समाचार

पोखरा-३० को वडाध्यक्षमा कांग्रेसका सुबेदी विजयी

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३० को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाप्रसाद सुबेदी बिजयी भएका छन् । सुबेदी एमालेका उम्मेदवार सोमनाथ बास्तोलालाई १ सय ७९ मतान्तरले पछि पार्दै बिजयी भए । बिजयी सुबेदीले १ हजार ५ सय ४१ मत प्राप्त गरे । पराजित बास्तोलाले १ हजार ३ सय ६२ मत प्राप्त गरे ।खुल्ला सदस्यमा कांग्रेसका नवराज मंगलकाजी मानन्धरले २ हजार २ सय ४ र विनोद प्रसाद लामिछानेले २ हजार २ सय ६ मत प्राप्त गर्दै बिजयी भए । महिला… पुरा पढौ

आँधीबाट ३३ को मृत्यु

भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ । बिहीबारदेखि भारी वर्षासहित आएको आँधीले यहाँ जनधनको ठूलो क्षति भएको पनि बताइएको छ । बिहार राज्यका मुख्मन्त्री नितिश कुमारलाई उद्धृत गर्दै त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले दिएको समाचारअनुसार बिहीबारदेखि सुरु भएको वर्षा तथा हावाहुरीले यहाँका ३३ जनाको ज्यान लिएको छ । यस राज्यका करिब १६ जिल्लामा आँधीले असर गरेको छ । सो आँधीमा परेर सयौँ घर भत्काइदिएको छ भने अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ ।… पुरा पढौ

तनहुँमा ३७३ जनप्रतिनिधि निर्वाचित

तनहुँ । स्थानीय तह निर्वाचनबाट तनहुँमा नौ स्थानीय तहमा ३७३ जनप्रतिनिधि निर्वाचित भएका छन् । व्यास नगरपालिकामा मतगणना जारी रहँदा अन्य स्थानीय तहमा ती तहमा जनप्रतिनिधि निर्वाचित भइसकेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी उक्त सङ्ख्यामा जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । जिल्लामा सबैभन्दा बढी नेपाली कांग्रेसबाट १८२ निर्वाचित भएका छन् । नेकपा ९एमाले०बाट १५१, नेकपा ९माओवादी केन्द्र०बाट ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक र स्वतन्त्रबाट पाँच… पुरा पढौ

नवनिर्वाचित जनप्रतिनिधिका पहिलो निर्णय

बागलुङ । बागलुङका दशवटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले शपथ र पदभार ग्रहण गरेका छन् । पदभार सम्हाल्लेसँगै उनीहरुले लोकप्रिय निर्णय र प्रतिबद्धता सार्वजनिक गरेका छन् । कति घोषणा स्थानीय तहको दीर्घकालीन विकाससँग सम्बन्धित छन् त कतिपय सार्वजनिक सेवा प्रवाहसँग जोडिएका । केही जनप्रतिनिधिले चुनावअघि मतदातासामु गरेका मुख्य प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने निर्णयसमेत गरेका छन् । ताराखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धनबहादुर विकले पदभार ग्रहणसँगै दुई महत्वपूर्ण निर्णय लिए । उनले आफुले पाउने सबै तलबभत्ता सहिद, बेपत्ताजनका परिवार, अपाङ्गता भएका व्यक्ति र असहायका… पुरा पढौ

कालिका मन्दिर चिनाउन सङ्ग्रहालय

बागलुङ । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ । कालिका मन्दिर भगवती मन्दिरको प्रवेशद्वारमा दुईतले सङ्ग्रहालय भवन निर्माण थालिएको छ । कालिका मन्दिरसँग जोडिएको पुरातात्विक वस्तु, कालिका मन्दिरको इतिहासलगायतका जानकारी सङ्ग्रहालयमा राखिने छ । सङ्ग्रहालय निर्माणपश्चात कालिका मन्दिर चिनाउन थप सहज हुने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । दुई तलाको पक्की भवन निर्माणपश्चात यसलाई सङ्ग्रहालयका रूपमा अगाडि बढाइने छ… पुरा पढौ

लुम्बिनीमा रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध

कर्णाली । लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । आज बिहानदेखि उक्त ढलेका रुख हटाएर प्रशारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । १३३ केभी प्रशारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्ने वित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने… पुरा पढौ

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

धनगढी । धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २६ हजार ८६५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उपमहानगरका निवर्तमान प्रमुख नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार उपमहानगरको उपप्रमुखमा नेकपा ९एमाले०का प्रत्यासी कन्दकला राना थारु १५ हजार ४७९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गरे । यसैबीच धनगढी उपमहानगरको… पुरा पढौ

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा

स्याङ्जा । स्याङ्जामा सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा कार्यालयको एउटा मोटरसाइकल, गल्याङ नगरपालिकाको चार पाङ्ग्रे सवारी साधन र पर्वतको पैयँु गाउँपालिकाको चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको हो । आज पनि सार्वजनिक… पुरा पढौ

पोखरा–३० को वडाध्यक्षमा काँग्रेसलाई पछ्याउँदै एमाले

पोखरा महानगरपालिका वडा नं ३० को वडाध्यक्ष पदका लागि अग्रता कायम राखेको काँग्रेसलाई नेकपा एमालेले पछ्याउँदै छ। हालसम्म गणना गरिएको ४४५४ मतमध्ये काँग्रेस एमाले भन्दा १८० मतान्तरले अगाडी छ। सार्वजनिक मत परिणाममध्ये काँग्रेसले १९७७ मत ल्याएको छ भने एमालले १७९७ मत ल्याएको छ। त्यस्तै, उक्त वडाको महिला सदस्य र दलित महिला सदस्यमा भने भारी बहुमतसहित एमाले अगाडी छ। मत परिणाममध्ये महिला सदस्यमा एमालेको निकटतम प्रतिद्वन्द्व नेकपा (माओवादी, केन्द्र) बनेको छ । एमालेले १९३९ मत पाउँदा माओवादीले १४३१ मत ल्याएको छ।… पुरा पढौ

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा सुयश मल्ल

पोखरा, जेठ ८ नेपाली युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा सुयश मल्ल चयन भएका छन् । मञ्चको शनिबार सम्पन्न १७ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले मल्ललाई अध्यक्षमा चयन गरेको हो । मञ्चको ईमिडियट पास्ट प्रेसिडेन्टमा सुनिलबहादुर भट्टराई, प्रेसिडेन्ट ईलेक्टमा निरन केसी, प्रेसिडेन्ट नोमिनीमा ई.विशेष थापा, कार्यक्रम संयोजकमा समेज राजभण्डारी र आर्थिक संयोजकमा सरोज कायस्थ चयन भएका छन् । यसैगरी, मञ्चको कार्यकारिणी सदस्यहरुमा निकेश द्वा, हर्षल बिजुक्छे, विवेक श्रेष्ठ, दीशान्त शेरचन, सागर भट्टराई र सुरज श्रेष्ठ चयन भएका छन्… पुरा पढौ