समाचार

एमाले गढ पोखरा–१७ को वडाध्यक्षमा पनि काँग्रेसकै अग्रता

पोखरा महानगरपालिकाको वडा नं १७ को वडाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकै अग्रता छ। एमालेको गढ मानिने उक्त वडाको वडाध्यक्ष पदमा काँग्रेसले एमालेमाथि ३७ मतान्तरले लिड गरेको हो। वडाको २७०० मत गन्दा वडाध्यक्ष पदमा काँग्रेसले १०२० मत पाउँदा एमालेले ९८३ मत पाएको छ। तर, हालसम्मको जारी मत गणनामा वडाका महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा भने नेकपा एमालेले काँग्रेसलाई पछाडी पारेको छ। महिला सदस्य पदमा एमालेले १११८ मत पाउँदा काँग्रेसले ८६८ मत पाएको छ। त्यसैगरि, दलित महिला सदस्य पदमा… पुरा पढौ

पोखरा–१० मा कांग्रेसको प्यानल झण्डै दोब्बर मतसहित बिजयी

पोखरा महानगरपालिका वडा नम्बर–१० मा कांग्रेसको प्यानल नै बिजयी भएको छ । आज विहान सम्पन्न मत गाणनामा कांग्रेसका वडाध्यक्षसहित सबै सदस्य बिजयी भएका हुन् । वडाध्यक्षमा कांग्रेसका राजेश कांग्रेसका राजेश गुरुङ १८५८ मतसहित बिजयी भएका छन् । उनले एमालेकी पवित्रादेवी गुरुङलाई ८७५ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । पराजित गुरुङले ९८३ मत प्राप्त गरिन् । महिला सदस्यमा कांग्रेसकी नरदेवी गुरुङले १६७६ मतसहित बिजयी हुँदा एमालेकी उम्मेदवार सीमा राई गुरुङ १०२५ मत ल्याएर पराजित भईन् । दलित महिला सदस्यमा कांग्रेसकी… पुरा पढौ

पोखरा–१६ को वडाध्यक्ष पदमा काँग्रेसकै अग्रता

पोखरा महानगरपालिकाको वडा नं १६ मा पनि काँग्रेसकै अग्रता छ। महानगरका लागि मेयर पदमा एमालेबाट उम्मेदवार बनेका कृष्ण थापाको गृहवडामा वडाध्यक्ष पदमा काँग्रेसले एमालेलाई ८३ मतले पछाडी पारेको छ। हालसम्म ५४०१ गन्दा वडाध्यक्षमा काँग्रेसले २३८६ मत ल्याएको छ भने एमालेले २३०३ मत ल्याएको छ। महिला सदस्यमा भने अत्यधिक भारी मत सहित एमाले अघि छ। महिला सदस्यका लागि एमालेले २५५८ मत पाएको छ भने काँग्रेसले ७७१ मात्रै पाएको छ। त्यस्तै, दलित महिला सदस्य पनि भारी मतसहित एमाले अगाडी छ। एमालेले २४६९… पुरा पढौ

पोखरा–१० मा भारी मतसहित काँग्रेस प्यानल नै जितको नजिक

पोखरा–१० मा भारी मतसहित काँग्रेस प्यानल नै जितको नजिक रहेको छ। वडाको ३२ सय मत गन्दा वडाध्यक्ष पदमा काँग्रेस ७८४ मतान्तरले अगाडी छ। काँग्रेसले १७१३ मत र निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)ले ९२९ मत पाएको छ। महिला सदस्यमा पनि काँग्रेसले १५४१ मत पाउँदा एमालेले ९५८ मत पाएको छ। त्यस्तै, दलित महिला सदस्य पदमा काँग्रेसले १५७६ मत पाउँदा एमालेले ९६० मत पाएको छ। खुल्ला सदस्य (१) मा पनि काँग्रेसले १५४२ मत पाउँदा एमालेले ७७८ मत मात्रै पाएको छ। त्यसैगरी, खुल्ला सदस्य (२)… पुरा पढौ

