समाचार

पोखरा महानगरपालिकामा गठबन्धन र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता

कास्की । पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सहिदचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ताका क्रममा पत्रकारसँगको कुराकानीमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा अनुरुप काम… पुरा पढौ

स्थानीय तहले आफैं बनाउने भन्दै माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेन

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि अधिकांश ठूला पार्टीले तामझामका साथ घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । तर माओवादी केन्द्रले भने केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । त्यही अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने माओवादी केन्द्रका नेता हरिबोेलले गजुरेल बताए । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले पनि स्थानीय तहले अपिललाई मार्गदर्शन मानेर घोषणा पत्र बनाउने बताए ।… पुरा पढौ

काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्थापितद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ । स्थानीय तह २०७९ का लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का तर्फबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् । रत्नपार्कस्थित शान्ति बाटिकाबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रियसभा गृहमा पुगी उनले उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुखका उम्मेदवार स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै उपप्रमुखका उम्मेदवार डङ्गोलले काठमाडौँलाई सांस्कृतिक सहरका रुपमा… पुरा पढौ

सिन्धुपाल्चोकमा ८३ हजार ९७१ घर पुनःनिर्माण

सिन्धुपाल्चोक । गोरखा भूकम्पको आज सात वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन मध्याह्न ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । यस भूकम्पबाट सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुगेको थियो । त्यस्तै काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा भूकम्पले क्षति पु¥याएको थियो । बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अतिप्रभावित जिल्लाका रुपमा घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको… पुरा पढौ

आठ वर्षको अवधिमा ६८ शौचालय र ३५ खानेपानी धारा पुनःनिर्माण

लमजुङ । गोरखा भूकम्प गएको करिब आठ वर्षको अवधिमा लमजुङको ६८ विद्यालयमा शौचालय भवन पुनः निर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका ६९ शौचायलयमध्ये अब एक शौचायलय मात्र निर्माण सम्पन्न हुन बाँकी रहेको शिक्षा विकास तथा समन्वय एकाइ एवं साविक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइ ९शिक्षा० का इञ्जिनीयर दीपकराज कँडेलले बताए । त्यस्तै उनका अनुसार ३६ खानेपानीका धारा पुनःनिर्माण गर्नुपर्नेमध्ये ३५ खानेपानी धारा निर्माण सम्पन्न भएका छन् । एक खानेपानी निर्माणाधीन रहेको… पुरा पढौ

एमालेद्धारा बागलुङको १० वटै पालिकामा उम्मेदवार टुंगियो

बागलुङ । नेकपा (एमाले)ले बागलुङका १० पालिकामै उम्मेदवारको टुङ्गो लगाएको छ । पाँच पालिकामा यसअघि नै उम्मेदवार टुंगाएको एमालेले थप पाँच पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो । एमाले गण्डकी प्रदेशको निर्णयानुसार बागलुङ नगरपालिकाको नगरप्रमुखमा जनकराज पौडेललाई दोहो¥याउने निर्णय गरिएको छ । बागलुङ नगरको उप प्रमुखमा पवित्रा रोकाले टिकट पाएका छन् । जनकराज पौडेल यसअघि बागलुङको नगर प्रमुखसमेत थिए । यस्तै एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाइजा र उपाध्यक्षमा मीना रायमाझी, बरेङ… पुरा पढौ

नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी

गोरखा । नेपाली कांग्रेसको गोरखा सदरमुकाममा रहेको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताहरुले ताला लगाइदिएका छन् । पालिका चुनावको टिकट बाँडफाँटमा असन्तुष्टि जनाउँदै उनीहरुले कार्यालयको मूल गेटमा ताला लगाइदिएका हुन् । गोरखा नगरपालिकाको मेयर पदको टिकट बाँडफाँटप्रति उनीहरुको असन्तुष्टि रहेको कांग्रेसका एक नेताले बताएका छन् । कांग्रेसको प्रदेश कार्यसमितिले पार्टीका तर्फबाट नगरपालिकाको मेयरमा विश्वदेव श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ । अहिलेका मेयर राजनराज पन्त पनि दोस्रो कार्यकालका लागि मेयरको आकाङ्क्क्षी थिए । पुरा पढौ

बागलुङमा सत्तारुढ गठबन्धनद्धारा १० स्थानीय तहमा भागबन्डा

बागलुङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले बागलुङमा चुनावी तालमेल गरेर जाने सहमति गरेको छ । सोमबार विहान सत्ता गठबन्धनका दलहरुले स्थानीयतहको भागवन्डा गर्दै निर्वाचनमा मिलेर जाने निर्णय गरेका हुन् । हमति अनुसार बागलुङका १० स्थानीय तहमध्य नेपाली कांग्रेसले बागलुङ नगरपालिका, काठे खोलागाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकामा प्रमुख पाएको छ । माओवादी केन्द्रले तराखोला गाउँपालिका र ढोरपाटन नगरपालिका प्रमुख पाउने भएको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले बरेङ गाउँपालिका र जैमिनी नगरपालिका प्रमुख पाउने… पुरा पढौ

सुनको भाउ तीन सयले घट्यो

पोखरा । सुनको भाउ सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार तीन सय… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप २२ हजारमा कोरोना पुष्टि, ३९ जनाको मृत्यु

काठमाडौं । चीनको सांघाई शहरमा पछिल्लो २४ घण्टामा थप २२ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । साढे २ करोड जनसंख्या भएको सांघाई पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको छ । वृद्धवृद्धा र खोप नलागाएको ठूलो जनसंख्या कोरोनाको जोखिममा रहेको चीनको स्वास्थ मन्त्रालयले जनाएको छ । संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीतामाथि पनि प्रश्न उठाउन थालिएको छ । राजधानी बेइजिङमा पनि २२ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा थप ३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु… पुरा पढौ