समाचार

नवलपुर सम्पर्क समाजको भित्तेपात्रो विमोचन

नवलपुर सम्पर्क समाजद्धारा प्रकाशित नयाँ वर्ष २०७९ को भित्तेपात्रो विमोचन गरिएको छ। प्रमुख अतिथि समाजसेवी शेरबहादुर ठाडामगर, सम्पर्क समाजका पदाधिकारी लगायतले भित्तेपात्रोको संयुक्त विमोचन गरेका हुन्। कार्यक्रममा बोल्दै ठाडामगरले समाजले गर्ने जस्तोसुकै कार्यका लागि आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए।समाजका अध्यक्ष ईश्वर श्रेष्ठले नवलपुर स्थायी घर भई पोखरामा रहेर विभिन्न पेशामा आबद्ध नवलपुरे व्यक्तिहरुलाई जोड्ने कार्यमा समाजको स्थापना भएको उल्लेख गरे। समाजका अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रथम मणिप्रसाद डुम्रेले स्वागत, उपाध्यक्ष मिनबहादुर भण्डारी (मिलन) ले कार्यक्रममाथि प्रकाश र… पुरा पढौ

मतदाता भन्छन्, ‘अब सडक होइन, रोजगारको आवश्यकता’

स्थानीय तहको निर्वाचन आउन अब केवल २४ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी रौनकले छोएको छ। राजनीतिक दलहरु उम्मेदवारको छनोटमा व्यस्त छन् भने छनोट भएका उम्मेदवारहरु आफ्नो पक्षमा भोट माग्न चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन्। कामको सिजन सुरु भएकाले ग्रामीण भेगका मतदाताहरु बिहानदेखि खेतबारीमा बालीनालीको काममा व्यस्त हुन्छन्। मतदाताहरुलाई घरमा नभेटेपछि भोट माग्न गाउँ पुगेका उमेदवार र राजनीतिक कार्यकर्ताहरु मतदातालाई भेट्न खेतबारीमा नै पुगिरहेका छन्। विसं २०७४ को स्थानीय तहको निर्वाचनपछि लामो समयसम्म रिक्त रहेका स्थानीय तह (साबिकका… पुरा पढौ

पोखरा–२९ मा माओवादी केन्द्रबाट पौडेललाई वडाध्यक्षको उम्मेदवार बनाउन सिफारिस

नेकपा माओवादी केन्द्रले पोखरा महानगरपालिका वडा नम्बर २९ को वडाध्यक्षमा रामजी पौडेललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र पोखरा २९ को पूर्ण बैठकले उम्मेदवार छान्न सचिवालयलाई जिम्मा दिएको थियो । सोहि अनुसार सचिवालयले पौडेललाई अध्यक्षको उम्मेदवार बनाउन महानगर कमिटीलाई सिफारिस गरेको सचिव विधान देउजाले जानकारी दिए । त्यस्तै, वडा सदस्यमा खुल्लामा धनबहादुर विक र मोहनसिंह गुरुङ, महिला सदस्यमा कल्पना गुरुङ, दलित महिला सदस्यमा सरव्ती परियार र अञ्जु परियारलाई उम्मेदवार बनाउन सिफारिस गरेको देउजाले जानकारी दिए । पुरा पढौ

पोखरामा पानी पर्दा दिउँसै अन्धकार !

पोखरा । पोखरामा मंगलबार पानी पर्दा दिउँसै अन्धकार भएको छ । मंगलबार दिउँसो साढे ३ बजेपछि भएको वर्षाका कारण दिउँसै अन्धकार भएको हो । पश्चिमी वायुको साथै स्थानिय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ । वर्षासँगै पोखरामा दिउँसै अध्यारो हुँदा सवारी साधनहरु हेडलाइट बालेर हिँडेका छन् । भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु विच बाटोमा नै रोकिएका छन् । यस्तै दिउसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महशुस गरिएको छ । पोखराको… पुरा पढौ

अन्ततः पोखरा महानगरपालिका एकीकृत समाजवादीको पोल्टामा

पोखरा, बैशाख ६ पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । गठबन्धनको मंगलबार बसेको बैठकले भागवण्डा टुंगाउँदै पोखरा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको हो । यसअघि पोखरा महानगरपालिका कसले पाउने भन्नेमा विवाद थियो । पोखरा महानगरमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रलगायतले गठबन्धनबाट दाबी गर्दै आएका थिए । तर आजको निर्णयसँगै विवाद अन्त्य भएको छ । अन्ततः पोखरा महानगर एकीकृत समाजवादीको पोल्टामा परेको छ । पुरा पढौ

बाह्रौं वार्षिकोत्सवको अवसरमा युनाईटेड क्लवको रक्तदान

पोखरा ६ बैशाख । युनाईटेड क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । क्लवले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सताब्यापी कार्यक्रम अन्तर्गत आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका हुन ।नेपाल रेडक्रस सोसाईटी वडा नम्बर १० का सभापति सम्मर बहादुर श्रेष्ठले पहिलो रक्तदाता गणेश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरि सुरु भएको कार्यक्रममा ५४ जना युवा युवतीहरुले रक्तदान गरेका हुन । सो अवसरमा वोल्दै नेपाल रेडक्रस सोसाईटी वडा नम्बर १० का सभापति सम्मर… पुरा पढौ

माओवादी केन्द्रबाट पोखरा–८ को वडाध्यक्षको उम्मेदवार बनाउन सिग्देलको नाम सिफारिस

पोखरा, बैशाख ६ नेकपा माओवादी केन्द्रले पोखरा महानगरपालिका वडा नम्बर ८ मा उम्मेदवार टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्रले यही बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–८ को वडाध्यक्षसहित सदस्यहरुको उम्मेदवार बनाउन सर्वसम्मत नामावली सिफारिस गरेको हो । माओवादी केन्द्रले पोखरा–८ को वडाध्यक्षमा दामोदर सिग्देललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । त्यस्तै, सदस्यहरुमा नवीन गिरी, उत्तम कुँवर र चुनुमाया सुबेदीलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । पुरा पढौ

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन

पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् । पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन् । राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो । प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित भएका थिए ।… पुरा पढौ

आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना भएको छः सभामुख सापकोटा

लुम्बिनी । सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताएका छन् । लुम्बिनी प्रदेशसभाद्वारा आज आयोजित ‘अन्तर प्रदेश व्यवस्थापिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख सापकोटाले कानुन निर्माणमा व्यवस्थापिकाले ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापिका संसद्अन्तर्गत सङ्घीय संसद् र प्रदेश व्यवस्थापिकाका संरचनामा कहाँ त्रुटि छन् भनेर गम्भीरतापूर्वक खोज्ने र त्यसको निष्कर्ष र समस्या समाधानका लागि आफू लागिपरेको बताए । उनले हाम्रो सार्वभौमसत्ता सम्पन्न संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन… पुरा पढौ

जिल्लाका ठूला २३ पशु फार्मका किसानलाई अनुदान दिईदै

कास्की । नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराले तनहुँका ठूला २३ पशु फार्मका किसानलाई अनुदानमा आर्थिक सहयोग गर्न लागेको छ । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित अनुदान कार्यक्रमअन्तर्गत १५ निजी फार्म र आठवटा समूह, सहकारी र सङ्घमार्फत बढीमा रु ८६ लाख ६० हजारसम्म अनुदान प्रदान गर्न लागेको हो । निजी फार्मतर्फका १५ मध्ये १० वटा बाख्रा फार्म र पाँचवटा दुग्ध फार्मका किसानहरुलाई अनुदान प्रदान गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकृष्ण… पुरा पढौ