समाचार

हिउँ पन्छाइएपछि मुस्ताङको साङ्ता मतदान केन्द्र जाने सडक सञ्चालनमा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ—डोल्पा सडक हिउँ लगातार ६ दिनसम्म पन्छाइएपछि सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र सडक डिभिजन कार्यालय बाग्लुङको डोजर प्रयोग गरी सडक सञ्चालनमा ल्याइएको हो ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साङ्ता गाउँबाहिर रहेका मतदातालाई गाउँ फर्काउन र मतदानस्थलको सुरक्षामा खटिने कर्मचारी तथा सुरक्षा निकायलाई उक्त मतदान केन्द्रसम्म आउजाउ गर्न असहज भएकाले सडकको हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याइएको वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिननामगेल गुरुङले जानकारी… पुरा पढौ

निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्रीको अपिल(पूर्णपाठ)

प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आव्हान गरेकी छन् ।सक्रिय सहभागिताका लागि सबै मतदातासँग उनले अपिल गरेकी छन्। देशवासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन मतदानको महत्त्वमाथि जोड दिइन् ।निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित बनाउन सबैको सहकार्य आवश्यक रहेको उनले बताइन्।प्रधानमन्त्रीले देश फेरि इतिहासको महत्वपूर्ण मोडमा उभिएको उल्लेख गर्दै निर्वाचनमार्फत नागरिकले आफ्नै भविष्य निर्धारण गर्ने बताइन्।उनले भोट हाल्नु केवल उम्मेदवार छान्ने प्रक्रिया मात्र नभई आफ्नो… पुरा पढौ

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन र समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानममन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । तर सम्बोधनको समयबारे टुङ्गो भइसकेको छैन ।प्रतिनिधि सभा निर्वाचन आउन ३ दिन बाँकी रहँदा प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् । गत भदौमा भएको जेनजी आन्दोलनपछि भदौ २७ मा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए ।कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने प्रमुख जिम्मेवारी… पुरा पढौ

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा तोरन ल्ह फागुपूर्णीमा पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णीमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागुपूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष सुन्दरमान शेरचनले बताए । ‘‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पित्रीलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’’ उनले भने ‘‘आफन्तहरुलाई बोलाएर मिठामिठा परिकार खुवाउने… पुरा पढौ

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली फागुपूर्णिमा पर्वले हाम्रो समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् । फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले गर्दै यस पर्वले हामी सबैमा प्रेम, सद्भाव, आपसी एकता र लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मानको सन्देश प्रवाह गर्ने कामना गरे । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको खुसियालीमा हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा रङ्गहरूको उत्सवका रूपमा फागुपूर्णिमा होली हर्षोल्लासपूर्वक मनाइने सन्देशमा… पुरा पढौ

कास्की २ : ब्यालेटको लडाईंमा जनसेनाका कमाण्डर किरण थापा (आमोद), भुईंमान्छेको मनसँगै मत पाउने आशा

सन्देश श्रेष्ठपोखरा, माघ १८ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की २ मा किरण भनेर चिनिने हेमबहादुर थापा (आमोद)लाई उम्मेदवार बनाएको छ । भुईंमान्छेको नेताका रुपमा छवी बनाएका उनी दोस्रो पटक संसदीय निर्वाचनमा होमिएका हुन् । यसअघि २०७४ सालको चुनावमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट चुनाव लडेका उनलाई सफलता भने मिलेन । बुलेटबाट राजनीतिक यात्रा शुरु गरेका उनी अहिले भने व्यालेटबाट लडाईं लडिरहेका छन् । बौद्दिक नेतृत्व र भुईंमान्छेको नेताको छवी बनाएका उनको जन्म २०४० साल वैशाख १ गते बुबा लीलाबहादुर थापा… पुरा पढौ

कास्की-१ : एजेण्डा बुझाउँदै मत माग्दै राजकाजी, विकास र समृद्दिमार्फत कास्कीको रुप फेर्ने वाचा

