समाचार

बैशाख पहिलो साता तिन जिल्लाका ५ स्थानमा पञ्चश्री महायज्ञ हुने

कास्की । बैशाख पहिलो साता तिन जिल्लाका ५ स्थानमा पञ्चश्री महायज्ञ हुने भएको छ । श्री मुक्तिनाथ सन्त सेवाश्रम रामघाटको आयोजनामा राष्ट्रिय संस्कृति र सम्पदाको संरक्षणको लागि पर्वत, बाग्लुङ र म्याग्दीका ५ स्थानमा एकैपटक आगामी बैशाख १ गतेदेखि ५ गते सम्म पञ्चश्रीमहायज्ञ गर्न लागिएको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । अन्नतश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनााचार्य श्री महाराज (श्री मुक्तिनाथ बाबा)को नेतृत्वमा पर्वतको जलजलास्थित मृगसरोवरकालञ्जर समाज समृद्धि महायज्ञ, बाग्लुङको रारायिकोट समाज समृद्धि महायज्ञ, मालिका भगवती तथा गौशला समाज… पुरा पढौ

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छः अध्यक्ष ओली

बाँके । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पु¥याउने बताएका छन्। नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताएका हुन्। अध्यक्ष ओलीले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने बताए । उनले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।… पुरा पढौ

श्रीलंकाली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त

कोलम्बो । श्रीलंकाली राष्ट्रपति गोटबाया राजपाक्छेले अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन् । श्रीलंकाली राष्ट्रपतिको कार्यालयले बिहीबार प्रकाशन गरेको एक विज्ञप्ति सो कुरा जनाइएको छ । पछिल्लो समयमा श्रीलंकामा आर्थिक संकट परेको छ । सो संकटको समाधानका लागि उनले यो समूह नियुक्त गरेका हुन् । पछिल्ला केही दिनमा आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले सो बुधबार राति सो विज्ञ समूह गठन गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।सो… पुरा पढौ

कविताको हत्यामा संलग्न सार्वजनिक

उदयपुर । बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको मङ्गलबार बिहान स्थानीय जशोदा खोलाको किनारमा हत्या गरी फालेको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नलाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको छ । कविताको हत्यामा संलग्न रहेकामा बेलका–३ बस्ने १७ वर्षीया सरिता ढकाल खत्री र उनको ठूलाबुबाको छोरा भारत सिक्किम पैयु घर भई बेलाका बस्दै आएका १९ वर्षीय विनोद ढकाललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर कविताको हत्यामा संलग्न भएको पुष्टि गर्दै सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।… पुरा पढौ

राप्रपाले चैत २५ गते काठमाडौँमा आमसभा गर्ने

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही चैत २५ गते काठमाडौँमा आमसभा गर्ने भएको छ । सबै प्रदेशमा विस्तारित बैठक सकिएलगत्तै बागमती प्रदेश कार्यसमितिले उक्त निर्णय गरेको हो । चुनावी प्रचार–प्रसारका लागि देशका विभिन्न स्थानमा राजनीतिक गतिविधि सञ्चालन गरिएको पार्टीका महामन्त्री भुवन पाठकले जानकारी दिए । पार्टीका सबै जनवर्गीय सङ्गठनलाई चुनावी प्रचारका साथै सङ्गठन विस्तारको जिम्मेवारी दिइएको छ । पार्टीले सबै जिल्लामा सभा तथा जिल्लास्तरीय बैठक गर्ने कार्यतालिकाअनुसार यही चैत २६ गते झापाको दमक, २७ गते मकवानपुरको हेटाँैडा, २८ गते बाराको… पुरा पढौ

माओवादी केन्द्र बागलुङको संयोजकमा घिमिरे

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ, जिल्ला समन्वय समितिको संयोजकमा राजिव घिमिरे चयन भएका छन् । गण्डकी प्रदेश समितिका सदस्यसमेत रहनुभएका घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको पार्टीका जिल्ला इञ्चार्ज बलावती शर्माले जानकारी दिए । यसअघि संयोजकको भूमिकामा रहेका ज्ञामनाथ गैरे प्रदेश समितिको उपाध्यक्षमा निर्वाचित भएपछि घिमिरेले सो जिम्मेवारी पाएका हुन् । रासस पुरा पढौ

सिमकार्ड/रिमकार्ड बिक्रीवितरणमा कडाइ

काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो ।सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्र बिक्री वितरण गर्न भनेको हो । “मोबाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाइसी) रीतपूर्वक नभरी र नियमानुसार कागजात… पुरा पढौ

प्रधानमन्त्रीद्वारा टाइफाइड खोप अभियान शुभारम्भ

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गरे । उनले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका… पुरा पढौ

कानुन मन्त्रीमा शर्मा नियुक्त,बडुको भागमा वाणिज्य तथा आपूर्ति मन्त्रालय

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा कोइरालालाई नियुक्त गरेका छन् । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री नियुक्त गरेका हुन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आएका मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।रासस पुरा पढौ

पोखराको अमरसिंह माविका विद्यार्थीलाई खोप लगाएर शुरु गरियो टाइफाइडबिरुद्धको खोप अभियान

पोखरा, चैत २४ गण्डकी प्रदेशमा टाइफाइडबिरुद्धको खोप लगाउन थालिएको छ । प्रदेशमा पहिलोपटक टाइफाइडबिरुद्धको खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाका लागि अभियानका रुपमा लगाउन थालिएको हो । अभियानको पोखराको अमरसिंह माविका विद्यार्थीलाई विहीबार खोप लगाएर शुभारम्भ गरिएको हो । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभारम्भ गरे । खोप अभियानको विहीबार शुभारम्भ गरिएपनि शुक्रबारदेखि प्रदेशभरका बालबालिकाहरुलाई खोप लगाउन शुरु गरिनेछ । बहुवर्षिय खोप कार्ययोजना २०१७–२१ को लक्ष्य अनुरुप यहि चैत चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म… पुरा पढौ