समाचार

पोखरामा गठबन्धनको प्रतिबद्धता : सुशासन पहिलो प्राथमिकता

पोखरा, २३ बैशाख सत्तारुढ गठबन्धनले सुशासन पहिलो प्राथमिकता भएको जनाएको छ । गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्य र उपमेयर कोपिला रानाभाटले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको हो । प्रतिबद्धताको पहिलो बुँदामा भनिएको छ,‘सुशासन हाम्रो पहिलो प्राथमिकता हो । यहाँको जनतालाई हामी सुशासनको प्रत्याभूति दिलाउँछौं ।’ पोखरा महानगरपालिकामा अहिले सुशासन कायम हुन नसकेको भन्दै आलोचना भइरहेको छ । अझ केहिले त पोखरा महानगरपालिका भ्रष्टाचारको अखडा बनेको भनेर टिप्पणी गर्ने गर्छन् । महानगरमा वार्षिक १४… पुरा पढौ

तनहुँमा रेलिङले च्यापिएर महिलाको मृत्यु

तनहुँको व्यास नगरपालिका–१ माइली डाँडामा रेलिङले च्यापिएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ निवासी ५६ वर्षीया वसुन्धरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ग १ ख ५८७५ नम्बरको टिपरले निर्माण सामग्री खन्याउने क्रममा घरको रेलिङमा ठक्कर दिई सोही रेलिङले च्यापिएर घाइते महिलाको हिँजो (बिहीबार) उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्। घाइते महिलालाई तत्कालै रत्नहरि अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो। टिपर चालक म्याग्दे… पुरा पढौ

पोखरा महानगरमा राप्रपा पहिलो पार्टी : गुरुङ

राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले पोखरा महानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले जित्ने दाबी गरेका छन्। पोखरामा बुधबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राप्रपाप्रति घरदैलोमा देखिएको जनसमर्थनले आफूहरुलाई त्यो आत्मविश्वास मिलेको उनले बताए। ‘हामी अरु पार्टीले जसरी झूठो बोल्दैनौँ। धेरै भन्दा धेरै जनताले साथ दिए जित्छौँ, तर यो कुरा चाहीँ पक्का हो कि हामीले महानगरमा जित निकाल्न नसकेपनि निकटतम प्रतिद्धन्दि भने हुनेछौँँ। ‘हामी महानगरको दोस्रो ठुलो दल हुने निश्चित छ,’ गुरुङले भने। गुरुङले राप्रपाप्रति पछिल्लो समय… पुरा पढौ

पोखरा–७ मा एमालेको चुनावी घरदैलो, जित सुनिश्चित

पोखरा महानगरपालिका वडा नं ७ नेकपा एमालेले चुनावी घरदैलो अभियान गरेको छ। एमालेका उम्मेदवारहरु पोखरा–७ का मतदाताको पुगेर सूर्य चिन्हमा भोट हालेर आफूहरुलाई जिताउन अपिल गर्दैछन्। वडाको सुगमगहनमार्ग र नुुवारथोकमा घरदैलो गरेका हुन। आफुहरुले जिते आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्यलगायतका पूर्वाधार विकास क्षेत्रमा उत्कृष्ट काम गरेर वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जनाएका हुन्। घरदैलो कार्यक्रम पुष्पलालपार्कमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्यले कार्यकर्ता, शुभेच्छुकहरुलाई एमाले पार्टीलाई जिताउन लागि पर्न आग्रह गरे। नेकपा… पुरा पढौ

पोखरामा शनिबार राप्रपाको चुनावी आमसभा, राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने

पोखरा । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखरा महानगरपालिकामा विशेष चुनावी आमसभा गर्ने भएको छ । पार्टीले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आमसभाको बारेमा जानकारी दिएको हो । बैशाख २४ गते शनिबार पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजेदेखि आमसभा शुरु हुने पार्टीले जनाएको छ । चुनावी आमसभालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित आमसभामा पार्टीका शीर्षस्थ नेताहरुको पनि सहभागिता रहने राप्रपा गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । ‘हाम्रो पार्टीले चुनावमा उठाएका उम्मेदवारहरुको… पुरा पढौ

जनगुनासो नआउने गरी जनतामुखि काम गर्छु : पोखरा २२ का अध्यक्षका प्रत्यासी बराल

पोखरा । पोखरा २२ का साझा उमेदवार वडा अध्यक्षका प्रत्यासी हिमलाल बरालले जन गुनासो नआउने गरी जनता मुखी सेवा गर्न आफु तयार रहेको बताए । विहिबार चुनावी प्रचार प्रसार अभियानमा स्थानियको गुनासो सुन्दै अध्यक्षका प्रत्यासी बरालले आफुलाई स्थानियले जिताएको खण्डमा जनता मुखि निःस्वार्थ भावले काम गर्ने प्रतिवद्धत्ता व्यक्त गरेका हुन् । विहिबार घैयाखेत, तल्लो कोदी, डहरा, कालीमाटी, अर्चलवोट लगायतको स्थानमा पुगेका अध्यक्ष बराल नेतृत्वको गठबन्धनको टोलीलाई स्थानिय आमा समुह तथा क्लवहरुले समेत स्वागत गरेको कांग्रेस नेता प्रकाश बरालले बताए ।स्थानियले… पुरा पढौ

