समाचार

कुशल नेतृत्वको अभावकै कारण पोखरा बनेन : आचार्य

पोखरा । पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका साझा उमेदवार धनराज आचार्यले पोखरा नबन्नुमा अहिले सम्मको नेतृत्व जिम्मेवार रहेको बताएका छन् । पोखराका विभिन्न वडाहरुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले प्रर्याप्त स्रोत र साधन हुदाँ हुदैपनि कुशल नेतृत्वको अभावमा पोखरा महानगर बन्न नसकेको बताएका हुन् । उमेदवार आचार्यले पोखरा महानगरमा अहिलेपनि भनसुनका आधारमा मात्रै काम हुने गरेकाले अब त्यो अवस्था सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता जनाए । उनले आफु भुई मान्छेको पनि प्रतिनिधि भएकाले महानगरवासीलाई कसैको… पुरा पढौ

माओवादीको एजेण्डा बोकेर अखिल क्रान्तिकारीकी नेतृ प्रविणा जनताको घरदैलोमा

पोखरा, २३ वैशाख । अखिल क्रान्तिकारीकी नेतृ प्रविणा अधिकारीलाई यतिबेला चुनाव लागेको छ । उनी नेकपा माओवादी केन्द्रको एजेण्डा बोकेर जनताको घरदैलोमा पुगिरहेकी हुन् । नेकपा ९माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको उपप्रमुखमा उम्मेदवार बनाएपछि उनी अहिले चुनावी दौडमा लागेकी छन् । सानै उमेरदेखी अखिल क्रान्तिकारीमा आवद्ध भएर माओवादी आन्दोलनमा जोडिएकी अधिकारी यसअघिको निर्वाचनमा अध्यक्षको उम्मेदवार थिईन् । तर यसपटक पार्टीले उनलाई उपाध्यक्षको उम्मेदवार बनाएपछि उनी आफ्नो जिम्मेवारी र जनताको समस्या समाधानका लागि चुनावमा होमिएकी हुन् । उपाध्यक्षका… पुरा पढौ

पोखरा १९ मा एमाले बलियो भएको दाबी

पोखरास्थानीय तहको मतदानको मिती नजिकिँदै गर्दा पोखरामा चुनावी सरगर्मि बढ्दै गएको छ । एमालेको गढको रूपमा चिनिएको पोखरा १९ मा एमालेका उमेदवार मात्र नभई नेता कार्यकर्ता पनि पछिल्लो एक साता देखि घरदैलो अभियानमा सक्रिय भएका छन् । वडाध्यक्षका प्रत्यासी इमानराज पौडेल, सदस्य विकास आचार्य , दुर्गादेवी वस्नेत, नवराज केसी र कल्पना सुनार सहितका नेता कार्यकर्ताले आज विहान अकला मन्दिरवाट घरदैलो शुरू गरेका थिए । घरदैलोका क्रममा ८० वर्षीया वृद्धााले उमेदवारलाई आशिर्वाद दिदै , एमाले आफ्नै सन्तान वरावर भएको र यसैमा… पुरा पढौ

पोखरा-१० का मतदाताको प्रश्न : वडा कार्यालय अगाडिको खाल्डो नदेख्ने कांग्रेसले बिकास कसरी गर्छ ?

पोखरा २३ वैशाख ।वडा अगाडिको सडकको खाल्डा नदेख्ने कांग्रेसलाई भोट दिन नहुने पोखरा १० का मतदाताहरुले वताएका छन । जनप्रतिनिधी भएर गएको पांच वर्ष पुग्दै गर्दा वडाको अगाडिको सडक हेरेर कांग्रेसलाई जिताएमा बिकास गर्छ कि गर्दैन भन्ने त्यहीबाट प्रमाणित भएको समेत उनीहरुको भनाइ रहेको छ । नेकपा एमाले पोखरा १० को घरदैलो कार्यक्रममा मतदाताहरुले एमालेका उमेदवारहरुले जितेर पोखरा १० मा बिकासको लहर छाउने समेत आग्रह गरेका छन ।एमालेको सरकार रहदा मुलुकमा बिकासको लहर छाएको भएतापनि वडा नम्बर १० का जनताले… पुरा पढौ

पोखरा–१९ मा गठबन्धनका उम्मेदवार जनताको घरघरमा

पोखरा, २३ बैशाख पोखरा महानगरपालिका वडा नम्बर–१९ का गठबन्धनका उम्मेदवार जनताको घरदैलोमा पुगिरहेका छन् । पोखराका धेरैजसो वडामा गठबन्धन हुन नसकेपनि पोखरा–१९ मा कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन गरेर उम्मेदवारी दिएका त्यस वडाका उम्मेदवारहरु अहिले जनताको घरदैलोमा पुग्दै उनीहरुको समस्या सुन्ने र समाधान गर्ने वाचा गरिरहेका हुन् । घरदैलोका क्रममा पुगेका गठबन्धनका उम्मेदवारहरुले बाटो नपुगेको ठाउँमा बाटो, पानी नभएको ठाउँमा पानी, सिंचाई नपुगेको ठाउँमा सिंचाई पु¥याउने वाचा गर्ने गरेका छन् । घरदैलोमा पुगेका पोखरा–१९ का खुल्ला… पुरा पढौ

