समाचार

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिईन् । छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिबाटै विपद्का बेला सङ्घ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा आफूहरू सहमत हुन नसक्ने जनाएका छन् । देउवा समूहका शीर्षनेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने सो समूहका नेता एनपी साउदले जानकारी दिए । संस्थापन पक्षले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर १४ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो । महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन्… पुरा पढौ

गुरुङ–मगर समाज लामाचौरले प्रौढ पुरुष तथा महिला भलिबल प्रतियोगिता असोज १ गतेदेखि आयोजना गर्ने

सन्देश श्रेष्ठपोखरा, भदौ २९ गुरुङ–मगर समाज, पोखरा–१९, लामाचौर (पातीघारी)ले राष्ट्रिय खुल्ला प्रौढ पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा यहि असोज १ गतेदेखि ४ गतेसम्म लामाचौर पातीघारीमा प्रतियोगिता आयोजना गर्ने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । राष्ट्रिय खेलको विकास, खेलाडीबीच आपसी सद्भाव र लुकेर रहेका प्रतिभाको खोजी गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक सन्दीप थापा मगरले जानकारी दिए । “राष्ट्रिय खेलको विकास, स्वास्थ्यका लागि खेलकुद, चालीस कट्यो,… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज महिला मुक्ति तथा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व भएकाले छुट्टै महत्व बोकेको बताएका छन् । तीजका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकआपसमा खुसी साटासाट र मनोरञ्जनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख गरे । ‘तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा… पुरा पढौ

भाद्र शुक्ल तृतीयाः विधिपूर्वक तीज व्रत लिइँदै, पशुपतिनाथका चार वटै ढोका खुला

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व आज देवादिदेव महादेवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीय मत छ । आत्मावादी… पुरा पढौ

दीप हाउजिङका तमु परिवारबाट भोटेकोशी बाढीपीडितलाई ३ लाख ४२ हजार राहत

पोखरा, २९ भदौ । भोटेकोशी बाढीपीडित तथा प्रभावितका लागि तमु धिं नेपालले सञ्चालन गरेको राहत संकलन अभियानमा पोखरा–१६ दीप हाउजिङका तमु परिवारले ३ लाख ४२ हजार ५५ रुपैयाँ सहयोग गरेका छन्।मुलुकमा विपद् पर्दा एकमुष्ट राहत सहयोग गर्ने तमु धिं नेपालको अभियानमा साथ दिँदै दीप हाउजिङ समाज तमु परिवारले उक्त रकम हस्तान्तरण गरेको हो। दीप हाउजिङ व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वरिष्ठ समाजसेवी मेजर हितमान गुरुङको नेतृत्वमा संकलित रकम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो।राहत रकम हस्तान्तरण गर्दै मेजर… पुरा पढौ

तमु पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र मिलन पत्रकारिता पुरस्कारबाट दिल प्रसाद गुरुङ (पञ्च सुब्बा) सम्मानित

तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको ७औँ साधारणसभा, १४औँ अधिवेशन तथा सम्मान कार्यक्रममा सञ्चारकर्मी एवं सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक कार्यालय गण्डकी प्रदेश पोखराकी प्रमुख शान्ति गुरुङ र सञ्चारकर्मी दिल प्रसाद गुरुङ (पञ्च सुब्बा) सम्मानित हुनुभएको छ।समाजसेवी तथा संस्थाका पूर्व केन्द्रीय अध्यक्ष मिना गुरुङद्वारा स्थापित तमु पत्रकारिता पुरस्कार–२०८३ बाट शान्ति गुरुङलाई सम्मान गरिएको हो। त्यस्तै, मिलन ग्रुप अफ नेपालका संयोजक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’द्वारा स्थापित मिलन पत्रकारिता पुरस्कार–२०८३ बाट दिल प्रसाद गुरुङ (पञ्च सुब्बा) सम्मानित हुनुभएको हो।पुरस्कारबाट सम्मानित… पुरा पढौ

पोखराका मेयर धनराज आचार्य काठमाण्डौमा “भिजनरी लिडरसिप अवार्ड” बाट सम्मानित

पोखरा । पोखरालाई व्यवस्थित, आधुनिक र नागरिकमैत्री महानगरका रूपमा अगाडि बढाउने अभियानमा सक्रिय पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ‘Visionary Leadership in Urban Development and Public Service Award’ बाट सम्मानित भएका छन्।सिजन मिडिया (Season Media) द्वारा आयोजित Asian Professional Achievement Award Nepal 2026 अन्तर्गत शहरी विकास, सार्वजनिक सेवा सुधार तथा दूरदर्शी नेतृत्वमार्फत पुर्‍याएको योगदानको कदर गर्दै नगर प्रमुख आचार्यलाई उक्त सम्मान प्रदान गरिएको हो।काठमाडौंमा आयोजित विशेष समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नगर प्रमुख आचार्यलाई अवार्ड प्रदान गर्नुभयो। नगर… पुरा पढौ

पोखरा पाटी मिडियाको आयोजना बेगनासमा सम्पन्न तीज गीत प्रतियोगिताको उपाधि उज्वल आमा समूहलाई

पोखरा पाटी मिडिया प्रालिले पोखरा–३१ स्थित बेगनासताल वराह क्षेत्रमा शनिबार आयोजना गरेको प्रथम तीजगीत प्रतियोगितामा उज्ज्वल आमा समूह प्रथम भएको छ । पोखरा पाटी मिडियाको आयोजना तथा बेगनासताल वराह क्षेत्र विकास संस्थाको समन्वयमा भएको प्रतियोगितामा सिर्जनशील आमा समूह, स्याङ्खुदी पोखरा–२८ द्वितीय, सक्रिय आमा समूह पोखरा–३१ तृतीय तथा दिदीबहिनी महिला समूह पोखरा–३० र लगनशील आमा समूहले सान्त्वना स्थान प्राप्त गरे । प्रथम हुने उज्वल आमा समूहले रु २५ हजार, द्वितीय हुने सिर्जनशिल आमा समूहले १५ हजार, तृतीय हुने सकृय आमा समूहले… पुरा पढौ

बाढी प्रभावितको सहयोगार्थ ‘मिडिया कप फुटसल’को तयारी पूरा

पोखरा, भदौ २८ कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता-२०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले आईतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै सो प्रतियोगिताबाट प्राप्त सबै मुनाफा बाढी प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि टिम दर्ताको काम भइरहेको आयोजक मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । ’प्रतियोगिता… पुरा पढौ