पोखरा । पोखरा विश्वविद्यालयले रजतजयन्तीको विशेष कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–३० का स्थानीय महिलाहरूलाई समसामयिक विषयमा दुईहप्ते सूचना प्रविधि साक्षरता र सीप तालिम दिन सुरु गरेको छ । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित तालिममा २१ गृहिणी सहभागी छन् । चुलोचौका सँगसँगै आधुनिक सूचना तथा प्रविधिसँग गृहिणीलाई परिचित गराउनु तालिमको प्रमुख उद्देश्य रहेको विश्वविद्यलायका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए । प्रविधिमैत्री मोबाइल, ल्यापटप, कम्प्युटरको प्रयोगबाट अनलाइन व्यापार व्यवसाय सञ्चालन, डिजिटल वालेट, डेबिट वा क्रेडिट कार्र्ड, ई–बैंकिङ, मोबाइल बैंकिङ, अटोमेटेड टेलर मेसिन (एटिएम)…
पुरा पढौ