समाचार

नेपालमा पहिलो एलायन्स क्लव इन्टरनेशल डिस्ट्रिक्ट १०५५ को पदस्थापन सम्पन्न

नेपालमै एलायन्स क्लव इन्टरनेशलको पहिलो डिस्ट्रिक्टको स्थापना भएको छ । भारतको नयाँ दिल्लीमा प्रधान कार्यालय रहेको यस संस्थाको डिस्ट्रिक्ट १०५५ को पोखरामा उद्घाटन सहित पदस्थापन भएको हो । डिस्ट्रिक्टको पोखरामा सम्पन्न कार्यक्रमले पोखरा, लामाचौर निवासी थिर बहादुर थापालाई गभर्नरमा निर्वाचित गरेको हो । प्रथम भाइस गभर्नरमा तनहुँ खैरेनीटारका डा लक्ष्मण तिम्सिना, सेकेन्ड भाइस गभर्नरमा भक्तपुरकी प्रमिला ढुङ्गाना, क्याविनेट सेक्रेटरीमा ताराप्रसाद पोखरेल, क्याविनेट कोषाध्यक्षमा घनश्याम ढुङ्गाना र जन सम्पर्क अधिकृतमा भक्तपुरका रामेश्वर पौडेल चयन भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी… पुरा पढौ

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल रु छ हजार ४८० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल रु छ हजार १९०… पुरा पढौ

तनहुँमा जीप दुर्घटना: एकको मृत्यु, एक जना घाइते

तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक अनुसार कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जीप आज बिहान सडकबाट अन्दाजी २० मिटर तल खस्दा म्याग्दे –४ कोलडाँडाका १३ वर्षीया कोइस्का घर्ती मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते घर्तीलाई आज बिहान बिहान ८ः४० बजे प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा सोही… पुरा पढौ

नेकपाबाट सात जना नेता निष्कासित

नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आज जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीका निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरिएको जनाइएको छ । नेकपाले सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ… पुरा पढौ

एमाले अध्यक्ष ओलीको भनाई प्रति नेता सुरेन्द्र पाण्डे र गोकुल बास्कोटाको असन्तुष्टि

टिकट वितरणको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई एमालेकै केही नेताले असन्तुष्टि जनाएका छन् । नेता सुरेन्द्र पाण्डे र गोकुल बास्कोटाले आज सामाजिक संजालमा लेखेर नेता कार्यकर्ताको मनोवल खस्काउने कार्य नगर्न नेतृत्वलाई सुझाव दिएका हुन् । महाधिवेशनमा ओली निकटका शंकर पोखरेलसँग महासचिवमा प्रतिस्पर्धा गरेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई एक ढिक्का बनाउनु नेतृत्वको मुख्य जिम्मेवारी भएको बताएका छन् ।उनले सामाजिक सञ्जालमा निर्वाचनको समयमा कार्यकर्ताको मनोबल खस्किने खालका प्रतिक्रिया नदिन नेतृत्वलाई सुझाव दिए ।उनले लेखेको सन्देशमा भनिएको छ, ‘अहिले… पुरा पढौ

मिनी ट्रकको ठक्करबाट तनहुँमा पैदलयात्रीको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट शुक्रबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । डुम्रेबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकको ठक्करबाट घाइते थापाको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो । पैदलयात्रीलाई ठक्कर दिई भागेका चालक मकवानपुर,… पुरा पढौ

आज अन्तरराष्ट्रिय शिक्षा दिवस,विश्वभरका २५ करोड बालबालिका तथा किशोरकिशोरीहरू विद्यालय बाहिर

आज अन्तरराष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो । शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको प्रवद्र्धनलाई केन्द्रमा राखेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ । शिक्षा प्राप्त गर्ने अधिकार मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ मा सुनिश्चित गरिएको छ । घोषणापत्रले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको… पुरा पढौ

शान्ति आधारभूत विद्यालयको वार्षिकोत्सव सम्पन्न

पोखरा महानगरपालिका, वडा नम्बर ३०, शिशुवास्थित शान्ति आभारभूत विद्यालयको ६९ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाराम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । सुवेदीले शान्ति आधारभूत विद्यालय वडा नम्बर ३० कै गौरव भएको भनाइ राखे । शिक्षा क्षेत्रको विकासका लागि वडाका तर्फबाट गरिएको पहलको चर्चा गर्दै उनले शिक्षाको विकास नभई अन्य क्षेत्रको विकास नहुने बताए । सो… पुरा पढौ

टाइगर कपः पुलिसको विजयी सुरुआत, आर्मीको दोस्रो हार

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबारको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । पुलिसले पहिलो जित निकाल्दा आर्मीले लगातार दोस्रो हार बेहोरेको छ ।पहिलो सेट २५–१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोर्नुप¥यो । पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले… पुरा पढौ

कुमुदिनी होम्समा भव्य महाआरतीसहित सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम

पोखरा । पोखरा–४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माविले वसन्त पञ्चमीको अवसरमा शुक्रबार विद्याकी देवी सरस्वतीको धुमधामका साथ पूजा आरधनासहित अक्षरारम्भ गरेको छ । विद्यालयले विद्या, बुद्दि, कला र संगीतकी देवी सरस्वतीको पूजा आरधनासहित नवआगन्तुक विद्यार्थीलाई अक्षरारम्भ गराएको हो । वसन्त पञ्चमीको दिन विद्यार्थी तथा कलाकारहरुले अक्षर तथा कला र संगीत सिक्न शुभारम्भ गर्ने चलन रहिआएको हो । सो अवसरमा कुमुदिनी होम्समा फेवाताल वाराहीघाटका आरती टोली ल्याएर महाआरती गराइएको मन्टेश्वरी ईञ्चार्ज अमृता आलेले जानकारी दिईन् । पुरा पढौ