समाचार

अभियानले गर्‍यो नयाँलाई स्वागत पुरानालाई बिदाई

पोखरा । हालै सम्पन्न स्थानीय तहको निर्वाचनपछि निर्वाचित पोखरा महानगरपालिका वडा नम्वर १ का जनप्रतिनिधिहरुलाई स्थानीय अभियान महिला समुहले स्वागत गरेको छ भने निर्वतमान भएकाहरुलाई बिदाई गरेको छ । स्थानीय समाजसेवी माधवप्रसाद पराजुलीले व्यानरमा हस्ताक्षर गरि उद्घाटन गरेको कार्यक्रममा पोखरा १ सिम्पानी, लामपाटा स्थित समुहकी अध्यक्ष राधादेवी पराजुली र समुहकी जेष्ठ सदस्य अम्विका त्रिपाठीले नयाँ जनप्रतिनिधिहरुलाई फुल, अविर र खादा लगाएर स्वागत तथा निवर्तमानलाई दोसल्ला तथा सल ओढाएर बिधाई गरेकी थिईन । निर्वाचनमार्फत वडाको अध्यक्षमा सहारा प्रधान सगै सदस्यहरुमा शोभा… पुरा पढौ

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम : प्राथमिकतामा शिक्षा, स्वास्थ्य कृषि र पर्यटन

पोखरा । गण्डकी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई लाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम–२०७९÷८० प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्ने जनाउनु भएको हो । उनले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश प्रमुख गुरुङले बताए । नीति तथा कार्यक्रममा उद्योग, कलकारखाना स्थापना र सञ्चालनलाई पनि जोड दिइएको छ । निःशुल्क रगत, महिलाको पाठेघरको मुखको निःशुल्क शल्यरक्रिया, कोभिडमा… पुरा पढौ

गण्डकी प्रदेशमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागु गरिने

पोखरा । गण्डकी प्रदेश सरकारले सरकारले विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम लागु गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम लागु गर्दै स्थानिय तहसँगको साझेदारीमा प्रदेशका विद्यालयहरुमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ क्रमशः लागु गर्दै लैजाने जनाएको छ । गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भने,‘स्थानिय तहसँगको साझेदारीमा विद्यार्थीको स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना तथा स्वास्थ्य सम्बन्धी आनीबानीमा सुधार गर्न एक विद्यालय एक… पुरा पढौ

गण्डकीका सबै गर्भवतीहरुलाई निःशुल्क अल्ट्रासाउण्डको व्यवस्था गरिने

पोखरा । सरकारले गर्भवती महिलाहरुका लागि निःशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालहरुमा गर्भवती महिलाहरुका लागि निःशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने व्यवस्था मिलाउने जनाएको हो । प्रदेशको नीति तथा कार्यक्रममै यो कार्यक्रम समावेश गरिएको छ । प्रदेश सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जनसंख्या र आवश्यक्ताका आधारमा प्रदेशभित्रका स्थानिय तहमा बर्थिङ सेन्टरको बिस्तार तथा सुदृढिकरणसमेत गरिने जनाइएको छ । त्यस्तै, प्रसुती सेवालाई प्रभावकारी बनाउन नवलपुरको कावासोती र गोरखाको च्याङ्लीमा प्रसुती अस्पताल… पुरा पढौ

मुख्य पदमार्गमा पर्यटक स्वास्थ्य केन्द्र स्थापना गरिने

पोखरा । गण्डकी प्रदेश सरकारले पर्यटक स्वास्थ्य केन्द्र स्थापना गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका मुख्य पदमार्गहरुमा पर्यटक स्वास्थ्य केन्द्र स्थापना गर्ने भएको हो । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा पर्यटक स्वास्थ्य केन्द्र स्थापना गर्ने कार्यक्रम समावेश भएको हो । त्यस्तै, सरकारले पद प्रदर्शकलाई हाई अल्टिच्यूड सिकनेस तालिमपनि सञ्चालन गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भने,‘पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी मेडिकल पर्यटनको नीति… पुरा पढौ

पोखरालाई क्यास लेस सिटीको रुपमा विकास गरिने

पोखरा । पोखरालाई क्यास लेस सिटीको रुपमा विकास गरिने भएको छ । गण्डकी प्रदेश सरकारले पोखरा सहरलाई क्यास लेस सिटीको रुपमा विकास गर्ने भएको हो । गण्डकी प्रदेश सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पोखरालाई क्यास लेस सिटीको रुपमा विकास गर्ने जनाएको हो । प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भने, ‘प्रदेश राजधानी पोखरामा गरिने आर्थिक कारोबार, नगदको लेनदेन हुने अभ्यासलाई क्रमशः न्यून गर्दै पोखरालाई क्यास लेस सिटीको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गरिनेछ… पुरा पढौ

हनिमुन टुरिजम प्रवद्र्धनका लागि ‘आकर्षक हनिमुन गन्तव्य’ विकास गरिने

पोखरा । गण्डकी प्रदेश सरकारले हनिमुन टुरिजम प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा हनिमुन टुरिजम प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख भएको हो ।जसका लागि गण्डकी प्रदेशका विभिन्न आकर्षक गन्तव्यहरुको पहिचान गरी ‘हनिमुन गन्तव्य’ विकास गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बताए । पुरा पढौ

गण्डकी सरकारले युवा वैज्ञानिक कार्यक्रम सुरु गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले युवा वैज्ञानिक कार्यक्रम शुरु गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा युवा वैैज्ञानिकलाई प्रोत्साहन गर्न युवा वैज्ञानिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष युवा वैज्ञानिक कार्यक्रम सुरु गर्ने बताए । नीति तथा कार्यक्रममा भनिएको छ, ‘प्रत्येक वर्ष नयाँ युवा वैज्ञानिकको सम्मेलन आयोजना गर्ने र पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ ।’ वैज्ञानिक क्षमता अभिवृद्धि गर्न… पुरा पढौ

जनआन्दोलन, जनयुद्धलगायतका सहीद तथा वेपत्ता परिवार एवम् घाईते, अपाङ्गता भएकाहरुको निःशुल्क उपचार गरिने

पोखरा । गण्डकी प्रदेश सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र थरुहट आन्दोलनका सहीद तथा वेपत्ता भएकाहरुका परिवार एवम् घाईते, अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य उपचार निःशुल्क गर्ने भएको छ । सरकारले आज ल्याएको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । प्रदेश प्रमुख गुरुङले प्रदेश मातहतका सबै अस्पतालमा उनीहरुको उपचार निःशुल्क गर्ने व्यवस्थाको सुनिश्चित गरिने उल्लेख गरे । पुरा पढौ

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम : प्रदेशमै मुटुरोग अस्पताल स्थापना र मिर्गौला प्रत्यारोपणको व्यवस्था गरिने

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गर्ने घोषणा गरेको छ । प्रदेश सरकारले आज ल्याएको प्रदेशको नीति तथा कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गरिने उल्लेख छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वाचन गरेको नीति तथा कार्यक्रममा प्रदेशमै मुटुरोग अस्पताल स्थापना गरिनेपनि उल्लेख छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने,‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमा ५० शैयाको मुटुरोग अस्पताल स्थापना गरिनेछन ।’ त्यस्तै, प्रदेश भित्रका नागरिकको मिर्गौला… पुरा पढौ