समाचार

भौतिक पूर्वाधारका आयोजनालाई गति दिन चिनियाँ विदेशमन्त्रीलाई माओवादीको आग्रह

काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड(बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ । नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै माओवादीले त्यसका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री वाङ यीमार्फत चीन सरकारलाई आग्रह गरेको हो । नेपालको त्रिदिवसीय भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको शिष्टाचार… पुरा पढौ

सर्लाहीमा बस दुर्घटनामा चारको मृत्यु

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा चारको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । वीरगन्जदेखि जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नं को बस आज मध्यान्ह सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताइए पनि अनुसन्धान भइरहेको उनले जानकारी दिए । घाइतेको लालबन्दी, नवलपुर… पुरा पढौ

पहिलो चरणको सैन्य हमला समाप्त, डोनबास स्वतन्त्र गर्न केन्द्रीत हुँदै रूसी सेना

रुसी सेनाले युक्रेनमाथिको पहिलो चरणको सैन्य हमला समाप्त भएको बताएको छ। रुसको ध्यान पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई स्वतन्त्रता दिने विषयमा केन्द्रीत हुनेछ। करिब एक महिना लामो सैन्य संघर्षपछि राजधानी किभ कब्जा प्रयास असफल भएपछि यस्तो धारणा सार्वजनिक भएको पश्चिमी शक्ति राष्ट्रहरुले अनुमान गरेका छन्। युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले रुसी सेनालाई राजधानी वरपरलगायतका क्षेत्रमा भीषण प्रतिरोध गरेपछि रुसले आफ्नौ सैन्य रणनीति परिवर्तन गरेका हुन्। राष्ट्रपति जेलेन्स्कीले रुस–युक्रेन युद्धमा करिब १६ हजार रुसी सेनाको ज्यान गएको दाबी गरेका छन्।… पुरा पढौ

तनहुँमा २३ राजनीतिक दल दर्ता

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २३ राजनितिक दलदल दर्ता भएका छन्। राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन्। सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिएका छन्। उक्त दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न चाहे स्वतन्त्ररुपमा चुनावमा उठ्न सक्नेछन्। राष्ट्रिय मान्यताप्राप्तबाहेक १७ वटा दललाई उनीहरुको विधानमा उल्लेख भएअनुरुपको चुनाव चिह्न प्रदान गरिने उनले बताए। निर्वाचनलाई मध्यनजर गर्दै १ हजार २ सय मतपेटिका तयारी… पुरा पढौ

तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि २० करोडको योजना माग

तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक स्थल तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि २० करोड रुपैयाँ माग गरिएको छ। तनहुँसुर भानु शान्ति निकुञ्ज बृहत् गुरुयोजनाका लागि २० करोड ४५ लाख ४० हजार रुपैयाँ प्रदेश सरकारसँग माग गरिएको हो। उक्त गुरुयोजना कार्यान्वयन मूल समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई भेटी मागसहितको ज्ञापनपत्र बुझाएको थियो। नेपालको धरोहरका रुपमा रहेको ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको तनहुँसुरमा विभिन्न योजना निर्माणका लागि रकम माग गरिएको अध्यक्ष ध्रुवराज पण्डितले जानकारी दिए। व्यास नगरपालिका–११ मा आयोजित कार्यक्रममा पण्डितले मुख्यमन्त्रीसमक्ष उक्त… पुरा पढौ

कुलुङ संघ कास्कीमा लिलाबहादुर

नेपाल किरात कुलुङ संघ कास्की जिल्ला समन्वय समितिको अध्यक्षमा लिलाबहादुर कुलुङ सर्वसम्मत चयन भएका छन्। संघको दोस्रो अधिवेशनबाट कुलुङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा रविन कुलुङ र तिला कुलुङ, सचिवमा जमानसिंह कुलुङ, सह–सचिवमा प्रकाश कुलुङ र सुमन कुलुङ कोषाध्यक्षमा परम कुलुङ सहकोषाध्यक्षमा तारा कुलुङ छन्। त्यस्तै, सदस्यहरुमा रेखा कुलुङ, एलन कुलुङ, सुमन कुलुङ, शशिकला कुलुङ, दिलदेवी कुलुङ, अनिल कुलुङ, इन्द्र कुलुङ, कर्णलाल कुलुङ, श्याम कुलुङ र लोकमान कुलुङ छन्। कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति… पुरा पढौ

