समाचार

निशुल्क स्वास्थ्य परीक्षणमा १३७ जनाले लिए सेवा

पोखरा । पोखरा ९ वसपार्कमा रहेको साहारा वाल आधारभुत विद्यालयका विद्यार्थीहरु तथा सर्वसाधारण १३७ जनाको नाक, कान, घाँटी र थाइराइडका विरामीहरुको आइतबार निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । उनिहरुलाई स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधि वितरण गरिएको थियो । पोखरा महानगरपालिका वडा नं. ९ को समन्वयमा शहरी स्वास्थ्य केन्द्र पोखरा–९, नयाँबजारमा अयोजित निःशुल्क स्वास्थ्य शिविर श्रीकृष्ण इएनटी केयर सेन्टर नयाँवजारका प्रा.डा. श्रीकृष्ण कोईराला सहित डा. मनिता महर्जन र डा. मनोज भट्टले स्वास्थ्य परीक्षण गरेका हुन् । पोखरा ९ की कार्यबहाक वडाध्यक्ष… पुरा पढौ

राधाकृष्ण बृद्धाश्रममा एगाद्वारा खाद्यान्न सहयोग

पोखरा, २९ चैतः इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन९एगा० पोखराले नयाँ वर्ष २०७९ का अवसरमा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ ।संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार रुपैयाँ बराबरका चामल, दाल, तेल, आलु, मसला लगायतका खाद्यान्न सामाग्री सहयोग गरेको एगा पोखराका अध्यक्ष विश्वराज पोखरेलले जानकारी दिए ।संस्थाले वर्षेनी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थामा असहाय तथा अशक्तलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले व्यवसायीहरूले कोरोना कहरका कारण व्यवसाय प्रभावित भए पनि दैनिक खर्च कटाएर सहयोग गरेको… पुरा पढौ

नमुना आमा समूह बैदामको भित्ते पात्रो विमोचन तथा शुभकामना आदानप्रदान

पोखरा, २९, चैत । नमुना आमा समूह पोखरा वडा नं ६ बैदामले नवर्ष २०७९ का अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन गरेको छ । पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारीले एक कार्यक्रमकाबीच आज भित्ते पात्रो विमोचन गरे ।सो अवसरमा उनले टोल, समाजलाई सरसफाइ सहित सफा स्वच्छ राख्ने लगायतक सामाजिक कार्यमा आमा समूह अग्रणी रहेको बताए । पर्यटकीय क्षेत्र बैदाममा पर्यटनमैत्री व्यवहार तथा पर्यटन प्रवद्र्धनमा समेत आमा समूहको महत्वपूर्ण योगदान रहेको पहारीले चर्चा गरे । उनले भने,“वडामा हुने हरेक कार्यक्रममा नमूना… पुरा पढौ

राष्ट्रिय मुक्तक पुरस्कार चेतन कार्कीलाई मरणोपरान्त अर्पण गरिने

२९ चैत, पोखरा । मुक्तक मञ्च केन्द्रीय समितिद्वारा सञ्चालित एवम् साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७८ बाट चेतन कार्कीलाई मरणोपरान्त सम्मान गरिने भएको छ ।मञ्चका सल्लाहकार सरुभक्तको संयोजकत्वमा सूर्य खड्का ‘बिखर्ची’ र सरस्वती श्रेष्ठ ‘सरू’ सदस्य तथा अध्यक्ष रामजीप्रसाद आचार्य र पुरस्कारका संस्थापक विष्णु अल्पपविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले स्व। चेतन कार्कीलाई उक्त पुरस्कार मरणोपरान्त प्रदान गर्ने निर्णय गरेको मुक्तक मञ्चले जनाएको छ ।नेपाली मु्क्तकको विकास र लेखनका लागि महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै… पुरा पढौ

लेकसाईडमा भोलिदेखि सडक महोत्सव हुँदै, तयारी पूरा

पोखरा, चैत २९ होटल संघ पोखराले आयोजना गर्ने ‘सडक महोत्सव’ बुधबारदेखि पोखरामा शुरु हुँदैछ । नेपाली नया वर्षको अवसरमा होटल संघ पोखराले यसअघि आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई परिमार्जन गरि ‘सडक महोत्सव’को नामबाट गर्ने महोत्सव बुधबारदेखि शुरु हुन लागेको हो । पर्यटकीय केन्द्र लेकसाइडमा आयोजना गर्ने ‘सडक महोत्सव’ भोलिदेखि पोखरामा शुरु हुन लागेको हो । महोत्सव आयोजक होटल संघ पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । होटल संघ पोखराले रेष्टुरेण्ट… पुरा पढौ

