समाचार

वीरेन्द्रनगर प्रदेशकै पहिलो कोभिड पूर्ण खोपयुक्त घोषणा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसङ्ख्याभन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बिहीबार एक समारोहका बीच वीरेन्द्रनगरलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेका हुन्। सो अवसरमा उनले वीरेन्द्रनगरलाई पहिलोपटक कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगर घोषणाको दिनलाई कर्णालीका लागि ऐतिहासिक दिनका रूपमा आफूले लिएको बताए । कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त घोषणा कार्यक्रममा नगरप्रमुख देवकुमार सुवेदीले नगरका शतप्रतिशत नागरिकले खोप लगाएको हुनुपर्ने मापदण्डानुसार लक्षित समुदायका नागरिकलाई… पुरा पढौ

सहकारीसहित सात घरमा चोरी

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो । कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताए । त्यस्तै शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीको घरबाट रु पाँच हजार चोरी भएको छ । कुश्मीशेरा बजारमा व्यापार गर्ने अनिल सापकोटाको पसलबाट… पुरा पढौ

उपकार लघुवित्तको आइपिओ खुला

काठमाडौ उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जारी पूँजीको ०।५ प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि बाँकी दुई लाख… पुरा पढौ

आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्र्नेमा प्रदेश प्रमुखको जोड

कास्की । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली जनताको स्वतन्त्रता एवं हितका लागि विसं २००७ यता विभिन्न समयमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा नव वर्ष २०७९ का अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं संविधानको कार्यान्वयन सबैको साझा कर्तव्य भएको बताएका हुन् । नव वर्ष २०७९ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दै प्रदेश प्रमुख गुरुङले नयाँ वर्षमा नेपाली समाजको विविधताबीचको एकता… पुरा पढौ

साइक्लिङ म्याराथन प्रतियोगिता चैत २६ गते हुने

चितवन । प्रज्ञा–स्मृति प्रतिष्ठान नेपालको आयोजना र खेलकुद विकास परिषद् बागमती प्रदेशको साझेदारीमा यही चैत २६ गते साइक्लिङ म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगिताका संयोजक सन्तकुमार दरैका अनुसार नारायणी नदी किनारमा प्रतिष्ठानका संरक्षक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सो प्रतियोगितामा हालसम्म ८६ जनाले नाम दर्ता गराएका छन् । तीमध्ये १२ जना महिला रहेको उनले बताए। प्रतियोगितामा सहभागिता जनाउन नाम दर्ताका लागि आज साँझसम्म समय… पुरा पढौ

गण्डकी प्रदेशमा पनि बीमा दिवस मनाइँदै

गण्डकी प्रदेशमा पनि विविध कार्यक्रमसहित छैटौ राष्ट्रिय दिवस मनाइँदैछ। बीमा कार्यक्रम लागू गरिएको अस्पतालमा सरसफाई तथा बोर्ड अन्तर्गतको जिल्ला कार्यालयहरुमा दीपावली गरेर बीमा दिवस मनाइन लागेको गण्डकी प्रदेश संयोजक जीवबलाल खरेलले जानकारी दिए। खरेलका अनुसार गण्डकी प्रदेशको ११ वटै जिल्लामा बीमा कार्यक्रम लागू भएको छ। हालसम्म प्रदेशभर ७ लाख भन्दा बढी बीमा कार्यक्रममा आबद्ध भएका छन्। कार्यक्रम अन्तर्गत ३५ सय रुपैयाँ तिरेर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन सकिनेछ। प्रदेशभर ७० वर्ष उमेर काटेका करिब ८० हजार भन्दा बढी ज्येष्ठ नागरिकहरु… पुरा पढौ

काठमाण्डौ उपत्यकाकै ८ स्थानीय तहमा बीमा कार्यक्रम लागू छैन

राजधानी काठाण्डौंकै ८ स्थानीय तहमा अझै स्वास्थ्य बीमा कार्यक्रम लागू हुन सकेको छैन। देशका ७७ जिल्लाका ७४५ स्थानीय तहमा बीमा कार्यक्रम लागू गर्ने भनिएपनि काठमाण्डौ उपत्यकाका ८ स्थानीय तहमा बीमा कार्यक्रम लागू गरिएको छैन। राष्ट्रिय स्वास्थ्य बीमा बोर्डका काठमाडौँ जिल्लाको काठमाडौँ महानगर, कीर्तिपुर, बुढानिलकण्ठ, शंखरापुर, नागार्जुन तथा ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छैन। पुरा पढौ

२० प्रतिशत जनसंख्या मात्र बीमामा आवद्ध, प्रभावकारी हुन सकेन कार्यक्रम

आज छैटौं राष्ट्रिय बीमा दिवस मनाइरहँदा हालसम्म ५३ लाख ४ हजार २७० जनामात्र बीमामा समावेश छन्। अर्थात, कूल जनसंख्याको २०.०३ प्रतिशत जनसंख्याले मात्र बीमा गरेका छन्। तीमध्ये २० लाख ८९ हजार ५९९ जना अर्थात (३९.३९ प्रतिशत) ले मात्र बीमा सेवा लिएका छन्। बीमितमध्ये ७० प्रतिशतले मात्र नवीकरण गरेका पाइएको छ। स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको अनुमान छ। कोरोना भाइरसको कारणले पनि बीमा कार्यक्रमलाई प्रभाव पारेकाले २ वर्ष प्रभावकारी हुन नसकेको हो। स्वास्थ्य… पुरा पढौ

आज स्वास्थ्य बीमा दिवस, विविध कार्यक्रमसहित दिवस मनाइँदै

आज छैटौं राष्ट्रिय स्वास्थ्य बीमा दिवस। ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ आज (शुक्रबार) विभिन्न कार्यक्रमका साथ राष्ट्रिय बीमा दिवस मनाइँदैछ। २०७२ सालमा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमाअन्तर्गत अहिलेसम्म ५३ लाख ४ हजार २७० जनामात्र बीमामा समावेश छन्।नेपालमा अहिलेसम्म १५ लाख ८ हजार ५१४ बीमित परिवारले बीमा कार्यक्रममा सहभागी रहेका छन्। अति गरिब परिवारको ४ लाख ८८ हजार चार जनाले, ज्येष्ठ नागरिक ६ लाख ३४ हजार ७३५, एचआइभी संक्रमित २५ हजार २८९ जना, अति अशक्त अपाङ्गता ९३ हजार… पुरा पढौ

आजबाट ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप

टाइफाइडविरुद्धको खोप अभियान आज (शुक्रबार) बाट सुरु भएको छ। अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ। यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आजदेखि वैशाख १८ गतेसम्म राष्ट्रव्यापी रूपमा यो खोप अभियान संचालन हुनेछ। केही जिल्लामा भने अभियानअन्तर्गत नै टाइफाइडविरुद्धको खोप लगाउन सुरु भइसकेको छ। ग्लोबल भ्याक्सिन अलायन्स (गाभी)को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गरेको हो। यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप… पुरा पढौ