समाचार

राष्ट्रिय सभामा गण्डकीबाट सम्झना र जगत बिजयी

सन्देश श्रेष्ठपोखरा, माघ ११ राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट कांग्रेस–एमालेको संयुक्त गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । राष्ट्रिय सभा सदस्यको दुई सिटका लागि भएको निर्वाचनमा कांग्रेस–एमालेको उम्मेदवारहरु सम्झना देवकोटा र डा.जगत तिमिल्सिना बिजयी भएका हुन् । गण्डकीबाट राष्ट्रिय सभा सदस्यमा खुल्ला सदस्यतर्फ डा.तिमिल्सिना र महिला क्लष्टरमा देवकोटा बिजयी भएको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले जनाएको छ । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा खुल्ला र महिला क्लष्टर गरेर एक÷एक सिटका लागि निर्वाचन भएको थियो । जसमा खुल्लातर्फ नेपाली कांग्रेसका… पुरा पढौ

सर्वेश्वर व्यवसायी समितिको अध्यक्षमा गौतम

सन्देश श्रेष्ठपोखरा, माघ ११ सर्वेश्वर व्यवसायी समितिको अध्यक्षमा छबिलाल गौतम चयन भएका छन् । समितिको १४ औं साधारण सभा तथा सातौं अधिवेशनले निवर्तमान बरिष्ठ उपाध्यक्ष गौतमलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । समितिको बरिस्ठ उपाध्यक्षमा विशाल अधिकारी, महासचिवमा लोकनाथ आचार्य र उप–महासचिवमा शिवप्रसाद भण्डारी, सचिवमा श्याम कुँवर र कोषाध्यक्षमा विष्णु सुवेदी चयन भएको समितिका निवर्तमान अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । त्यस्तै, सदस्यहरुमा सन्दिप थापा, धर्मदत्त काफ्ले, प्रकाश थापा र सुवाष पाण्डे चयन भएको उनले बताए । एक… पुरा पढौ

राष्ट्रिय सभामा गण्डकीबाट सम्झना र जगत बिजयी

सन्देश श्रेष्ठ पोखरा राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट कांग्रेस–एमालेको संयुक्त गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । राष्ट्रिय सभा सदस्यको दुई सिटका लागि भएको निर्वाचनमा कांग्रेस–एमालेको उम्मेदवारहरु सम्झना देवकोटा र डा.जगत तिमिल्सिना बिजयी भएका हुन् ।गण्डकीबाट राष्ट्रिय सभा सदस्यमा खुल्ला सदस्यतर्फ डा.तिमिल्सिना र महिला क्लष्टरमा देवकोटा बिजयी भएको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले जनाएको छ । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा खुल्ला र महिला क्लष्टर गरेर एक÷एक सिटका लागि निर्वाचन भएको थियो । जसमा खुल्लातर्फ नेपाली कांग्रेसका डा.जगत तिमिल्सिना… पुरा पढौ

गृहमन्त्री अर्यालको निर्देशन-सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैन

गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सामाजिक सञ्जालबाट भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु नपर्ने बताएका छन् । भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर आज उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कानुनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन उच्च अधिकारी वा निकायको आदेशको प्रतीक्षा गर्नु नपर्ने बताए । गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत हुनसक्ने अमर्यादित तथा कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार तथा सूचनाको सूक्ष्म ढङ्गले अनुगमन गर्न निर्देशन दिए । साथै उनले मिथ्या… पुरा पढौ

