समाचार

कच्चा पदार्थको अभावले पोखरामा प्रशोधित खानेपानी उद्योगहरू सङ्कटमा

कच्चा पदार्थको अभावले पोखरामा प्रशोधित पानी उत्पादनमा समस्या पैदा भएको छ । यसका कारण उद्योगहरुको उत्पादन ठप्प हुने स्थित उत्पन्न हुन लागेको बताइएको छ । प्रशोधित पानी उद्योग व्यवसायी संघ, कास्कीमा आवद्ध भएका व्यवसायीहरुको पूर्ण भेलाले मध्यपुर्वमा मा जारी युद्धको कारण पानी प्रशोधनका लागि चाहिने कच्चा पदार्थको अभाव र मूल्यवृद्धिका कारण खानेपानी उत्पादनमा समस्या उत्पन्न भएको निष्कर्ष निकालेको छ । संस्थाका अध्यक्ष प्रेम बहादुर क्षेत्रीको अध्यक्षता भएको भेलाले यस्तो असहज परिस्थितमा व्यवसायीहरूलाई संयमित रहन आग्रह समेत गरिएको छ । भेलामा… पुरा पढौ

पर्स्याङस्थित शान्ति निकेतन स्कुल नयाँ व्यवस्थापनसहित अत्याधुनिक सुविधायुक्त भवनबाट पठनपाठन हुने

पोखरा । कास्कीको पोखरा महानगरपालिका–५, पर्स्याङस्थित शान्ति निकेतन स्कुलले शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनसहित अत्याधुनिक सुविधायुक्त भवनबाट पठनपाठन सञ्चालन गर्ने घोषणा गरेको छ। विद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थापक प्राचार्य डा. महेश्वर पराजुलले नयाँ भवन, शैक्षिक विस्तार योजना तथा भावी कार्यक्रमबारे जानकारी दिएका हुन्। वि.सं. २०६२ सालमा स्थापना भएको विद्यालयले २० वर्षको शैक्षिक यात्रामा उल्लेखनीय उपलब्धि हासिल गर्दै कास्की जिल्लामा गुणस्तरीय शिक्षाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको दाबी गरिएको छ। विद्यालयका अनुसार विभिन्न स्थानीय तथा राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा… पुरा पढौ

पोखरामा ‘दोस्रो वाडा अटो सो’ शुरु, भिन्टेज कार मुख्य आकर्षण

सन्देश श्रेष्ठपोखरा, चैत ११ पोखरामा ‘नाडा प्रेजेन्ट्स दोस्रो वाडा अटो शो’ शुरु भएको छ । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन (वाडा)को आयोजनामा पोखराको लेकसाइडमा रहेको तालबाराही चोकस्थित खेल मैदानमा चैत १५ गतेसम्म हुने वाडा अटो सो को गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरे । वाडा अटो शो मा २० वटा स्टलहरु राखिएका छन् । जहाँ १६ ब्राण्डका चार पाङग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डका २ पाङग्रे, एउटा हेभी कमर्सियललगायत लुब्रिकेन्ट, टायर, ग्यारेज… पुरा पढौ

सहज सेवा प्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्ने बताएका छन् । प्रदेश लोक सेवा आयोग गण्डकीको पाँचौ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि भट्टले कर्मचारीतन्त्रले जबसम्म नागरिकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म जनता खुशी हुन सक्दैनन् भन्ने वास्तविकतालाई बिर्सन नहुनेमा जोड दिए । ‘स्व–उत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सक्दछन् भन्ने यथार्थलाई हामीले बिर्सन हुँदैन ।’ उनले भने – ‘वर्तमान समयमा सरकारी… पुरा पढौ

गण्डकीमा हिंसा : गैरराज्य पक्षबाट ६४४ जना, राज्य पक्षबाट ५४ जना पीडित

सन्देश श्रेष्ठपोखरा, चैत ११ गण्डकी प्रदेशमा पछिल्लो एक वर्षमा ७ सय जना हिंसामा परेको प्रतिवेदन सार्वजनिक भएको छ । ईन्सेकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा गण्डकीमा सन २०२५ मा ५ सय २६ जना महिला र १ सय ७४ जना पुरुष हिंसामा परेको उल्लेख गरेको हो । हिंसामा परेका ७ सयमध्ये राज्य पक्षबाट ५४ जना र अन्य पक्षबाट ६ सय ४४ जनामा हिंसामा परेर पीडित भएको देखिएको छ । सबैभन्दा धेरै महिला अधिकार सम्बन्धि हिंसामा परेको प्रतिवेदनले औंल्याएको छ । जसमा ४… पुरा पढौ

फागुन २१ गतेको निर्वाचन मानकः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिएकी छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोग नेपालले आज बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनःमतदान गर्नु नपर्ने र शान्तिपूर्ण रुपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा पनि यथावत् राख्नुपर्ने बताईन् । “यसपटकको निर्वाचनले अन्तरराष्ट्रियस्तरमा नेपालको छवि राम्रो भएको छ, यसबाट नेपालप्रतिको सम्मान बढेको छ,… पुरा पढौ

निर्वाचन लोकतन्त्रको मेरुदण्ड:राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताएका छन् । निर्वाचन आयोग नेपालद्वारा आज आयोग परिसर बहादुर भवनमा आयोजित जलपान कार्यक्रमलाई सम्बोधन गदैं उनले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि सबैले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए । “निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ, लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा… पुरा पढौ

ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण,जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्नेमा जोड

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिएका छन् । उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका थिए । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहालीपश्चात् प्रतिक्रिया दिँदै केसीले मुलुकको समग्र हितका पक्ष प्रतिपक्षलाई समेटेर गहन दायित्व पूरा गर्ने जिम्मेवारी सबैको भएको बताए । “हामी सबैको साझा शत्रु भनेको गरिबी, रोग, भोक र कुशासन हो, त्यसका लागि संसद्ले प्रभावकारी भूमिका खेल्नुपर्छ । विसं २०१५ पछि जनताबाट… पुरा पढौ

तल्लो सेती जलविद्युत् आयोजना, आवासका लागि जग्गा अधिग्रहण

तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्राप्त हुने नियन्त्रित र मादी नदीबाट प्राप्त हुने थप पानी प्रवाहलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । तल्लो सेतीको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको र अब विद्युतगृह, कार्यालय र कर्मचारी आवास क्षेत्रका लागि देवघाट गाउँपालिकामा पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद केसीलाई शपथ गराएका हुन्।समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । यसैगरी समारोहमा मन्त्री, नव निर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद् बैठक आह्वान गर्ने तयारी भइरहेको छ । यसैको तयारीका लागि… पुरा पढौ