समाचार

तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

स्याङजा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो । कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ । पुलमा २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । नेपालकै चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा… पुरा पढौ

नेकपा (माओवादि केन्द्र )पोखरा ७ द्धारा वडा प्यानलसहित उमेद्धारी घोषणा

कास्की । आसन्न स्थानिय तह निर्वाचनको लागि नेकपा (माओवादि केन्द्र )पोखरा ७ नं वडावाट वडा प्यानल सहितको उमेद्धारी घोषणा गरिएको छ । पार्टीले वडा अध्यक्षमा युवराज पराजुली सहितको वडा प्यानलको उमेद्धारी घोषणा गरेको हो । त्यसैगरि सदस्यहरुमा दन्डपाणी आचार्य,परमेस्वर आचार्य ,वुद्दिमाया तमु र खुल्ला सदस्यहरु कमला लामगादे,वुद्दि लामगादे,सागर पुन,कमला रानाभाट,सिता पौडेल पराजुली,महिला सदस्यमा कमरेड पार्वती पनेरु,उत्पिडित सदस्य महिलामा माया घताने र सुमित्रा वि क लाई सर्बसम्मत रुपमा शिफारिस गरिएको छ । पुरा पढौ

नेकपा एमाले मादी गाउॅंपालिका वडा न.१० बाट वडा प्यानल सहित उमेरद्धारिको घोषणा

कास्की । आसन्न स्थानिय तह निर्वाचनको लागि नेकपा एमाले मादी गाउॅंपालिका वडा न.१० बाट वडा प्यानल सहित उमेरद्धारिको घोषणा गरिएको छ । पाटीले उक्त वडाबाट अध्यक्षमा रामराज सुवेदी सहितको प्यानल घोषणा गरेको हो । त्यसैगरि सदस्यहरुमा उमेश गुरुङ, पुर्णसिहं गुरुङ,दलित महिला सदस्य सिता परियार र खुल्ला महिला सदस्य एक जना गरि प्यानल घोषणा गरेको हो । बैशाख ३० गतेको स्थानिय निर्वाचनका लागि एक्लै चुनावमा होमिएको नेकपा एमालले कास्कीमा आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको छ । पुरा पढौ

समाजवादीबाट डिलाराम लामिछाने सहितको वडा प्यानल घोषणा

कास्की । आसन्न स्थानिय तह निर्वाचनको लागि नेकपा एकिकृत समाजवादी पाटीले वडा प्यानल सहित उमेरद्धारिको घोषणा गरेको छ । पाटीले पोखरा महानगरपालिकाको वडा १२ को अध्यक्षमा डिलाराम लामिछाने सहितको प्यानल घोषणा गरेको हो । त्यसैगरि सदस्यहरुमा इन्दिरा पन्त, विश्वनाथ सुवेदी,कृष्ण प्रसाद गौतम र दलित महिला सदस्य विष्णु विक गरि प्यानल घोषणा गरेको हो । बैशाख ३० गतेको स्थानिय निर्वाचनका लागि कास्कीमा गठवन्धन समुहरु मध्येको उक्त पाटीले आफ्नो चुनावी अभियानलाई दिएको छ । पुरा पढौ

तनहुँको म्याग्दे गाउँपालिकामा माओवादी उमेदवार सिफारिस

स्थानीय तह निर्वाचनका लागि तनहुँ नेकपा माओवादी केन्द्र म्याग्दे कमिटीले उमेदवार सिफारिस गरेको छ। माओवादीले अध्यक्ष, उपाध्यक्ष र सबै वडा कमिटीमा सर्वसम्मत उमेदवार सिफारिस गरेको हो। गाउँपालिकाको अध्यक्षमा दिलीपकुमार श्रेष्ठ र उपाध्यक्षमा जमुना अधिकारीलाई सिफारिस गरेको छ। यस्तै वडा नं १ मा टेकबहादुर रसाइली, २ मा तिलक थापा, ३ मा शोभाकर दाहाल, ४ मा राजु राना, ५ मा विशाल विक, ६ मा प्रकाश भण्डारी र ७ मा बालकृष्ण श्रेष्ठलाई सिफारिस गरेको छ। रासस पुरा पढौ