चौबिसेलाई देशकै नमुना गाउँपालिका बनाउन चेमजोङको आकंक्षा तिव्र

कविता घर्तीमगर, कास्की । आगामी बैशाख ३० गते हुन गईरहको स्थानिय तहको निर्वाचनको लागि देशैभरी विभिन्न पार्टीबाट विभिन्न तहको पद लागि आफ्नो आकंक्षा व्यक्त गर्ने क्रम जारी रहेको छ । सोहि अन्तर्गत ३ नगरपालिका ४ गाउँ पालिका रहेको धनकुटाको चौबिसे गाउँपालिका प्रमुख पदका लागि स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्र बहुमुखी क्याम्पसका पुर्व सभापति तथा सामाजिक सांस्कृतिक क्षेत्रमा परिचित जनता समाजबादी गाउँपालिका कमिटी सचिव सागर सरगम चेम्जोङले आकंक्षा प्रकट गरेका छन् । बाणिज्य संकायमा स्नातकोत्तर र कानुन संकायमा स्नातक गरेका २८ वर्षिय… पुरा पढौ

पोखरामा बैशाख २ गतेदेखि भेट्रान राष्ट्रिय फुटबल प्रतियोगिता हुने

पोखरा, चैत २९ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशीको नाईन ए साईड राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको तयारीमा जुटेको छ । बैशाख २ गतेदेखि पोखरा रंगशाला फुटबल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीलाई पुरा गरिसकेको छ । ‘दैनिक एक घण्टा व्यायाम’ नारा दिइएको छ । नयाँ पिढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय रुपमा जोड्ने उद्देश्यसहित मन्त्रालयले प्रथम राष्ट्रिय ९ ए साईड फुटबल प्रतियोगिता गर्ने निर्णय अनुसार आवश्यक तयारीलाई पूर्ण गरिएको प्रतियोगिताका संयोजक दिलबहादुर… पुरा पढौ

डढेलो नियन्त्रणका लागि वन दस्ता तयार गरी कामलाई तीव्र दिईदै

चितवन । गर्मीयाम बढेसँगै वन क्षेत्रमा हुनसक्ने डढेलो नियन्त्रणका लागि वन दस्ता तयार गरी कामलाई तीव्र गति दिइएको छ । डिभिजन वन कार्यालयका अनुसार आगलागी हुन सक्ने सम्भावित वनक्षेत्रलाई दृष्टिगत गर्दै वन दस्ता तयार पारिएको हो । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आवश्यकताअनुसार बढाउँदै लैजाने गरी हाल दश जनालाई डढेलो नियन्त्रण गर्न वनदस्ता परिचालन गरिएको छ । उनीहरुले समुदायमा पुगेर डढेलोबाट हुनसक्ने क्षतिको विषयमा जानकारी गराउनेछन् । डढेलो लागेमा सूचना दिने र क्षति कम गर्ने विषयमा समेत उक्त दस्ताले… पुरा पढौ

लोप हुदै गएको पुख्र्यौली पेसा आरनबाटै मासिक लाख कमाइ

बागलुङ । नेपालमा पछिल्लो समय आरन व्यवसायबाट गुजरा चल्न छाडेपछि विभिन्न पेसा व्यवसाय अगाल्नेको लर्कोनै लागेको छ । जसले गर्दा यो आरन व्यवसाय धरासायी बन्दै गइरहेको पाइन्छ । तर पछिल्लो समयमा बागलुङको बिहुँ घर भई गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा आरन व्यवसाय गर्दै आएका विश्कर्मा परिवारका तीन भाइ भने यही पेसाबाटै सन्तुष्ट भएका छन् । भाइ–भाइबीच रिसराग हुने नेपाली समाजमा यहाँ तीन भाइले एकै स्थानबाट १२ वर्षदेखि आरन पेसालाई व्यवसायिक बनाएका छन् । काठेखोला गाउँपालिका–५ बिहुँ घर भई १२ वर्षदेखि… पुरा पढौ

समयमै उपचार नपाएपछि मनाङमा प्रहरी हवल्दार रक्तचापबाट मृत्यु

मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ । गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय उनको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार थापालाई उच्च रक्तचाप भएपछि सोमबार साँझ जिल्ला अस्पताल मनाङमा उपचारका लागि लगिएको र प्राथमिक उपचारपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइएको थियो । भौगोलिक विकटताले… पुरा पढौ