प्रगतिशील शैक्षिक परामर्श संघ गण्डकीमा क्षेत्री

पोखरा । नेकपा एमाले निकट शैक्षिक परामर्श व्यवसायीहरुको संगठन प्रगतिशील शैक्षिक परामर्श संघ (पिक्यान) गण्डकी प्रदेशको प्रथम सम्मेलन तथा अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले प्रगतिशील शैक्षिक परामर्श संघका संस्थापक सदस्य भुवन क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्बसम्मत चयन गरेको छ । कमिटिको उपाध्यक्षमा देबराज शचिवमा विकास गौतम, उपसचिवमा सुनिल पराजुली र ओम प्रकाश गैह्रे, कोषाध्यक्ष गणेश कोइराला चयन भएका छन् । सदस्यमा राजु गोर्खाली, विश्वकल्याण अधिकारी, अनिल गौतम, लक्ष्मी अधिकारी, पवित्रा थापा मगर, सुरेन्द्र बराल र प्रकाश… पुरा पढौ

जिफानको अध्यक्षमा गुञ्ज गुरुङ सर्वसम्मत

पोखरा । “सबैको मनभित्र गुरुङ चलचित्र” नाराका साथ क्रियाशिल गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को सातौं राष्ट्रिय अधिवेशन शनिवार सम्पन्न भएको छ। गत असोज १६ गते दोश्रो राष्ट्रिय अधिवेशनको उद्घाटन समारोह सम्पन्न पश्चात बन्दसत्रमा वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारितसँगै नेतृत्व चयनको प्रक्रियामा केही समस्याका कारण स्थगित भएको अधिवशेनको बाँकी कार्यसमिति चयनको कार्यक्रम शनिवार पोखरा १२ भद्रकालीस्थित नादा तमु समाज सभाहलमा सम्पन्न भएको हो । ६ महिनापछि सहमतिको वातावरणसहित शुरु भएको स्थगित अधिवेशनले सर्वसम्मत रुपमा जिफानको अध्यक्षमा गुञ्जबहादुर गुरुङ, प्रथम उपाध्यक्ष सन्तोष… पुरा पढौ

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयो : प्रवक्ता डा महत

काठमाण्डौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन् । शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उनले भने, “यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रु १९/२० अर्ब रकमको व्यापक दुरुपयोग भएको छ, यसबाट कुनै रोजगारी सिर्जना भएको छैन ।” ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपर्दाे ढङ्गबाट सो आयोजनाको रकम बाँडेर सकिएको उनको आरोप थियो । प्रवक्ता महतले सो आयोजनाको रकम बाँड्ने क्रममा तिमी कुन पार्टीको मान्छे… पुरा पढौ

गणतन्त्र विरोधीहरु जनताका अधिकार खोस्न उद्यत छन् : अध्यक्ष प्रचण्ड

गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले यथास्थितिवादीहरु माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउनु पर्छ भनेर लागिपरेको आरोप लगाए । माओवादी जनयुद्ध र उन्नाइस दिनको जनआन्दोलनबाट प्राप्त उपलब्धि खोस्न सके माओवादीलाई सिध्याउन सकिन्छ भन्नेमा प्रतिगमनकारी र प्रतिक्रान्तिकारी लागेको उनको भनाइ थियो । “अबको निर्वाचनमा माओवादी हार्दा गणतन्त्र नै हार्ने खतरा छ, समावेशिता र… पुरा पढौ