समाचार

एक दिवसीय क्रिकेट : पहिलो दिन पानीले रोकिदाँ खेल बराबरी

पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि एकदिवसीय क्रिकेट सिरिज शुरु भएको छ । एक दिनवसिय अन्तगृत दुई दिने सिरिजको पहिलो दिन पानीले रोकिदाँ कास्की ए र कास्की बीले एक एक अंक बाँडेका छन् । कास्कीको क्रिकेट विकासमा नयाँ आयाम थप्ने उद्देश्यसहित कास्की जिल्ला क्रिकेट संघले एकदिवसिय सिरिज शुरु गरेको हो । अघिल्लो सातामात्रै संघले क्लबस्तरीय शनिबारीय टी–२० क्रिकेट लिग आयोजना गरेको थियो । शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा शुरु भएको एकदिवसिय क्रिकेट अन्तर्गत कास्की ए ले टस जित्दै… पुरा पढौ

भोलि सार्वजनिक बिदा

काठमाण्डौं । सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शनिबार सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हो । यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणी पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । पुरा पढौ

स्याङ्जा आँधीखोला गाउँपालिकाले ६ वटै वडामा पञ्चेबाजा बाँड्यो

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकाले ६ वटै वडाहरुमा पञ्चेबाजा वितरण गरेको छ। लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि गाउँपालिकाको ६ वटै वडाको ८ समूहलाई बाजा वितरण गरेको हो। शुभ कार्यका लागि शुभ साइतका रूपमा लिइने बाजालाई लोप हुन नदिन पञ्चेबाजा संरक्षणका लागि बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको गाउँपालिकाले जनाएको छ। चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पञ्चेबाजा बजाउने सक्रिय दलित समुदायको प्रत्येक समूहलाई पञ्चेबाजाको २ नरसिंहा, २ सनही, २ दमाहा, १ ढोलकी, १ ट्याम्को र एक जोर… पुरा पढौ

सिद्व माविमा शिक्षक–विद्यार्थीको विदाई

पोखरा– १५, फलेपाटनस्थित सिद्व माविले सेवा निवृत्त शिक्षक तथा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा सम्मान गरेको छ। सेवा निवृत्त भएर जाने शिक्षकहरुमा पूर्व प्रधानाध्यापक शंकर ज्ञवाली, व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं पूर्व सहायक प्रधानाध्यापक शिवबहादुर भण्डारी, निर्मल गिरी, कल्पना राणा छन्। प्रमुख अतिथि पोखरा महानगर वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेलले सेवा निवृत्त हुनु भनेको जीवन सकिनु भन्ने होइन, अब आफ्नो बाँकी रहेका इच्छाहरु पूरा गर्ने र सिर्जनात्मक कार्य गर्ने समय रहेको बताए। निवृत्त शिक्षकहरूको बाँकी पल सुखद,… पुरा पढौ

स्थानीय निर्वाचनः आजदेखि आचारसंहिता लागू

स्थानीय निर्वाचनको काउन्ट डाउन सुरु भएको छ। आजको मितिले स्थानीय निर्वाचन ३४ दिन बाँकी छ। वैशाख ३० गते हुने पालिका चुनावको आज (शनिबार)देखि आचारसंहिता लागू भएको छ। आचारसंहिता, प्रधानमन्त्री, मन्त्री, सबै राष्ट्रसेवक कर्मचारी, संवैधानिक निकाय, सबै सुरक्षा निकाय, प्रदेश सरकार र स्थानीय सरकारका जनप्रतिनिधि, सबै संघसंस्था तथा नागरिकले समेत पालना गर्नुपर्नेछ। आचारसंहिताअनुसार प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक निकायमा रहेका पदाधिकारीले सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुनेगरी प्रयोग गर्न पाइने छैन। राजनीतिक दल वा उमेदवारले निर्वाचन… पुरा पढौ