पोखरामा १०११२१ मत गणना सकिदा थापा भन्दा धनराज ३२६० मतले अघि

पोखरा, जेठ ८ पोखरा महानगरपालिकामा १ लाख बढी मत गणना सम्पन्न हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् । उनले एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार २ सय ६० मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्। आइतबार विहानसम्म १ ला १ हजार १ सय २१ मतगणना सकिदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ४० हजार ४ सय ३४ मत को मेयर पदमा धनराज आचार्यले अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३७ हजार १… पुरा पढौ

पोखरा-१५ को वडाध्यक्षमा बानियासहित एमालेको प्यानल नै बिजयी

पोखरा महानगरपालिका वडा नम्बर १५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार तोरण बानिया बिजयी भएका छन् । एमाले उम्मेदवार बानिया नेपाली कांग्रेसका उम्मेदवार मीनबहादुर गिरीलाई ६ सय ३६ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी बानियाले २ हजार ३ सय ३८ मत प्राप्त गरे भने पराजित गिरीले १७०२ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकै सेतीमाया गुरुङ २३००, दलित महिला सदस्यमा मन्दिरा परियार २२९१ तथा खुल्ला सदस्यमा एमालेका आशिष भण्डारी २३७९ र बलराम पौडेल २१८० मत ल्याएर बिजयी भए । पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार सार्वजनिक विदा हुने

पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भोली आइतबार सार्वजनिक विदा हुने भएको छ । यस निर्णयसँगै अस्पतालको आकस्मिक सेवा वाहेक ओ.पि.डी.सेवा र अन्य सेवाहरु बन्द रहनेछन् ।नेपाल सरकारले यहि जेठ १ गतेदेखि लागू हुने गरी आइतबार सार्वजनिक विदा दिने निर्णय गरेकोमा अस्पतालले यहि जेठ ८ गते आइतबारदेखि निर्णय कार्यान्वयन गर्ने भएको सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए । तर सेवाग्राहीलाई पर्न सक्ने असरलाई मध्यनजर राख्दै अस्पतालले केहि दिन भित्रै आइतवार र अन्य सार्वजनिक विदाका दिन समेत सञ्चालन हुने गरी विस्तारित स्वास्थ्य… पुरा पढौ

पोखरामा ९०५६१ मत गणना : धनराज ३२९६ मतले अघि

पोखरा, जेठ ७ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले अग्रता अग्रता कायम राखेका छन् । यद्यपी मतान्तर भने केहि कम हुँदै गएको छ। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्य र नेकपा एमालेका उम्मेदवार कृष्ण थापा बीचको मतान्तर ३ हजार २ सय ९६ मत छ। हालसम्म ९० हजार ५ सय ६१ मत गणना सम्पन्न हुँदा आचार्यले ३६ हजार ४ सय २६ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३३ हजार १ सय ३० मत ल्याएर… पुरा पढौ

पोखरा–३० मा कांग्रेसको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर ३० मा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको छ । शनिबार दिउँसोसम्म १५५० मत गणना गर्दा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको हो । यद्वपी यहाँ थोरै मतान्तरले कांग्रेसले अग्रता लिएको छ । वडाध्यक्षमा कांग्रेस उम्मेदवार ६८१ मत ल्याएर अग्रता लिएका छन् । उनलाई एमाले उम्मेदवारले ६३९ मत ल्याएर पछ्याईरहेका छन् । महिला सदस्यमा एमाले उम्मेदवारले ६७५ मत ल्याएर अग्रता बनाउँदा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले ४८५, दलित महिला सदस्यमा एमाले उम्मेदवार ६८२ मत ल्याएर अग्रता… पुरा पढौ

पोखरामा ८६२५७ मत गणना : धनराजलाई ३४४५ मतको अग्रता

पोखरा, जेठ ७ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले निरन्तर अग्रता कायम राखेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ४५ मत पु¥याएका हुन् । हालसम्म ८६ हजार २ सय ५७ मत गणना सम्पन्न हुँदा आचार्यले ३४ हजार ८ सय १९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३१ हजार ३ सय ७४ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले ३… पुरा पढौ