सिद्धार्थ राजमार्गको वैकल्पिक सडक निर्माणमा जोड दिन पुम्दीभुम्दीबासीको माग

पोखरा २३, वैशाखसिद्धार्थ राजमार्गको वैकल्पिक सडक निर्माण गर्न पोखरा २२ (पुम्दीभुम्दी) बासीले माग गरेका छन्। पोखरा २२ का साझाउमेदवार वडा अध्यक्षकाप्रत्यासीहिमलाल बराल नेतृत्वको टोली समक्ष स्थानियले उक्तमाग गरेकाहुन्।छोरेपाटन देखि शान्ति स्तुपा, पुम्दीकोट, कालावाङ, पुम्दी, काभ्रे, ढावा उल्लेरी हुदै कुभिण्डेसम्म सडक निर्माण तथा छोरेपाटन देखि फुर्सेखोला, खाल्से हुदै कुभिण्डे सडक स्तरोन्नतीगर्न स्थानियले माग गरेको टोलीमा सहभागि हेमराज बरालले बताए । अध्यक्षकाप्रत्यासी बराल नेतृत्वको टोलीशुक्रबार ढावा, उल्लेरी, फुर्सेखोला, चिसापानी, खाल्से, पाउदुर, खाल्टा क्षेत्रमाचुनावीघर दैलो कार्यक्रम सम्पन्नभएको बरालले बताए ।नेकपाएकिकृत समाजवादीकापोलिट व्यूरो सदस्यएवं… पुरा पढौ

पोखरा ७ मा दलित बस्तीका समस्या सुन्दै, भोट माग्दै माओवादी उम्मेदवार

पोखरा, २३ बैशाख पोखरा महानगरपालिका वडा नम्बर–७ का दलित बस्तीमा पुगेर माओवादी उम्मेदवारले उनीहरुको समस्या सुन्दै भोट माग्दै गरेका छन् । पोखरा–७ को दलित बस्ती उपल्लो प्रगतिटोलमा पुगेर माओवादी उम्मेदवारहरुले स्थानियका समस्या सुन्दै, भोट माग्दै गरेका हुन् । भोट माग्न पुगेका माओवादी उम्मेदवारहरुलाई उनीहरुले यसअघि एमाले, कांग्रेसले छलछाम तथा धोकाबाहेक केहिपनि नदिएको गुनासो गरे । उनीहरुले माओवादीले धोकाको राजनीति नगरे यसपटक भोट दिने वचन दिएको माओवादीबाट वडाध्यक्षका उम्मेदवार दण्डपाणी आचार्यले जानकारी दिए । स्थानिय दलित समुदायका प्रतिनिधिहरुले भनेका कुरा उदृत… पुरा पढौ

पोखरा-१२ मा माओवादीका उम्मेदवारहरुको घरदैलो तिव्र

पोखरा, २३ बैशाख पोखरा महानगरपालिका वडा नम्बर–१२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले घरदैलो तिव्र बनाएका छन् । पोखराका विभिन्न वडामा गठबन्धन भएपनि पोखरा–१२ मा माओवादी एक्लै चुनाव लडेको छ । एकल उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएको माओवादीका उम्मेदवारहरु अहिले जनताको घरदैलोमा पुगिरहेका छन् । माओवादीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिकतासँगै संविधान र लोकतन्त्रसमेत धरापमा परेकाले त्यसको संरक्षणका लागि माओवादी लडिरहेको बुझाउँदै उनीहरु घरदैलो गरिरहेका छन् । साथै विकास र समृद्धिका लागिपनि माओवादीको विकल्प नभएको कुरा उनीहरुले जनतालार्य… पुरा पढौ

महानगरको काममा भनसुन गर्नुपर्ने बाध्यता हटाउने गठबन्धनका उमेदवारको घोषणा

पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मदेवार धनराज आचार्यले आफु भुई मान्छेको पनि प्रतिनिधि भएकाले महानरवासीलाई कसैको भनसुन बेगर काम गर्ने वातावरण तयार गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरा महानगरपालिका वडा नं.१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले पोखरा महानगरमा कुशल नेतृत्वको अभावका कारण अहिलेपनि भनसुनका आधारमा मात्रै काम हुने गरेकाले अव त्यो अवस्था सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता जनाएका हुन् । पोखराको जनसंख्या वृद्धिमा तिव्रता आएको उल्लेख गर्दै आचार्यले बढ्दो जनसंख्या र गरिबि निवारणका ठोष… पुरा पढौ

पोखरा-१८ मा माओवादीमा पार्टी प्रवेशको लहर, २ सय पार्टी प्रवेश

पोखरा महानगरपालिका वडा नम्बर १८ का २ सय भन्दा बढि माओवादीमा प्रवेश गरेका छन् । फेवातलको छेउमा रहेको जलारी बस्ती र सेदीका स्थानिय माओवादी पार्टीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङ (करण)ले भुमिहीनको समस्या माओवादी भन्दा अन्य पार्टीले समाधान गर्न नसक्ने दाबी गरे । जनताको समस्यासंग जोडिएको एकमात्र पार्टी माओावदी केन्द्र रहेको उनले बताए । सिंहदरबार गाउँगाउँमा ल्याएको र माओवादीको जनआन्दोलनले नै जनताको छोरा छोरी निति बनाउने ठाउँमा पुगेको गुरुङले बताए । राजनीतिक… पुरा पढौ