समाचार

पोखरा ११ मा नेपाली कांग्रेसको अग्रता

पोखरा । पोखरा ११ को जारी मतगणनामा नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासी प्रेम कर्माचार्यले नेकपा एमालेका प्रत्यासी मीनबहादुर गुरुङलाई २१२ मतले लिड गरेका छन् । कर्मचार्यले १ हजार ७१७ मत ल्याउँदा उनका प्रतिपस्र्धी एमालेका गुरुङले १ हजार ५ मत ल्याएका छन् । यस्तै महिला सदस्य तर्फ नेपाली कांग्रेसकी रनसुवा गुरुङले १ हजार ७१७, दलित महिला सदस्य टुकुरादेवी परियार १ हजार ६९६ , खल्ला सदस्य तर्फ नेपाली कांग्रेसका विष्णुप्रसाद घिमिरे १ हजार ४९१ र सुशिल बास्तोलाले १ हजार ६०४ मत ल्याएर अगाडी… पुरा पढौ

पोखरा २२ मा एमालेका गुरुङको अग्रता, ‘भुईकटहर’ चिन्हका बराल ३१ मतले पछाडी

पोखरा । पोखरा २२ को ५ सय मतगणना सकिँदा नेकपा एमालेबाट वडाध्यक्षका प्रत्यासी प्रकाशचन्द्र गुरुङले प्रारम्भीक अग्रता लिएका छन् । गुरुङले ३१ मतले भुईकटहर चिन्ह भएका स्वतन्त्र उम्मेद्वार हिमलाल बराललाई लिड गरिरहेका छन् । गुरुङले २३७ मत ल्याउँदा उनका प्रत्यासी बरालले २०६ मत ल्याएका छन् । यसैगरि जसपाका सरिता क्षेत्री र राप्रपाका सबिन बरालले समान ६ – ६ मत ल्याएका छन् । यस्तै सो वडामा वडासदस्य, महिला सदस्य र दलित महिला सदस्यमा नेकपा एमालेका उम्मेद्वार अगाडी छन् । यस्तै सो… पुरा पढौ

पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जुदेवीको अग्रता

पोखरा । पोखरा महानगरपालिमा जारी मतगणनामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयरका प्रत्यासी धनराज आचार्यले अग्रता लिएका छन् ।हालसम्म एक लाख १२ हजार ५८० मत गणना हुँदा आचार्यले ४५ हजार २७ मत प्राप्त गर्दा उनका प्रत्यासी नेकपा एमालेका उम्मेद्वार कृष्णबहादुर थापाले ४१ हजार ५९० मत ल्याएका छन् । उनीहरुविच ३ हजार ४३७ मतान्तर छ ।यस्तै मेयरतर्फ नै राप्रपाका शंकर खरालले ४ हजार ९८७ , विवेकशिल साझा पार्टीका शुशिला केसी अधिकारीले ३१४, लौरो चिन्ह भएका स्वतन्त्र उम्मेद्वार खडकराज पौडेल गनेशले २७५९… पुरा पढौ

विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

चितवन । कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–१० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज दिउँसो १ः१५ बजे कार्यालयको बाहिरपट्टी झुण्ड्याइएको फ्लेक्स बोर्ड झिक्ने क्रममा उक्त घटना भएको हो । घटनामा परी भरतपुर–१० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षीया सुवेदीको मृत्यु भएको हो । सोही कार्यालयमा कार्यरत भरतपुर–७… पुरा पढौ

थप छ जनामा सङ्क्रमण पुष्टि

काठमाडौ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर उल्लेख्यरूपमा घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा दुई हजार २२६ जनामा परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १४१ जना छन् । विगत २४ घण्टामा १३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९७५ पुगेको छ । यो दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित रहेका जिल्ला ३१ पुगेका छन् ।… पुरा पढौ

पोखरा १६ मा कांग्रेस जित नजिक

पोखरा । पोखरा १६ मा कांग्रेसले अग्रता कायम गरेको छ । अहिलेसम्म ७००० मत गणना हुदा १६ नं. वडाध्यक्षमा कांग्रेसले ३१२० मत प्राप्त गरेको छ भने एमालेले २९४४ मत प्राप्त गरेको छ । नेकपा माओवादीले ६९ मत पाएको छ । वडाबाट एमालेका मेयर उम्मेद्धार कृण्ण थापालाई ३२०३ मत प्राप्त भएको छ भने गठबन्धनका धनराज आचार्यलाई अहिलेसम्म २३६० मत प्राप्त भएको छ । त्यसैगरि उपमेयरमा एमालेलाई ३३११ मत प्राप्त भएको छ भने कांग्रेसलाई २४९७ मत प्राप्त भएको छ । पुरा पढौ

पोखरा २१ मा फराकिलो मतान्तरले एमालेको अग्रता

पोखरा । पोखरा २१ मा फराकिलो मतान्तरले एमालेले अग्रता कायम गरेको छ । अहिलेसम्म ६०० मत गणना हुदा २१ नं. वडाध्यक्षमा एमालेले ३२८ मत प्राप्त गरेको छ भने कांग्रेसले १० मत प्राप्त गरेको छ । नेकपा माओवादीले ५ मत पाएको छ । वडाबाट एमालेका मेयर उम्मेद्धार कृण्ण थापालाई २७१ भएको छ भने गठबन्धनका धनराज आचार्यलाई २४५ मत परेको छ। त्यसैगरि उपमेयरमा एमालेलाई ३३३ मत प्राप्त भएको छ भने कांग्रेसलाई १४२ मत परेको छ । पुरा पढौ

पोखरामा १०७९६२ मत गणना सकियो, धनराजको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकामा १ लाख ७ हजार ९ सय ६२ मत गणना सम्पन्न हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् । उनले एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार ४ सय १७ मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्। हालसम्म १ लाख ७ हजार ९ सय ६२ मतगणना सकिदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४३ हजार २ सय १५ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३९ हजार ७ सय ९८ मत… पुरा पढौ

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी उनले तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार आइपुगेकी हुन् । यसैविच उनले आजनै परराष्ट्रमन्त्री डा नारायण… पुरा पढौ

बाबु र छोराको हत्या

सिरहा । सिरहाको अर्नमा गाउँपालिकामा गएराति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका– १ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उहाँका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो । सन्त कुमारको यही जेठ ११ गते विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर करिब १२ बजे सुतेपछि दुबैको हत्या भएको स्थानीयवासीले बताएका छन् । उनीहरुका अनुसार राति करिब १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख करिब ३ बजे हत्याको घटना गाउँभरी फैलिसकेको… पुरा पढौ