न्यायिक सहजकर्तालाई पोखरामा क्षमता अभिवृद्वी तालिम

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा न्यायिक सहजकर्ताका लागी क्षमता अभिबृद्वी तथा आत्ममूल्यांकन तालिम पोखरामा सुरु भएको छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता चिरन्जीवी शर्मा पौडेलले न्याय सम्पादन गर्दा लहड र भावनाका आधारमा नभई कानुनको आधारमा हुनुपर्ने बताए । उनले स्थानीय तहका न्यायिक समिति निष्पक्ष र कामकाजी बन्दा समग्र न्याय प्रणाली प्रतीको गरिमा नै बढ्ने बताउँदै त्यस तर्फ केन्द्रित हुन सुझाव दिए । दुइ दिन सम्म संचालन हुने तालिममा गण्डकी प्रदेशका चार जिल्लाका २८ वटा पालिकामा कार्यरत न्यायिक… पुरा पढौ

राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गण्डकीमा २२३ मत खस्यो

सन्देश श्रेष्ठपोखरा, माघ ११ राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकीबाट दुई पदका लागि आज भएको निर्वाचनमा २२३ मत खसेको छ । गण्डकीमा कुल २२९ मत रहेकोमा ६ जना अनुपस्थित रहेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ । गण्डकीमा ५९ जना प्रदेश सभा सदस्य र स्थानिय तहतर्फ १७० जना मतदाता रहेका थिए । जसमध्ये प्रदेश सभा सदस्यतर्फ २७ जना पुरुष र २० जना महिला गरेर ५७ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ । प्रदेश सभातर्फ दुई सदस्य अनुपस्थित… पुरा पढौ

जिसस महासंघ गण्डकीले मनायो स्थापना दिवस

जिल्ला समन्वय समिति महासंघको ३१ औं स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिले आफ्नो स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा महासंघले संघीयतामा जिल्ला समन्वय समितिको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका महान्यायाधिवक्ता चिरञ्जीवी शर्माले संघीयतामा जिल्ला समन्वय समितिको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले विकास निर्माणको सहजीकरणमा महत्त्वपूर्ण भुमिका खेलिरहेका जिल्ला समन्वय समितिहरूलाइ थप प्रभावकारी र कार्य सम्पादनमा सहज बनाउन संघ सरकार र प्रदेश सरकार गम्भीर बन्नु पर्ने र… पुरा पढौ

पोखरा ६ का कृषकलाई प्रशिक्षणसहित मल र विउ वितरण

वडा स्तरीय कृषि सञ्जाल पोखरा ६ बैदामले कृषकलाई विभिन्न प्रकारका विउ विजन र गड्यौला मल वितरण गरेको छ । संजालको समन्वयमा किसानलाई जैविक मल उत्पादनमा संलग्न गराई रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै वातावरणमैत्री कृषि प्रणाली प्रवर्द्धन गर्ने लक्ष्य सहित वडाका २ सय ६० जना कृषकलाई विउ र २ हजार किलो मल वितरण सहित प्रशिक्षण दिईएको अध्यक्ष विन्दा धरेलले जानकारी दिइन । कार्यक्रममा पोखरा –६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति कमजोर बनाउँदै लगे… पुरा पढौ

टाइगर कपः पुलिसमाथि थाइल्याण्ड क्विन्सको पुनरागमन जित

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित ग¥यो । पहिलो दुई सेट गुमाएको थाइल्याण्डले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्न सफल भयो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित निकालेको थियो । तर, त्यसपछिका सेटमा पुलिस सम्हालिन सकेन । थाइल्याण्डले तेस्रो सेट २५–२३, चौथो सेट २५–१४… पुरा पढौ

राष्ट्रिय सभा सदस्यका लागि मतदान जारी, अपरान्ह ५ बजेभित्र नतिजा आईसक्ने

राष्ट्रिय सभामा १७ जना सदस्यका लागि सातवटै प्रदेशका मतदान केन्द्रमा मतदान जारी छ । आउँदो फागुन २० देखि १९ पद रिक्त हुन लागेकोमा एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेको र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने भएकाले बाँकी १७ पदका लागि बिहान ९ बजेदेखि शुरु भएको मतदान ३ बजे सकिने छ । सातवटै प्रदेशका मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भई रहेको निर्वाचन आयोगले जनाएको छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला… पुरा पढौ