राजकाजी गुरुङले कास्की–१ मा विकास र समृद्धिमार्फत जिल्लाको रूप फेर्ने एजेण्डासहित मत मागिरहेका छन्। जनआन्दोलन र जनयुद्धको जगमा स्थापित लोकतान्त्रिक व्यवस्थापछि कास्की-१ को चुनावी परिदृश्य फरक–फरक चरण पार गर्दै आएको छ। यही बदलिँदो परिवेशमा नेकपाको ‘तेस्रो जित’ निकाल्ने लक्ष्यसहित करण चुनावी मैदानमा उत्रिएका हुन्। २०६४ को पहिलो संविधानसभा र २०६५ को उपनिर्वाचनमा तत्कालीन माओवादीका उम्मेदवार विजयी भएका थिए। २०७० को दोस्रो संविधानसभामा कांग्रेसले बाजी मारेको यो क्षेत्रमा गणतन्त्रपछिका दुई निर्वाचनमा एमालेले जित हात पारेको थियो। जेनजी विद्रोहपछिको नयाँ राजनीतिक तरंगमा… पुरा पढौ

पोखरामा आचारसंहिता विपरित माईकिङ : चुनाव प्रचारप्रसारको माइकिङले नागरिक इरिटेड

सन्देश श्रेष्ठपोखरा, फागुन १७ निर्वाचन आयोगले उम्मेदवारको प्रचारमा माईकिङ गर्न निषेध गरेको छ । अर्थात ध्वनी प्रदूषण गरेर माईकिङ गर्नु आचारसंहिता विपरित हो । तर कास्कीमा भने यस विपरित उम्मेदवारको प्रचार भइरहेको छ । अर्थात पुरानै शैलीमा माईकिङमार्फत प्रचार गर्न दल र तिनका उम्मेदवारहरु होडबाजी गरिरहेका छन् । यसमा पुराना दलहरु नेपाली कांग्रेस, नेकपा एमाले वा नेपाली कम्युनिष्ट पार्टीमात्र होईन, बरु नया भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा)सम्म तँछाडमछाड गरिरहेका छन् । निर्वाचन आचारसंहिताको १३ (ड) मा… पुरा पढौ

पोखरामा लायन्स फेवा फिस्टेल सिटिको आयोजनामा बृहद् रक्तदान, १२८ युनिट रगत संकलन

पोखरा । लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटि र नेपाल हृदयरोग निवारण प्रतिष्ठान कास्की को संयुक्त आयोजनामा आज (आइतबार) महेन्द्रपूल मा सम्पन्न बृहद् खुल्ला रक्तदान कार्यक्रममा १२८ युनिट रगत संकलन भएको छ। आगामी फाल्गुन २१ गते हुने निर्वाचनका बेला आकस्मिक घटना, उपचार तथा शल्यक्रियाका कारण रगतको माग बढ्ने सम्भावनालाई मध्यनजर गर्दै सम्भावित अभाव रोक्न विशेष पहलस्वरूप कार्यक्रम आयोजना गरिएको आयोजकका गिता लामिछानेले जनाएका छन् । नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा पोखरा को तालिकामा हाल नियमित रक्तदान… पुरा पढौ

पश्चिमाञ्चल माविमा फूड फेस्टिवल

पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा फूड फेस्टिवल आयोजना गरिएको छ । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीमा प्रयोगात्मक ज्ञान दिलाउनका लागि विद्यालयमा फूड फेस्टिवल आयोजना गरिएको हो । कार्यक्रमको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यार्थीलाई किताबी ज्ञानसँगै प्रयोगात्मक अभ्यास गराउनका लागि फूड फेस्टिवल आयोजना गरेको उनले बताए ।‘विद्यार्थीले सैद्धान्तिक ज्ञान त कक्षाकोठामा पाएका थिए । तर उनीहरुलाई प्रयोगात्मक ज्ञानको पनि आवश्यकता थियो । त्यही ज्ञान हासिल गराउनका लागि यो अभ्यास गराएका हौं,’ उनले भने, ‘यसले विद्यार्थीलाई… पुरा पढौ