राष्ट्रिय शिक्षक संगठन पोखराको नगर परिषद सकियो

नेपाल राष्ट्रिय शिक्षक संगठन पोखराको तेस्रो नगर परिषद सम्पन्न भएको छ। पोखरामा शुक्रबार सम्पन्न परिषदको कार्यक्रममा सचिव यमनारायण लामिछानेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सकुन्तला सोतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संगठनको १२० बढी शिक्षक ,शिक्षिका, कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिब यमनारायण लामिछाने र सह–सचिब सरिता ढकालले गरेका थिए। पुरा पढौ

माओवादी केन्द्र पोखरा महानगरको अध्यक्षमा गिरी

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको अध्यक्षमा हरिनारायण गिरी (विज्ञान) निर्वाचित भएका छन् । महानगर समितिका अध्यक्षलगायतका पदाधिकारी चयनका लागि आज भएको निर्वाचनमा गिरीले प्रत्याशी शिवजी लामिछानेलाई पराजित गर्दै अध्यक्षमा विजयी भए । गिरीले ३९ र लामिछानेले ३७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वेदनाथ भण्डारीले जानकारी दिए । यसैगरी समितिको उपाध्यक्षमा हर्कमान विश्वकर्मा, भानुभक्त अधिकारी र विमला पहारी विजयी भए । तीन जना उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । सचिवमा जनक पराजुली, सहसचिवमा ईश्वरीप्रसाद… पुरा पढौ

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा विभिन्न जिम्मेवारी बाँडफाड

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको बैठकले ७ जनालाई प्रदेश संसदीय समितिको सदस्यमा मनोनयन गरेकको छ । शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसको विधानअनुरुप ७ जनालाई प्रदेश संसदीय समितिको सदस्यमा मनोनयन गरेको हो । संसदीय समितिमा अर्जुन जोशी (पर्वत), माधव बास्तोला (कास्की), मीना केसी (पर्वत), पूर्णबहादुर दाहाल (गोरखा), द्रोण वन सन्यासी (नवलपुर), इन्द्रप्रसाद पौडेल (बाग्लुङ )र खुमबहादुर गुरुङ (स्याङ्जा) रहेका पार्टी प्रचारप्रसार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए । संसदीय समितिमा ९ जना हुने भए पनि २ जनाको स्थान खाली राखिएको… पुरा पढौ

अटेरी अभियानले शनिबार पोखरा लक्ष्य कार्ययोजना सार्वजनिक गर्ने

पोखरा । शनिबार अटेरी अभियानले पोखरा लक्ष्य कार्ययोजना सार्वजनिक गर्ने भएको छ । स्थानीय तह दलरहित बनाउनुपर्ने मागसहित सुरु भएको अभियानले शनिबार पोखरा लक्ष्य कार्ययोजना २०७९ घोषणा गर्ने भएको हो । पोखराको सिर्जनाचोकस्थित रवि महलमा कार्यक्रमको आयोजना गरिएको अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए । निर्वाचनका लागि विभिन्न वडाबाट उम्मेदवारी घोषणा गरेका अभियन्ताहरुले कार्यक्रममा सहभागी भएर उम्मेदवारीबारे प्रष्ट्याउने उनले बताए ।‘कार्यक्रम मार्फत सहभागीहरुलाई अभियानबारे प्रष्ट पारिने छ । विभिन्न वडाबाठ उम्मेदवारी घोषणा गरि सकेका अभियन्ताहरुले आफ्नो उम्मेदवारी र… पुरा पढौ

ढोरपाटनमा जिप दुर्घटना,एक महिला घाईते

बुर्तिबाङ । ढोरपाटनमा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । ढोरपाटनबाट बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ ज ४३४८ नम्बरको पिकअप जीप वडा नम्बर ९ को सुकुरदुङमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका वडा नम्बर ७ की ६० वर्षीया मनसरा थापा घाइते भए भएकी हुन् । महिलाको टाउकोमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए। गाडीको ब्रेक फेल भएर भित्तामा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक वडा नम्बर ६ का ३८… पुरा पढौ