कास्कीका गाउँपालिकाहरुमा काँग्रेसका उम्मेदवारहरुको आ–आफ्नै गुरुयोजना र प्रगति विवरण

पोखरा । प्रतिबद्धता र गुरुयोजनासहित यतिबेला नेपाली काँग्रेस र गठबन्धनबाट सँयुक्त रुपमा आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । खासगरि बितेको ५ बर्षमा देखिनेगरि काम भएको कास्कीको अन्नपूर्ण गाउँपालिकामा मात्रै भएको र बाँकी ३ वटा गाउँपालिकामा उल्लेख्य प्रगती हुन नसकेको मतदाताहरुको गुनासो छ । त्यसैले पनि मतदातहरु कास्कीका ४ वटै पालिकामा काँग्रेस र गठबन्धनको उम्मेदवारहरुसँग बढि आशाबादी देखिएका छन् । अन्नपूर्ण गाउँपालिकामा काँग्रेसले यो पटक अघिल्लो पटक अध्यक्ष जितेका युवराज कुँवरलाई नै दोहो¥याएको छ । ‘हामी जनताको… पुरा पढौ

जनप्रिय माविमा पुरस्कार वितरण

पोखरा । पोखरा ८ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा वार्षिक पुरस्कार, छात्रबृत्ति वितरण तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरीको अध्यक्षतामा भएको सभामा पोखरा ८ का कार्यवहाक अध्यक्ष लक्ष्मी कौशलले विद्यालयको हित भनेकै विद्यार्थीको पठन पाठन भएको उल्लेख गरे । उनले अध्ययनसँगै चौतर्फी ज्ञानमा ध्यान दिन सक्नु पर्नेमा जोड थियो । विद्यालयका प्रधानाध्यापक देवीप्रसाद वस्ताकोटीले पुरस्कृत विद्यार्थीलाई मेहनत गरेरै विद्यालयको गरिमा जोगाउन आग्रह गरे । विद्यालय प्रति अभिभावकको चासो बढेमात्र विद्यार्थीले शैक्षिक सफलता प्राप्त… पुरा पढौ

लेकसाइडबाट एमालेको विजयी शुरुवात हुन्छ : कृष्ण थापा

वैशाख २२,पोखरा नेकपा एमालेका तर्फबाट पोखरा महानगरपालिकाको मयर पदमा उम्मेदवारी दिनुभएका कृष्ण थापाले एमालेले यसपटक पर्यटकिय क्षेत्र लेकसाइडबाट जितको शुरुवात गर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले शुक्रबार आयोजना गरेको नेकपा एमाले, पर्यटन तथा उद्योगी व्यवसायीको भेलामा बोल्दै थापाले वडा नम्बर ६ मा एमालेले अध्यक्ष सहित सबै पदमा जित हाँसिल गर्ने दावी गर्नुभयो । पर्यटकिय दृष्टीकोणले नेपालकै महत्वपूर्ण गन्तव्य लेकसाइडमा विकासको ठोस योजना एमालेले ल्याउन सक्ने भन्दै उहाँले एमालेका उम्मेवारहरुलाई मतदान गर्न मतदाताहरुमा आग्रह गर्नुभयो । भेलामा बोल्दै… पुरा पढौ

गठबन्धनको घोषणा : फोहोर बैक स्थापना, प्रति महिना ५ हजार लिटर खानेपानी निशुल्क

पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापनका सम्बन्धमा आफुहरु ठोष योजनाका साथ आएको पाँच दलिय गठबन्धनका उमेदवारहरुले बताएका छन् । गठबन्धनका उमेदवारहरुले पोखरा महानगरपालिकामा फोहोरको वर्गीकरण गरि वेष्ट बैक मार्फत खरिद प्रणालीको सुरुवात गर्ने बताएका हुन् । उनिहरुका अनुसार शहरी स्वच्छता कार्यक्रम मार्फत फोहोरलाई मोहोरमा बदल्ने ध्येयका साथ घरघरमा उपभोक्ताहरुलाई फोहोरको वर्गीकरणका बारे आवश्यक ज्ञान समेत दिईनेछ । आफुहरु निर्वाचित भएको ६ महिना भित्र वेष्ट बैक मार्फत वर्गीकरण गरिएको फोहोरको खरिद प्रणाली सुरुवात गर्ने उनिहरुले बताएका छन् । फोहोरमैला व्यवस्थापन कार्यविधि अक्षरस पालना… पुरा पढौ