समाचार

गण्डकी प्रदेश नीति तथा कार्यक्रममा भिँडाबारीको एन्फा टेक्निकल सेन्टर पनि

गण्डकी प्रदेश सरकारले कास्कीको भिँडाबारीस्थित एन्फा टेक्निकल सेन्टर निर्माणलाई प्राथमिकता दिएको छ। प्रदेश सरकारको मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा कास्कीको भेडाबारीमा एन्फा टेक्निकल सेन्टर निर्माणको कामलाई नेपाल सरकारसँगको सहकार्यमा अगाडि बढाइने निति तथा कार्यक्रममा उल्लेख छ। नीति तथा कार्यक्रममा नवौं राष्ट्रिय खेल सम्पन्न गर्न नेपाल सरकारसँगको समन्वयमा आवश्यक कार्य गर्ने समेत उल्लेख छ। पुरा पढौ

गण्डकी प्रदेश नीति तथा कार्यक्रमः राति पनि खेल्न मिल्न पोखरा रंगशाला

गण्डकी प्रदेश सरकारले पोखरा रंगशालाको स्वामित्व प्रदेश मातहत ल्याउन पहल गर्ने बताइएको छ। प्रदेश सरकारको मंगलबार प्रस्तुत आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा पोखरा रंगशालालाई प्रदेश मातहत ल्याउने उल्लेख गरेको छ। प्रस्तुत निति तथा कार्यक्रममा पोखरा रंगशालाको पूर्वाधारमा सुधार गरी रातको समयमा समेत अन्तर्राष्ट्रियस्तरका खेलहरू संचालन गर्न सकिने गरी अघि बढाइने उल्लेख गरिएको छ। पुरा पढौ

गोरखकाली टायर उद्योगलाई पुनः सञ्चालनका लागि पहल हुने

पोखरा । गण्डकी प्रदेश सरकारले गोरखकाली टायर उद्योगलाई पुनः सञ्चालनका लागि पहल गर्ने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम–२०७९/८० प्रस्तुत गर्दै सरकारले गोरखकाली टायर उद्योगलाई पुनः सञ्चालनका लागि संघिय सरकारसंग पहल गर्ने जनाए । यस्तै सरकारले औद्योगिक वस्तुमा आत्मनिर्भर प्रदेश अभियान सञ्चालन गर्ने जनाएको छ । जसका लागि औद्योगिक उत्पादनमा आत्मनिर्भर हुनसक्ने क्षेत्रहरुको पहिचान गरी आत्मनिर्भर हुन सघाउने मुख्य वस्तु उत्पादनमा विशेष सहयोग तथा सहलियत प्रदान गरिने नीति… पुरा पढौ

रत्नमन्दिर र हिमागृहलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

पोखरा । गण्डकी प्रदेश सरकारले रत्नमन्दिर र हिमागृहलाई सर्वसाधारणका लागि खुल्ला गर्ने नीति लिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम–२०७९/८० प्रस्तुत गर्दै सरकारले रत्नमन्दिर र हिमागृहलाई सर्वसाधारणका लागि खुल्ला गर्ने नीति लिएको जनाएका हुन् । जसका लागि संघ सरकारसँग समन्वय गरेर त्यसलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उनले बताए । यस्तै सरकारले आगामी ३ वर्षमा बाह्य पर्यटको संख्या, बसाई अवधी तथा खर्च दोब्बर बनाउन सक्नेगरी पर्यटकीय पूर्वाधार निर्माण… पुरा पढौ

कास्कीकोटमा नेपाल वृन्दावन धाम स्थापना गरिने

पोखरा । गण्डकी प्रदेश सरकारले पोखराको कास्कीकोटमा नेपाल वृन्दावन धाम स्थापना गर्ने भएको छ । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा कास्कीकोटमा नेपाल वृन्दावन धाम स्थापना गर्ने कार्यक्रम समावेश गरेको हो । धामका लागि पोखरा महानगरपालिका र निजी क्षेत्रसँगको सकार्यमा धाम स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । यस्तै ऐतिहासिक मानव बस्तीको रुपमा रहेको लमजुङको क्होलासोथारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने जनाएको छ । पुरा पढौ

