समाचार

पल्सर स्पोटर्स अवार्डमा चार विधाका मनोनयन सार्वजनिक

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले आइतबार आयोजित अवार्ड मनोनयन घोषणा कार्यक्रममा अवार्डको २३औँ संस्करणको वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ५,५ मनोनयन सार्वजनिक गरेको हो ।वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका छन् । वर्ष उत्कृष्ट महिला… पुरा पढौ

दीपशिखाको निबन्ध प्रतियोगितामा त्रिभुवन शान्तिका टङ्कप्रसाद प्रथम

हरेक वर्ष भदौ १५ मा मनाइने पुस्तकालय दिवसको अवसर पारेर पोखरा २९ मा अवस्थित दीपशिखा सामुदायिक पुस्तकालयले आइतवार निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । पुस्तकालयको महत्व शीर्षकमा मा.वि (९—१२) स्तरीय प्रतियोगितामा लेखनाथ क्षेत्रका १२ विभिन्न विद्यालयका २३ जना विद्यार्थीले प्रतिस्पर्धी गरेका थिए । प्रतियोगितामा त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालयका टङ्कप्रसाद शर्माले प्रथम, लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलकी अर्माली पौडेलले द्धितीय र नेपाल आदर्श आवासीय मा वि पोखरा २९की एञ्जल यादवले तृतीय स्थान हाँसिल गरे । यसै गरी शिसुवाचोकमा रहेको… पुरा पढौ

तीज मनाउन दिदी बहिनी समुहले छुट्याएको रकम, बाढी प्रभावितलाई सहयोग

बुद्ध विशालबजारमा व्यवसाय गर्ने महिला व्यवसायीहरुको दिदीबहिनी समूहले तीज पर्वका लागि छुट्याएको रकम रसुवा, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई सहयोग गरेका छन् । दिदीबहिनी समूहले देश नै शोकमा परेको अवस्थालाई मध्यनजर गरी यो वर्ष तीज कार्यक्रमको आयोजना नगर्ने र सो कार्यक्रमको लागि छुट्याएको र५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् । रसुवा, भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवालगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा उद्धार, राहत र पुनःस्थापनाको आवश्यकता बढिरहेको अवस्थामा पर्व मनाउने… पुरा पढौ

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ । बाढीले लगातार तीन घण्टा हानेपछि बिहान पुल ढलाएर बगाएको स्थानीय विनोद नहर्कीले जानकारी दिए। पुल लगेपछि गण्डकी गाउँपालिका ७ र ८ का बासिन्दा त्रिशूली तरेर राजमार्गतर्फ जान समस्या भएको छ । “घ्याल्चोकका करिब ४०० घरधुरी किसानले तरकारी र दूध बोकेर चरौँदीको कृषि सहकारीमा लैजाने मुख्य बाटो हो”, उनले भने, “अब यहाँका किसानले तरकारी र दूध बेच्न नपाउने भए ।” यसअघि गत भदौ १०… पुरा पढौ

सबैलाई समेटेर संघलाई अघि बढाउने अध्यक्षका प्रत्यासी बुद्धाचार्यको प्रतिबद्धता

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६ औँ महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यले सबै क्षेत्रका व्यवसायीलाई समेटेर संघलाई विधानअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार पोखरामा आयोजित प्रतिबद्धता पत्र सार्वजनिक तथा पत्रकार सम्मेलनमा बुद्धाचार्यले आफू लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहेको अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने बताए।पत्रकारले यसअघिको निर्वाचनमा प्यानलमा रहेर प्रतिस्पर्धा गरेको व्यक्ति यसपटक एक्लै अध्यक्ष पदमा उम्मेदवार बन्नुको आधारबारे प्रश्न गरेका थिए। जवाफमा बुद्धाचार्यले समूहमा विभिन्न किसिमका व्यक्तिको भूमिका र प्रभाव हुनु स्वाभाविक रहेको… पुरा पढौ

युकेका पुर्व काउन्सिलर ज्ञानप्रसाद गुरुङलाई तमु धिं नेपालको स्वागत

कास्की जिल्ला अन्नपूर्ण गाउंपालिका घान्द्रुक गाउँ भइ युके स्विन्डन निवासी पुर्व काउन्सिलर ज्ञानप्रसाद गुरुङलाई पोखरामा तमु धिं नेपालले स्वागत एवम भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।युकेबाट छोटो समयका लागि नेपाल आउनु भएका समाजसेवी एवम सामाजिक अभियन्ता गुरुङलाई एक कार्यक्रम आयोजना गरि तमु धिं नेपाल केन्द्रिय समिती, तमु धिं नेपाल कास्की जिल्ला समिती, तमु धिं नेपाल केन्द्रिय आमा समिती, केन्द्रिय युवा समिति, तमु बिध्यार्थी समिती कास्की र कोने घोताने तमु समाज कास्कीले स्वागत एवम भेटघाट कार्यक्रम गरेको हो।गुरुङलाई तमु धिं नेपालका केन्द्रिय… पुरा पढौ

म्याजेस्टिक लेक फ्रन्ट होटलद्वारा प्रधानमन्त्री राहत कोषमा रु. १ लाख सहयोग

पोखरा, १४ भदौ २०८३ पोखरास्थित म्याजेस्टिक लेक फ्रन्ट होटलले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ लाख सहयोग गरेको छ। होटलका सञ्चालक युवा उद्दमी सुनिलबहादुर भट्टराईले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको जानकारी दिनुभयो। हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न जिल्लामा भएका विपद्बाट ठूलो जनधनको क्षति भएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि सहयोग आवश्यक… पुरा पढौ

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको छ । प्रहरी प्रधान कार्यालयले आज बिहानसम्मको उक्त विवरण सार्वजनिक गर्दैै हालसम्म दुई हजार ६९९ जनाको उद्धार गरिएको जनाएको छ ।विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको जनाउँदै उक्त कार्यालयले रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेका बताएको छ । सुरक्षाकर्मीले रसुवाका ६७६, नुवाकोटका दुई हजार २० र धादिङका तीन जनालाई उद्धार गरेका छन् भने काठमाडौँका… पुरा पढौ

कृष्णभीरमा सडक नै भासियो, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सडक अवरुद्ध भएको हो । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सोही राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन काठमाडौँमा रोकिएको जानकारी दिए । बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । काठमाडौँको नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले पृथ्वी राजमार्ग हुँदै… पुरा पढौ

सहारा क्लबको ‘समर हाइकिङबाट ६ लाख बचत, बाढी प्रभावितलाई ५० हजार सहयोग

पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर च्यारिटी’बाट ६ लाख रुपैयाँ बचत गरेको छ । क्लबले हाइकिङबाट बचत भएको रकम पोखरा–१७ दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित बालकहरूको शिक्षा, स्वास्थ्य, खानपान तथा फुटबल प्रशिक्षणमा खर्च गर्ने भएको छ ।गत साउन ३० गते पोखरा महानगरपालिका–९, फल्चा (महेन्द्रपुल)देखि काहुँडाँडासम्म आयोजना गरिएको एकदिने हाइकिङबाट कुल १० लाख ३६ हजार ४ सय ३० रुपैयाँ आम्दानी भएको क्लबले जनाएको छ । क्लबले शनिबार पोखरामा हाइकिङको आय–व्यय… पुरा पढौ