चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन । अहिले वडा प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । रासस पुरा पढौ

३५ यूनिट रगत संकलन

पोखरा । पोखरामा बुधबार तीन वटा संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. , आई.सी. एफ.सी फाइनान्स र लायन्स क्ल्व अफ पोखरा डेस्टिनेसनले संयुक्तरुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ यूनिट रगत संकलन भएको छ । ‘रक्तदान जीवनदान, जीवन महादान’ भन्ने नाराका साथ आयोजिक कार्यक्रममा ३५ जनाले रक्तदान गरेका हुन् । पोखरा–११ का वडाध्यक्ष प्रेम प्रसाद कर्मचार्यले ६४ औं पटक रक्तदान गरिसकेका कृष्ण प्रसाद तिवारीलाई व्लड व्याग हस्तान्तण गर्दै कार्यक्रमको उद्घाटन गरे ।… पुरा पढौ