संक्रामक तथा सरुवा रोग अस्पताललाई सेन्टर अफ एक्सिलेन्सका रुपमा विकास गरिने

पोखरा । पोखराको संक्रामक तथा सरुवा रोग अस्पताललाई सेन्टर अफ एक्सिलेन्सका रुपमा विकास गरिने भएको छ । गण्डकी प्रदेश सरकारले पोखराको सिसुवास्थित संक्रामक तथा सरुवा रोग अस्पताललाई सबै प्रकारका सरुवा रोगको उपचार गर्ने सेन्टर अफ एक्सिलेन्सका रुपमा विकास गर्ने जनाएको हो । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ,‘नेपाल सरकारसँगको सहकार्यमा संक्रामक तथा सरुवा रोग अस्पताललाई सबै प्रकारका सरुवा रोगको उपचार गर्ने सेन्टर अफ एक्सिलेन्सका रुपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ… पुरा पढौ

नेपाल आईसीसी महिला टी – २० विश्वकप एसिया छनोटबाट बाहिरियो

काठमाण्डौं । आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो । जितका लागि ९० रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो । नेपालकी सृष्टि जैशीले २१ बलमा ७ तथा साना प्रविनले २१ बलमा… पुरा पढौ

अन्नपूर्ण केबुलकारमा लुम्बिनी विकास बैंकका ग्राहकलाई १० प्रतिशत छुट

पोखरा । लुम्बिनी विकास बैंकले पोखराको अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहकलाई केबुलकार सेवामा छुट दिने सम्झौता गरेको छ ।सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकले ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको सेवा लिए बाफत भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने छ । पोखराको सेदी देखी सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको कम्पनीले जनाएको छ ।बैंकले देशका ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा… पुरा पढौ

महेन्द्र मा.वि भलाममा वृक्षारोपण

पोखरा । महेन्द्र माध्यमिक विद्यायल पोखरा २० भलामको आयोजनामा विश्व वातावरण दिवसको अवसरमा विद्यालयको खाली रहेको जमिनमा बृक्षारोपण गरेका छन् । बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीहरु, शिक्षक, विद्यालय व्यवस्थापन समितिको सकृयतामा कारितास नेपाल फिल्ड कार्यालय कास्की, फलफूल नर्सरी व्यवसाय संघ कास्की, गोल्डेन नर्सरीको सहकार्यमा वृक्षारोपण गरेका हुन् । विद्यार्थीहरुले एभोकाडो, ओखर, धुपी, कपुर, निमका विरुवा र सुन्तला, केरा, अनार, आँपका फलफूल आदिका विरुवा वृक्षारोपण गरेको हो । फलफूल नर्सरी व्यवसाय संघ कास्कीका अध्यक्ष दिल बहादुर गुरुङ्ग कारितास नेपाल फिल्ड कार्यालयका… पुरा पढौ

फेन्सिङ प्रशिक्षक रेखमाया गुरुङको विदाई

पोखरा । भारतको पटियालामा मे ९ देखि ३० जुनसम्म हुने फेन्सिङ प्रशिक्षण तालिममा सहभागी हुन लागेकी फेन्सिङ खेलकी प्रशिक्षक रेखमाया गुरुङलाई फेन्सिङ संघ कास्कीले विदाई गरेको छ । मंगलबार आयोजित शुभकामना विदाई कार्यक्रममा जिल्ला फेन्सिङ संघ कास्कीका अध्यक्ष विजय शाही, सल्लाहकार कृष्ण रानाभाट, वरिष्ठ उपाध्यक्ष राम गुरुङ, उपाध्यक्ष छवि गुरुङ, सचिव सन्दिप वराल, सदस्य चिजा गुरुङले खादा लगाएर तालिम सफलता पुर्वक गर्न शुभकामना व्यक्त गरेका थिए । फेन्सिङ संघ नेपालकी केन्द्रिय सदस्य समेत रहनु भएकी गुरुङ भारतको पटियालामा रहेको नेताजी… पुरा पढौ