तनहुँको पालिकास्तरमा सत्तासाझेदार दलले सुझाव संकलन गर्ने

स्थानीय तह निर्वाचनका लागि सत्तासाझेदार दलले तनहुँका सबै पालिकामा सुझाव संकलन गर्ने भएको छ। अगामी वैशाख ३० गते हुने सो निर्वाचनका लागि जिल्लास्तरीय गठबन्धन समितिको आइतबार बसेको बैठकले १० वटै पालिकामा सुझाव संकलन गर्ने निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकले ४ नगरपालिका र ६ गाउँपालिकामा पालिकास्तरीय सुझाव संकलन गरी अर्को बैठक वैशाख २ गते बस्ने निर्णय गरेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिएका छन्। ‘गठबन्धनलाई बलियो बनाउनका लागि पालिकास्तरीय सुझाव संकलन गरी कसरी अगाडि बढ्ने… पुरा पढौ

रुपा गाउँपालिकाका ३ वडामा एमालेको उमेदवार सिफारिस

नेकपा एमालेले रुपा गाउँपालिकाका ३ वटा वडामा सर्वसम्मत उमेदवारको सिफारिस गरेको छ। रुपा गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत उमेदवार टुंगो लगाएको हो। रुपाको वडा नं ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ र ७ मा कृष्ण सुवेदी वडाध्यक्षको अन्तिम उम्मेदवार बनेका हुन्। यसअघिको निर्वाचनमा ५ र ६ एमालेले जितेको हो भने ७ मा काँग्रेसले वडाध्यक्ष र एकजना सदस्य जितेको थियो। पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको ४ वडामा एमाले उमेदवार सिफारिस

स्थानीय निर्वाचनका कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ४ वडामा एमालेबाट सर्वसम्मत रुपमा उमेदवार सिफारिस गरेको छ। एमालेले सोमबार माछापुच्छ्रेको वडा नम्बर १, २, ७ र ८ नं को वडाध्यक्षमा सर्वसम्मत सिफारिस गरेको हो। वडा नं १ मा अनुप गुरुङ, वडा नं २ मा केशकुमारी गुरुङ, वडा नं ७ मा अम्बर गुरुङ र वडा नं ८ मा कृष्ण दवाडीलाई अध्यक्षको उमेदवार बनाएको हो। पुरा पढौ

माओवादी केन्द्रबाट माछापुच्छ्रेको घाचोकमा उमेदवार सिफारिस

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीको घाचोकमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। माछापुच्छ्रे गाउँपालिका–३ घाचोक पार्टी वडा कमिटीको सोमबार बसेको बैठकले वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा ३ जनाको नाम पालिका कमिटीमा सिफारिस गरेको हो। अध्यक्षमा शिवप्रसाद पोखरेल, गोपाल पोखरेल र नारायण दवाडीको नाम पठाइएको छ। पालिका कमिटीले अध्यक्षमा प्रश्तावित ३ जनामध्ये १ जनालाई वडाध्यक्षको टिकट दिने माओवादीले जनाएको छ। यसैगरी वडा सदस्यमा चित्रनाथ लम्साल र हिमप्रसाद अधिकारी तथा दलित वडा सदस्यमा मनकुमारी नेपाली र महिला… पुरा पढौ

कास्कीको माछापुच्छ«े –५ मा एमालेबाट वडाध्यक्षमा गुरुङ सिफारिस

कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ५ मा एमालेबाट वडाध्यक्षमा यामबहादुर गुरुङ सर्वसम्मत सिफारिस भएका छन्। वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि वडाध्यक्षमा आफूलाई सिफारिस गर्न महत्वपूर्ण सहजीकरण गरेकोमा प्रदेश कमिटी, वडा कमिटीका सदस्य तथा वडावासीलाई गुरुङले धन्यवाद दिएका छन्। गाउँपालिका तथा वडाको विकास र विस्तारका लागि वडाध्यक्षमा आफूलाई विजयी गराउन गुरुङले आग्रह समेत गरेका छन्। पुरा पढौ